×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेश सभामा सांसद छिन् देवी वली । नेपाल कम्युनिस्ट पार्टीबाट समानुपातिक प्रतिनिधित्व गर्ने उनको जीवनशैली सामान्य नै छ ।

Muktinath Bank

२०२८ असोज १४ गते जन्मेकी वली रुकुमको पुथा उत्तरगंगा गाउँपालिका (तत्कालीन जाङ गाविस–८) खारावाङमा जन्मिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुरूशुरूमा हामी दिदीबहिनी सँगसँगै भैंसी गोठाला जाने गरेका थियौं,’ उनले विगत स्मरण गर्दै लोकान्तरसँग भनिन्, ‘रुकुमको पूर्वी क्षेत्र चुनवाङबाट हाम्रो बाजे खारावाङमा जानुभएको रै’छ । गाईभैंसी पाल्ने जंगल जता छ, त्यतै बस्ती बसाउने चलन हुन्थ्यो उतिबेला । ३–४ वर्षकी हुँदी हुँ, भैंसी गोठालो गएको, ठूली दिदी र भिनाजुले बोकेर भैंसीको गोठ सार्दै गरेको कुरा याद छ । त्यसपछिका धेरै कुरा थाहा पाउँछु ।’ 


Advertisment
Nabil box
Kumari

उतिबेला गोठहरू घरबाट धेरै टाढा हुने गरेको उनी बताउँछिन् । ‘घरदेखि टाढा हुन्थे गोठ । ९ वटा भैंसी थिए । ४ वटा त कहिल्यै खाली भएनन् । धेरै भैंसी हुँदा बुकी चराउनको लागि डोल्पालीको वनमा लैजानुपर्थ्यो,’ उनले भनिन्, ‘भैंसी गोठालो हुँदाको मजा बेग्लै !’ उनले पूरै बाल्यकाल भैंसी गोठालो भएर बितेको बताइन् ।

Vianet communication
Laxmi Bank

उनको गाउँमा उतिबेला ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । उनी ८ वर्षको उमेरमा विद्यालयमा भर्ना भइन् र ३ कक्षासम्म अध्ययन गरिन् । त्यसपछि नजिक विद्यालय नहुँदा पढाइलाई निरन्तरता दिन सकिनन् उनले ।
२०४६ सालमा बहुदल आयो । गाउँ कमिटी बनाउने भनेर उनको दिदीले २०४७ सालका अखिल नेपाल महिला संघकोे विधान पठाएकी थिइन् । अक्षर पढेपनि अर्थ बुझ्न नसकेको उनको अनुभव छ । ‘१७ वर्षकी थिएँ । गाउँको स्कूल त्यो बेलामा ५ कक्षासम्म भएको थियो । किताब ल्याउन पठाएर फेरि स्कूल भर्ना भएँ,’ उनले भनिन्, ‘केही सरहरूले सिकाइ दिनुभयो । मैले पनि मेहनत गरें र ५ कक्षा पास भएँ ।’

त्यसपछि उनी रुकुमकोट आएर ६ कक्षा नपढेरै ७ कक्षामा भर्ना भइन् । उनले एसएलसी २१ वर्षमा दिइन् तर पास भइनन् । एसएलसी पास गर्न ३ वर्ष परीक्षा दिनुपर्ने अवस्था आएको उनले बताइन् । उनलाई सधैं गणितले नै दुःख दिने गरेको बताइन् ।

‘२०५१ सालमा एसएलसी दिएँ । २०५४ सालमा मात्र पास भएँ । त्यसपछि क्याम्पस पढ्न मुसिकोट आइयो,’ उनले भनिन्, ‘भिरबारी क्याम्पस भन्थे, हालको मुसिकोट बहुमुखी क्याम्पसबाट नेपाली विषयमा आईएड, बीएड गरें । एमएड भर्ना गरेर बीचमै छाडे । यता एलएलबी पनि सकेकी छु ।’

राजनीतिमा कसरी ?

एसएलसी नदिँदै ९ कक्षा पढ्दा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा जोडिएकी वली उतिबेलै जिल्ला कमिटी सदस्य भएकी थिइन् । उनलाई विक्रम संवत् २०५० सालमा अनेमसंघको अध्यक्ष हुनैपर्छ भन्ने दबाब आएको थियो ।

‘कांग्रेसको बहुमतको सरकार थियो । त्यो बेलामा शिक्षकहरूलाई खुला राजनीति गर्न प्रतिबन्ध थियो । मेरो दिदी फत्ते वली अनेमसंघको अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘खुला राजनीति गर्न नपाएपछि उहाँले मलाई अध्यक्ष हुन भन्नुभयो । भिनाजु नन्दलाल शर्मा पछि एमालेको जिल्ला अध्यक्ष हो । भिनाजु विद्यालयको गुरू र घरको पनि अभिभावक हो ।’

९ कक्षा पढ्दाखेरी नै अनेमसंघको अध्यक्षमा उनलाई राखियो । पार्टी र दिदीको दबाबले देवी बाध्यतावश अध्यक्ष बन्न पुगिन् । यही नै उनको राजनीतिको शुरूवाती कदम हो । ‘अध्यक्ष भइसकेपछि संगठन विस्तार गर्न गाउँमा जानुपर्ने मलाई एकदम उल्टो लाग्ने । आफू विद्यार्थी भएकाले आमा, दिदीबहिनीसँग जाँदा असजिलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘अनेमसंघको प्रथम सम्मेलनबाट अध्यक्ष भएँ । संस्थापक अध्यक्ष सरिता वली हुनुहुन्थ्यो । अर्घाखाँचीमा उहाँको श्रीमान् त्यहाँ पढाएर बस्ने । उहाँले नै प्रेरणा दिएपछि कमिटी बन्यो । त्यसपछि पत्ते वली दिदी आयोजक कमिटी अध्यक्ष हुनुभयो । म ३ कार्यकाल अध्यक्ष भएँ ।’

जनप्रतिनिधि हुँदा जिम्मेवारी थपियो

उनले गोठाले हुनु, राजनीति गर्नुभन्दा अप्ठ्यारो जनप्रतिनिधि हुनुरहेको बताइन् । ‘हिजो म सरकारलाई प्रश्न सोध्ने स्थानमा थिएँ । जनताको समस्या समाधान गर्न दबाब दिने स्थानमा थिएँ,’ उनी भन्छिन्, ‘तर अहिले मेरो भूमिका बदलिएको छ । अहिले तीनै जनताका समस्या समाधानका लागि पहल गर्ने अभिभारा पाएकी छु ।’

जनप्रतिनिधि बनेर जनताको काम गर्न पाउनुमा आनन्द हुने बताउँछिन् । ‘हामीलाई जनताले विश्वास गरेर पठाएका छन्,’ उनी भन्छिन्, ‘जनताका लागि काम गर्ने जिम्मा पाएका छौं । अब हामी त्यही अनुरुप अघि बढ्छौं र बढिरहेका छौं ।’

महिला तथा पिछडिएका वर्गका जनताको मुहारमा हाँसो ल्याउन आफूले प्रदेश सभामा भूमिका खेल्ने बताइन् । ‘जनताका समस्या प्रदेश सभामा राख्ने र सरकारलाई समाधान गर्नको लागि दबाब दिने काम गर्दै आइरहेकी छु,’ उनले भनिन्, ‘सबैभन्दा ठूला जनता नै भएकाले जनताको हित अनुरुपका कामहरू गर्दै जानेछु, जनहितविरुद्ध मेरो कुनै पनि आवाज उठ्ने छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x