×

NMB BANK
NIC ASIA

बुटवल – फरक क्षमता भएका व्यक्तिलाई हेर्न दृष्टिकोण पूर्णतः सकारात्मक भइसकेको देखिँदैन । अपाङ्गता भएकालाई कमजोर भनेर टिप्पणी गर्ने परिपाटी कायमै छ ।

Muktinath Bank

अपाङ्गता भएका कतिपय व्यक्ति यति प्रतिभाशाली छन्, जसले सबलाङ्गसँग प्रतिष्पर्धा गर्न सक्छन् । तिनै मध्येका एक हुन् रूपन्देहीका दुर्गाबहादुर अधिकारी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१४ सालमा गुल्मी मुसिकोट नगरपालिका–५ आँपचौरमा जन्मिएर अधिकारी १० कक्षामा पढ्दापढ्दै पढाइ छाडेर भारतीय सेनामा २०३३ सालमा भर्ती भए । भर्ती भएको ६ वर्षमै २०३९ सालमा उनी भारतको जम्मुकस्मिरमा खटिए । त्यहाँका सधै माइनस डिग्रीको तापक्रमले गर्दा उनको शरीरले काम गर्न छाड्यो ।


Advertisment
Nabil box
Kumari

अधिकारी सेना भएकाले भारतका धेरै अस्पतालमा उपचारका लागि पुर्‍याइयो तर उनलाई निको नहुने भयो । अपाङ्ग भएपछि उनले जागिर गर्न नसक्ने भए । उनले अब भविष्य सिद्धियो भन्ने सोचे केहीदिन ।

Vianet communication
Laxmi Bank

अनि सम्झे अपाङ्गता भएका व्यक्तिहरू गरेको संघर्ष र सफलता । त्यसपछि उनले पढाइ शुरू गरे । उनलाई पूर्ण तलब दिएर आर्मीले भारतको देहरादुनको एक विद्यालयमा १० कक्षामा भर्ना गर्‍यो । उनी भारतको मेलिटरीमा प्रथम श्रेणीमा पास भए । त्यसपछि उनले अंग्रेजी मुख्य विषय लिएर देहरादुनमै इन्टरमिडियटको पढाइ थाले । 

इन्टरमिडियट पनि प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ब्याचलर र मास्टरमा पनि त्यसैगरी रेगुलर प्रथम श्रेणीमा उत्तीण गरे । भारतमा अध्ययन पूरा गरेसँगै उनी १५ वर्षे सेवाअवधि सकेर २०४८ सालमा नेपाल (गुल्मी) फर्किए ।

उनी घरमा आउँदा शिक्षक सेवा आयोगको आवेदन खुला भएको थियो । उनले शिक्षक सेवा आयोगको परीक्षाका लागि फारम भरेर पढ्न थाले । परीक्षा दिए । रिजल्ट आयो । उनले खुला प्रतिस्पर्धाबाट प्रावि तहमा स्थानीय शिक्षकमा नाम निकाल्न सफल भए । उनले नेपाल राष्ट्रिय मावि आँपचौर गुल्मीमा पढाउन शुरू गरे ।

२०५२ सालमा फेरि शिक्षक सेवा आयोग खुल्यो । उनले निम्न माध्यमिक तह द्वितीय परीक्षा दिए । २०६० सालमा नतिजा आउँदा उनले फेरि नाम निकाल्न सफल भए । त्यसपछि उनले २०६५ सालसम्म नेपाल राष्ट्रिय माविमै पढाउने क्रमलाई निरन्तरता दिए । २०६६ सालमा निम्न मावि प्रथम श्रेणीमा बढुवा भए । उनले २०७२ सालमा निमावि प्रथम श्रेणीबाट अवकाश लिए । अधिकारी भन्छन्, ‘अपाङ्गताले केही गर्न रोक्दैन । सबलाङ्गसँगै प्रतिष्पर्धा गर्न र उनीहरूलाई जित्न पनि सकिन्छ । आफूमा हिनताबोध नगरी म सबै कुरामा सक्षम छु । संघर्ष गर्छु भने सबै क्षेत्रमा सफलता चुम्न सकिन्छ ।’

शिक्षक सेवाको अवकाशपछि पनि उनको अध्ययन रोकिएन । लेखापढी गर्ने कानून पढे । अदालतबाट परीक्षा दिएर नाम निकाल्न सफल भए । उनले शिक्षक सेवा आयोगबाट अवकाशपछि अहिले पनि मालपोत कार्यालय बुटवलमा लेखापढीको काम गर्छन् । 

उनले अहिले भारतीय सेनाको पेन्सनबाट ५० हजार रुपैयाँभन्दा बढी, नेपाली शिक्षक सेवाको सेवानिवृत्तपछि २० हजार रुपैयाँ र लेखापढी गरेर झण्डै २०–२५ हजार रुपैयाँ गरी मासिक झण्डै १ लाख रूपैयाँ आम्दानी गर्छन् तर उनले भारतीय सेनाको कमाइको पैसा होस् वा नेपाली शिक्षक भएपछिको कमाइ होस्, बचत गरेका छैनन् । उनले सबै लगानी छोराछोरीको शिक्षा गरेका छन् । उनी भन्छन्, ‘भगवानले मलाई म अपाङ्ग भएपछि पनि बच्चाबच्ची दिए । तिनै छोराछोरीलाई राम्रो पढाउन मैले सबै शिक्षामा लगानी गरे । २ छोरा, २ छोरीलाई उनले भाडाको घरमा बसेर ४ जना छोराछोरीलाई निजी विद्यालय पढाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x