×

NMB BANK
NIC ASIA

मुख्य समाचार

भारतमा फेरि मोदी सरकार आउने निश्चित, पाँचथर सामूहिक हत्याको थप प्रमाण फेला

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । नतिजा अनुसार भारतीय जनता पार्टीले भारी बहुमत ल्याउँदै सरकार बनाउने निश्चित भएको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा  भाजपा गठबन्धनले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ । 
यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन । 
यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ । 
यस्तै अन्य साना पार्टीले ४५ सिटमा जित हासिल गर्दा यो चुनावबाट हालसम्म नै भाजपालाई १७ सिट बढी मिलिसकेको छ । गत निर्वाचनमा भाजपाले जम्मा ३३६ सिट जितेको थियो । 

Muktinath Bank

यस्तै काँग्रेसको ३२ सिट बढेको छ भने तृणमुलको नतिजा खस्किएको छ । तृणमुलले गत चुनावमा ३२ सिट जितेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपाले दोस्रो कार्यकालको पनि प्रधानमन्त्रीमा नरेन्द्र मोदीलाई नै अघि सारेको छ।


Advertisment
Nabil box
Kumari


मोदीलाई बधाई

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई दिएका छन् । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मोदीलाई बधाई दिएका छन् । 

    यस्तै काँग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरुले पनि मोदी र भाजपालाई बधाई तथा शुभकामना दिएका छन् । 

चीन–नेपाल सम्बन्ध नयाँ युगमा

चीनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै सम्पन्न चीनको राजकीय भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएको छ ।
 
    नेपालसँगको सम्बन्धलाई अतिउच्च महत्व दिएको र उसको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको रक्षासँगै प्रगतिको पथमा उन्मुख हुने चाहनामा सघाउन प्रतिबद्ध रहेको पनि चीनले स्पष्ट गरेको छ ।
 
    राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण, दोस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनलगायत चिनियाँ चासोका समसामयिक विश्व राजनीतिका विषयबारे मूलधारका प्रमुख सञ्चारमाध्यममा कार्यरत केही पत्रकारसँग आफ्नै निवासमा कुरा गर्दै नेपालका लागि हाउ यान्छीले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताइन् । 
सरकारी जग्गाको छानबिन गर्न आयोग गठन

सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिनका लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । त्यस्ता जग्गाको छानबिनका लागि छ महीनाको कार्यवधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । 
आयोगका सदस्यमा जानकीबल्लभ अधिकारी सङ्खुवासभा, दुर्गा दाहाल महोत्तरी र जगतबहादुर देउजा सिन्धुपाल्चोक रहनुभएको छ । देशव्यापीरुपमा नै सरकारी, सार्वजनिक तथा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता भएको र अनियमित तवरले कारोवार भएको सार्वजनिक हुन थालेपछि सरकारले उक्त आयोग गठन गरेको हो ।
 

शिक्षाका १५६ कर्मचारी छड्केमा

    राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् । 

    केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । 
कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन् । कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ । 

    छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताए । 

उपराष्ट्रपति आइतबार अष्ट्रिया जाँदै

    अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन् । 
 यही जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको  परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहनेछन् । 

    उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । 

प्रदेश नं ५ को नीति तथा कार्यक्रम 

प्रदेश नं ५ को सरकारले ‘कृषिको आधुनिकीकरण’लाई  प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारको पञ्चवर्षीय योजना र आवधिक योजनाका आधार नीति कार्यक्रम ल्याएको हो ।
 
    नीति कार्यक्रममा कृषि पेशालाई सम्मानजनक बनाउने उद्देश्यले ‘गरौँ व्यावसायिक कृषि, यसैबाट शुुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नारालाई अगाडि सारिएको छ । सरकारले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा नयाँ उद्यम व्यवसाय र पूर्वाधार विकासका आधार तयार गर्ने गरी स्रोतको परिचालन गर्ने नीति लिएको छ । 

    सरिता हत्या प्रकरण

    मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

    जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गीतालाई हत्यामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 

    जिल्ला सरकारी वकिलको कार्यालयले गत मङ्गलबार सरिताको हत्यामा संलग्न भएको आरोपमा पाँचै जनाविरुद्ध कर्तव्य ज्यान महलअन्तर्गतको अभियोजन अदालतमा दर्ता गरेको थियो । अदालतले प्रहरीको अनुसन्धान, आरोपितको बयान तथा सबुद–प्रमाणका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको जनाउँदै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

    निधि कार्यवाहक सभापति

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

    सभापति देउवा विदेश प्रस्थान गर्नुभएकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन् । 

सामूहिक हत्याका थप प्रमाण फेला
    
    प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।
    
    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।
 
    यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।
 
यसैबीच सामूहिक हत्यामा मारिएकाको दुई स्थानमा बिहीबार सामूहिक अन्त्येष्टी गरिएको छ । 

कोरियाली भाषा परीक्षाको तयारी तीव्र
    काठमाडौँ–रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । 
 
     सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडाँैमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ । 

‘श्रम तथा रोजगार सम्मेलन’को तयारी

    सरकारले रोजगारीका क्षेत्र र सम्भावना पहिल्याउन ‘श्रम तथा रोजगार सम्मेलन’ आयोजना गर्ने भएको छ । आगामी असार १५ र १६ गते राजधानीमा आयोजना हुने सो सम्मेलनमा रोजगारीको सम्भावना, रोजगारसँग सम्बन्धित सूचनाको प्रदर्शनी गरिनेछ ।

    सम्मेलनकै क्रममा श्रम तथा रोजगारसँग सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विभिन्न छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा रोजगारीको सम्भावना तथा सिर्जना, रोजगारीको सम्भावना रहेका नमूना परियोजनाका बारेमा समेत बृहत् छलफल गरिने बताइएको छ ।

    

  प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने 

    प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ ।

    प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासअन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । चालू आवका लागि सरकारले कूल रु ३५ अर्बको बजेट ल्याएको थियो । 

    प्रदेश योजना आयोगले प्रदेशको विकासका लागि आगामी बजेटमा प्रदेश सरकारलाई कूल रु ५५ अर्बको बजेट ल्याउन सिफारिस गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x