×

NMB BANK
NIC ASIA

लोकसभा चुनावपछि बने यस्ता कीर्तिमान

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएपछि केही कीर्तिमानहरू बनेका छन् । केही कुराहरू पहिलोपटक भएको देखियो । 

Sagarmatha Cement
Muktinath Bank

भाजपाको ३०० भन्दा बढी सीट
भारतीय जनता पार्टीले पहिलोपटक ३०० भन्दा बढी सीट जितेको छ । सन् २०१४ को चुनावमा उसले २८२ सीट पाएको थियो र यसपालि उसले पुरानो रेकर्डमा सुधार गरिदियो । प्रधानमन्त्री मोदी र केन्द्र सरकारको कामका कारण भाजपाले राम्रो प्रदर्शन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बहुमतका साथ दोस्रो कार्यकाल
लोकसभा चुनावमा भाजपाको भव्य विजयपछि प्रधानमन्त्री मोदी पूर्ण बहुमतका साथ दोस्रोपटक सरकार बनाउँदैछन् । यस्तो उपलब्धि हासिल गर्ने मोदी देशका तेस्रा र पहिलो गैरकांग्रेसी नेता हुन् । यसअघि जवाहरलाल नेहरु र इन्दिरा गान्धीले यो उपलब्धि हासिल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

बंगालमा राम्रो प्रदर्शन
भाजपाले ममता बनर्जीको किल्ला भत्काए अनि टीएमसीको एकछत्र राजलाई ठूलो चुनौती दिए । बंगालका लागि भाजपाले पहिले नै नीति बनाएको थियो । यहाँ भाजपाले १८ सीट जित्दै ४०.३ प्रतिशत भोट पायो । अघिल्लो चुनावमा उसले जम्मा २ सीट जितेको थियो । 

Vianet communication
Laxmi Bank

खडगेको पहिलो हार
कांग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खडगेले पहिलोपटक चुनाव हारे । उनी पार्टीभित्र अपराजेय नेताका रूपमा हेरिन्थे । गुलबर्गा सीटमा उनलाई भाजपाका उम्मेदवार उमेश जाधवले हराए । उनी ९५ हजार ४५२ भोटले हारे । 

लालुको पार्टी शून्य
बिहारमा लालु प्रसाद यादवको पार्टी आरजेडीले एक सीट पनि जित्न सकेन । सन् १९९७ मा पार्टी गठबन भएपछि पहिलोपटक आरजेडीको सफाया भएको हो । बिहारका ४० सीटमध्ये ३९ मा एनडीए विजयी रह्यो भने किशनगञ्जमा कांग्रेसले जित्यो । 

१७ राज्यमा कांग्रेस शून्य
कांग्रेस पार्टीले कुल १७ राज्य र केन्द्रशासित क्षेत्रमा खाता पनि खोल्न सकेन । उत्तर प्रदेश र बिहारमा उसले जम्मा एक एक सीटमा चित्त बुझाउनुपरेको छ । 

पूर्व प्रम देवेगौडाको हार
पूर्व प्रधानमन्त्री तथा जेडीएएस प्रमुख एचडी देवेगौडा तुमकुर सीटबाट हारे । उनलाई भाजपाका जी बासवराजले १३ हजार ३३९ भोटले हराए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x