×

NMB BANK
NIC ASIA

एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु, उपाधि विजेता टोलीले २० लाख पाउने

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वर्माले उद्घाटन गरेका छन् । उद्घाटन खेलमा राजु रिजाल र विनोद भण्डारीको अर्धशतक तथा बलिङमा सहाब आलाम र सुशान भारीको उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय क्लब त्रिभुवन आर्मीले विजयी शुरुआत गरेको छ । ब्याट्सम्यान र बलरहरु चम्किएपछि आर्मीले प्रदेश २ लाई फराकिलो अन्तरले गरेको हो ।

Muktinath Bank

त्रिवि क्रिकेट मैदानमा आर्मीका राजु रिजाल र  विनोद भण्डारीले पहिलो विकेटका लागि १२१ रनको बलियो सुरुआत गरेपछि आर्मीले प्रदेश २ लाई २७९ रनको लक्ष्य दिएको थियो । आर्मीले निर्धारित ५० ओभरमा २७८ रन बनाउँदा ९ विकेट गुमाएको थियो । आर्मीका लागि राजु रिजालले ९० रनको उत्कृष्ट पारि खेले । यसैगरी अर्का ओपनर विनोद भण्डारीले ६७ रन जोडेका थिए । प्रदेश २ का हरि शंकर शाहले ३ तथा रासिद खान, विशाल सुस्लिग, सांम्सद शेख र विवेक यादवले समान एक एक विकेट लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रेको प्रदेश दुई ३१.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमै रोकियो ।


Advertisment
Nabil box
Kumari

प्रदेश दुईलाई सो स्कोरमा रोक्न आर्मीका सहाब आलमले ४ तथा सुशान भारीले ३ विकेट लिए । यस्तै जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट बाँडे । ९ ओभर बलिङ गरेका सहाबले २९ रनमात्रै खर्चे । यस्तै ६.४ ओभर बलिङ गरेका सुशानले १ ओभर मेडन राख्दै २० रनमात्रै दिए ।

Vianet communication
Laxmi Bank

प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक २१ रन जोडे । २८ बल खेलेका उनले ४ चौका प्रहार गरे । यस्तै सामसद शेख १६, सुधीर चौधरी १५ र राशिद खान १४ रनमा आउट भए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा शुक्रबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।

जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने भनेपनि मुलपानी मैदान तयार नभएका कारण उद्घाटन खेल कीर्तिपुरमा आयोजना गरिएको हो ।

सहभागी टिमहरुलाई दुई समूहमा बाडिएको छ । समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने व्यवस्थापक नेपालयका अध्यक्ष प्रधानले बताए । क्याचको प्रायोजकको रुपमा एक्सपर्ट रहेको छ ।  १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेपले उपलब्ध गराउँनेछ । त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x