×

NMB BANK
NIC ASIA

प्रतिपक्षी ठहर

कांग्रेसको नजरमा ओली सरकार : ‘जग नै संविधान विरोधी’

जेठ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश भ्रमणका लागि सिंगापुर गएका बेला उपसभापति बिमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

Muktinath Bank

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिसँग लोकान्तरकर्मीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ओली सरकार संविधान विरोधी’


Advertisment
Nabil box
Kumari

नेकपाको दुईतिहाइ सहितको सरकारले पूर्णतया जनता विरोधी, संविधान विरोधी काम गर्दै आएको छ । मैले त शुरूदेखि नै भन्दै आएको छु – केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको विरुद्धमा काम गर्दै आएको भन्दै आएको छु । केपी शर्मा ओलीले सांसद पदको सपथ ग्रहण नगरेर प्रधानमन्त्रीको सिधा सपथ लिएर संविधानको विरुद्धमा काम गरेका थिए । ओली सरकारको जग नै संविधान विरोधी छ ।

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभाको चुनाव सकिएपनि हाम्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रतिनिधि सभामा कृष्ण पौडेल, गोपाल बस्नेतसहित ४ जना सदस्यको मनोनयन गर्नुभएको थियो तर प्रधानमन्त्री देउवाको मनोनयन सिफारिसलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुभयो । नेपालको संविधानमा नै मनोनित गर्ने अधिकार प्रधानमन्त्रीको अर्थात् सरकारको हुने प्रावधान विपरीत राष्ट्रपतिले रोक्नुभयो । पछि प्रधानमन्त्रीको रुपमा ओलीजीले सपथ लिएर अहिलेको अर्थमन्त्री युवराज खतिवडा सहितको नाउँ सिफारिस गरेपछि फेरि राष्ट्रपति भण्डारीले अनुमोदन गर्नुभयो । त्यो काम संविधान विरोधी काम भएको थियो ।

संविधानमा प्रष्ट रुपमा लेखिएको छ कि सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनेछ तर अहिले एउटै पार्टी नेकपाकै सभामुख र उपसभामुख छन् । हामीले शुरूदेखि नै त्यसको विरोध गर्दै आयौं तर त्यसको केही पनि सुनुवाइ भएन । त्यो पनि संविधान विरोधी गतिविधि हो । हामी लोकतान्त्रिक पार्टी भएकाले विचारले विरोध गर्ने हो । अभिव्यक्तिका माध्यमले विरोध गर्ने हो । संसदमा पहलमानी खेल्ने होइन । संसदीय प्रणालीमा विचार राख्ने हो तर त्यसको सुनुवाइ गरिएन ।

अहिले ओली सरकारको १४/१५ महिना बितिसकेको छ । संघीयता विरोधी र संविधान विरोधी अनगिन्ती काम गरेका छन् सरकारले । न्यायपालिकालाई आफ्नो प्रभावमा ल्याउने, सबै मन्त्रालयको अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न खोज्ने, सुरक्षा समितिदेखि सेना परिचालनको अधिकार, भन्सार राजस्व उठाउने अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न खोज्नुले पनि प्रधानमन्त्री ओली संघीयता विरोधी एकात्मक केन्द्रिकृत शासन सत्ताको पक्षमा रहेको बुझिन्छ । तल प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने अधिकार समेत नपठाएर आफैंमा केन्द्रिकृत गर्न खोज्नु जबरजस्त प्रमाण हो संघीयता विरोधी हुनुको । संघीयता मात्र होइन, सरकार लोकतन्त्रको विरोधी पनि हो ।

ओलीजीले अहिले पछिल्लो समयमा पटक–पटक संघीयता विरोधी अभिव्यक्ति दिँदै आउनुभएको छ । प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारकै इकाई हो, अंग हो, स्वतन्त्र सरकार होइन भनेर अभिव्यक्ति दिनुभएको छ । त्यस मामिलामा म ओलीजीलाई प्रशंसा पनि गर्न चाहन्छु । कम से कम आफ्नो मनमा लागेको कुरा त बोल्नुभएको छ । ठीक मैले कुन अर्थमा भने कि बेइमान मान्छेले आफू बेइमान हुँ भनेर भन्दैनन् । तर ओलीजीले आफ्नो बेइमानीको इमान्दारीपूर्वक प्रमाण दिनु भएको छ ।

ओलीजीको अभिव्यक्ति त्यस मामिलामा संघीयता विरोधी भएको मामिलामा ठीकै बोल्नुभएको हो तर नेपाली कांग्रेसले ओलीजीको उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछ, निन्दा गर्दछ । संविधानको प्रावधान संघीय प्रणालीको मूल्य मान्यता विपरीत प्रदेश सरकार र स्थानीय सरकारलाई आफ्नै संघ सरकारको इकाईको रुपमा बुझ्नु गलत हो । नेपाली कांग्रेसको मान्यता के छ भने संघ, प्रदेश र स्थानीय तह गरेर तीनै तहका सरकार स्वायत्त सरकार हुन् ।

विगतमा मधेशी जनतालाई खुल्लमखुल्ला अपमानित गरेका ओलीलाई अहिले त्यही मधेशी जनताको भावनासँग खेलेर मत लिएका आफूलाई मधेशवादी भन्ने दलहरू पनि सरकारमा उनलाई साथ दिँदै आएका छन् । समस्त समथर भूमिलाई भारत बिहार भन्दै के सबै समथर भूभागलाई मधेश भन्ने, त्यसो हो भने बिहार जान भनेको तीतो, अनर्गल, घृणा फैलाउने अभिव्यक्ति दिने ओलीलाई मधेशी दल भन्नेहरूले काँध थापेका छन् ।

समाजवादी पार्टी नेपाल त अहिले पनि सरकारमै छ । अर्को राजपाले पनि सरकारलाई समर्थन गरेकै थिए, सरकारमा मन्त्रीको पदमा भागबण्डा नमिलेपछि दिएको समर्थन फिर्ता लिएको हो । फेरि राजपा र समाजवादी त अहिले पनि सँगसँगै प्रदेशमा सरकार चलाई नै रहेका छन् ।

कांग्रेसलाई म्युजियममा राख्नुपर्ने हो ?

समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई अब म्युजियम (संग्रहालय) मा राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति मैले पनि सुनें । म्युजियममा अब कांग्रेस होइन, कम्युनिस्ट विचारधारा हुनेछ । किनभने देशको संविधानमै पनि कम्युनिस्ट विचारधारा छैन ।

नेपाली कांग्रेसको विचारधारा नेपालको संविधानमा पनि उल्लेख छ । बहुदल, मानवअधिकार, राजनीतिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता सबै कांग्रेसको विचार संविधानमा उल्लेख छ । बाबुरामजी त त्यही व्यक्ति हो, जसले बहुलवादमा विश्वास गरेनन् । त्यतिबेला मैले पनि सदनमा उनलाई जबाफ दिँदै भनेको थिएँ कि बहुलवाद कम्युनिस्टको शब्दकोशमा हुँदैन । त्यो ‘डिक्सनरी’ फेर्नुस् र आधुनिक ‘डिक्सनरी’ किन्नुस् । बहुलवाद नमान्ने पार्टी लोकतन्त्रवादी हुँदै हुन्न । बाबुरामजीले फ्युजन शब्दको प्रयोग गर्नुभएको थियो तर मैले भनेको थिएँ कि उहाँहरू ‘फ्युजन’को कुरा गरेर ‘कन्फ्युजन’मा पर्नुभएको छ ।

अहिले बाबुरामजी प्रतिनिधि सभामा पुग्नुभएको छ, त्यो पनि नेपाली कांग्रेसकै जनताको भोट लिएर पुग्नुभएको हो । गोरखामा उहाँलाई नेपाली कांग्रेसले मत नदिएको भए उहाँ आफैं म्युजियममा हुनुहुन्थ्यो होला । उहाँले कांग्रेसलाई म्युजियममा राख्नुपर्ने भनेर भन्नु उहाँको आत्मरति हो । कम्युनिस्ट विचारधारा अब म्युजियम त के पुस्तक, पुस्तकालय र विश्वविद्यालयको पुस्तकमा मात्र सीमित भएको छ । उपेन्द्र यादवजीको पार्टीसँग एकता गरेर उहाँले मधेश र मधेशीलाई म्युजियममा पुर्‍याइदिनु भयो । उपेन्द्र यादवजीले आफ्नो पार्टीको नाउँबाट समेत मधेशी शब्द हटाइसक्नुभएको छ ।

विगतमा नै कम्युनिस्ट नेता अशोक राईसँग एकता गर्दा फोरम शब्द हटाउनुभयो र अहिले त बाबुरामजीसँगको एकतापछि संघीयता शब्द पनि पार्टीबाट हटाइएको छ । उपेन्द्रजीको पनि पूरा राजनीतिक जीवन कम्युनिस्ट पार्टीमै बित्यो र अब कम्युनिस्ट पार्टीको विचारधारा म्युजियममा गइसकेको छ । विगतमा बाबुरामजीले अँगालेको माओवादीको विचारधारा त म्युजियममा पनि रहेन । माओवादी पार्टी नेकपामा विलय र बिसर्जन भएपछि माओवादी विचारधारा नै सकियो । उपेन्द्रजी त अहिले सरकारमा पनि छन्, कसले रोकेको छ संविधान संशोधन ? जुन व्यक्ति र पार्टीको विरुद्धमा चुनाव लडेर मधेशी जनताको भोट लिए, त्यसैसँग अहिले सरकारमा सहभागी भएको मधेशवादी भनिने दलको कर्तुतहरू अब मधेशी जनताले बुझिसकेका छन् ।

त्यस्तै हो राजपा नेपाल पनि । उसले पनि अब आफ्नो पार्टीको नामबाट मधेश शब्द हटाइसकेको छ । उनीहरू अब मधेशवादी दल रहेनन् । मधेशी जनतालाई भ्रमित गरेर चटक देखाएर जनताको भावनासँग खेलवाड गरेका छन् ।

अहिले २ नम्बर प्रदेशकै कुरा गरौं । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाउँ मधेश प्रदेश राख्नुपर्छ भनेर भनिरहेका छन् । उहाँको पार्टी समाजवादी पार्टीले आफ्नो पार्टीको नाउँमा मधेश शब्द हटाए । फेरि झापादेखि कञ्चनपुरसम्म हो मधेश । म पनि नेपालको मधेशी जनता नै हो तर २ नम्बर प्रदेशको जे वास्तविक पहिचान हो, मिथिला सभ्यता सहितको पहिचान त्यसलाई त हटाउन मिल्दैन नि ! जसको जे नाउँ हो त्यो पो नामकरण गर्ने हो । मिथिला र भोजपुरा पहिचान भएको ठाउँलाई जबरजस्ती मधेश प्रदेश नामाकरण गरेर त भएन नि ! पहिले आफ्नो पार्टीको नाउँमा उहाँहरूले मधेश शब्द राख्नुपर्‍यो । पार्टी मधेशी नहुने तर नाम चाहिँ प्रदेशको नाम चाहिँ राख्नैपर्ने कुरा सुहाएन ।

जागरण अभियान किन ?

नेपाली कांग्रेसले अहिले हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ । प्रतिपक्षमा भएपनि जनताबीच जान तीन चरणमा अभियान सञ्चालन भएको छ । नेपालको ७७ जिल्ला, ७ सय ६५ वटा स्थानीय तह र ७ वटै प्रदेशमा नेपाली कांग्रेसको सैद्धान्तिक विचार जनताबीच लैजानका लागि अभियान सञ्चालन गरिएको हो । कांग्रेस र कांग्रेसको बीचमा, कांग्रेस र जनताको बीचमा तथा कांग्रेस र मतदाताको बीचमा आफ्नो विचार पुर्‍याउन तथा संवाद गर्न अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेसको सैद्धान्तिक विचारधारा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, बहुदलीय प्रणाली, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता आदि जनताका बीचमा लग्नेछौं ।

देशको संविधान अनुसार हाम्रो पार्टीको विधानमा पनि पुनर्संरचना गरिएको छ । ७ वटै प्रदेश र ७ सय ५३ स्थानीय तह, ७७ जिल्ला अनुसार पार्टीको संरचना बनाइएको छ । पार्टीको विधानमा नै ८ जना सहमहामन्त्री पदमा आरक्षण छुट्याइएको छ । मधेशी, जनजाति, महिला, दलित, मुस्लिम, पिछडा वर्ग, थारु, खुला गरी ८ वटा क्लस्टरको कोटा छुट्याइएको छ । पार्टीको नेतृत्वलाई पूर्णरुपमा समावेशी बनाइएको छ । पहिले पनि सबैभन्दा पहिले कांग्रेसले नै कदमजमको अवधारणा अनुसार समावेशी पद्धति अपनाएको थियो ।

कर्णाली, दलित, महिला, जनजाति र मधेशीका लागि क्लस्टर छुट्याइएको थियो । अहिले नेपाली कांग्रेस नै अन्य पार्टीभन्दा बढी समावेशी पार्टी बनेको छ । 

चुनावमा जनताले किन हराए ?

विगतमा ममा नै कमी कमजोरी थियो होला कि जनताले मलाई पराजित गरे । म भौतिक पूर्वाधार मन्त्री भएको बेला धनुषा जिल्ला, जनकपुर, आफ्नो क्षेत्रसहित २ नम्बर प्रदेशमा नै सबैभन्दा बढी विकास गरें । अहिले धनुषाको जटहीदेखि ढल्केवरसम्म सिक्स लेनको सडक बन्दैछ, त्यो मैले नै गरेको हो ।

ठाउँ ठाउँमा सडक, पुल सबै निर्माण गर्न लगाएँ । जनकपुरमा राजर्षि जनक विश्वविद्यालय समेतको स्थापना गराएँ तर मैले प्रचार गरिनँ ।  काम गरें । अब फेरि पनि नियमित रुपमा जनताको बीचमा गई नै रहेको छु । जनताले विचार गर्ने नै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x