×

NMB BANK
NIC ASIA

‘कुख्यात’ नक्कली नोट कारोबारी युनुस : जेलबाट छुटेपछि फेरि पुरानै धन्दामा !

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शुक्रवार ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् ।

Muktinath Bank

कतारको दोहाबाट २ सुटकेसमा ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोट लिएर आएका पाकिस्तानी नागरिक उद्धिन नासिर, अनवर नासिर र अख्तर महोम्दलाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको समयमा प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युनुस अन्सारी अहिले मात्रै पक्राउ परेका होइनन्, उनी विगतमा पनि नक्कली नोट कारोबारमा दोषी देखिएर जेल सजाय भोगिसकेका व्यक्ति हुन् । युनुसलाई ‘कुख्यात’ नक्कली नोट कारोबारीको रुपमा चिनिन्छ ।


Advertisment
Nabil box
Kumari

यसअघि उनलाई प्रहरीको विशेष व्यूरोले २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको २ वर्षपछि जेलमा रहेका बेला २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै उनीमाथि गोली प्रहार गरिएको थियो । 

Vianet communication
Laxmi Bank

३ वर्ष ९ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनलाई जाली नोट कारोबार र अवैध लागूऔषध कारोबारको अभियोगमा फेरि कारागार चलान गरिएको थियो ।

उनी नक्कली नोट कारोबारमा पटक–पटक पक्राउ गर्दै जेल पर्दै फेरि पुरानै कारोबारमा फर्किने गरेको देखिएको छ । उनी नक्कली नोटसहित पक्राउ परेको यो तेस्रो पटक हो । नक्कली नोट कारोबार अपराध सम्बन्धमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५७ को उपदफा २ मा ‘खोटा मुद्रा’ अर्थात् नक्कली मुद्रा कारोबार ‘गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने’ भनिएको छ ।

अभियुक्त युनुस अन्सारी जेल सजाय भुक्तान गरी १ वर्षअघि २०७४ चैत २ गते छुटेका थिए । नेसनल टेलिभिजन समेत चलाउँदै आएका अन्सारी जेलमा हुँदा भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए । युनुसलाई पाकिस्तानी खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ ।

अन्सारीकी बहिनी उषाकिरण पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् थिइन् भने पूर्वमन्त्री स्व. सलिममिया अन्सारी उनका बुवा हुन् ।

कतारबाट काठमाडौं पुर्‍याइएको सुटकेसमा साढे ७ करोड बढी ‘नक्कली’ भारतीय नोट

दुई सुटकेस नक्कली भारुसहित ३ पाकिस्तानी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x