×

NMB BANK
NIC ASIA

सामुदायिक वनमा कांग्रेस र कम्युनिस्टको जुधाइँ : विवादले कामकारवाही अस्तव्यस्त

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवल सामुदायिक वन २ समूहको विवादले विगत डेढ वर्षदेखि अस्तव्यस्त बनेको छ ।

Muktinath Bank

२ वटा समानान्तर समिति हुँदा एउटै कार्यालयमा २ वटा ताला लाग्ने र खोल्ने क्रम प्रतिस्पर्धाजस्तै भएको छ । बुटवल सामुदायिक वनलाई सरकारले उत्कृष्ट भन्दै पुरस्कृत समेत गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वनका पूर्व अध्यक्ष समेत रहेका महेन्द्रकुमार राजभण्डारी संयोजक रहेको समितिले बिशेष साधारणसभा आह्वान भएपछि एक समूहले शुक्रवार फेरि ताला लगाएको हो ।


Advertisment
Nabil box
Kumari

विधान विपरीत जेठ १३ गतेलाई विशेष साधारणसभा आह्वान भएपछि अध्यक्ष माधव प्रधानको नेतृत्वले शुक्रवार तालाबन्दी गरिदिएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ रहेको वनमा २ वटा समितिले एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

कम्युनिस्ट र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै कार्यसमिति चयन गरी आफूलाई आधिकारिक दाबी गरिरहका छन् । बु्टवलमा शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रधान समूहले विधान मिचेर साधारणसभा आह्वान गर्ने अधिकार कसैलाई नभएको दाबी गरे ।

उनले विधान विपरीत प्रतिनिधि छनौट गरिएको भन्दै कानूनी कारबाही लडेरै छाड्ने बताए । समूहले महेन्द्रकुमार राजभण्डारीले सरकारी लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएको छ ।  

वनका उपभोक्ताले नै नेता छान्न पाउनुपर्ने अधिकार रहेको भन्दै जिल्ला वनले हस्तक्षेप गरेको विरुद्धमा आफूहरू अदालत र अख्तियारसम्म गएको वनका उपाध्यक्ष जुद्धबहादुर केसीले बताए । वनको नेतृत्वमा विवाद हुँदा अहिले वन अस्तव्यस्त र बाहिरी हस्तक्षेपको अखडा समेत बन्दै गएको सचिव शान्ति नेपालले बताइन् ।

गत चैत १० गते सम्पन्न १३ औं साधारणसभा तथा छैठौं अधिवेशनमा भएको विवादका कारण २ वटा कार्यसमिति बनेका हुन् । 

प्रधानले बुटवलमा विक्रम संवत् २०५० सालमा स्थापित बुटवल सामुदायिक वन नेपालका नमूना वनलाई तहसनहस बनाउने प्रयास गएको भन्दै संरक्षणका लागि आफूहरू लागिरहने बताए । प्रधानले आफू २०७० जेठ १० गते ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि वनको विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको समेत दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x