असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
देशमा गणतन्त्र आएको एक दशकभन्दा बढी समय बित्न लागेको छ । तर गणतान्त्रिक ढंगले देशलाई सम्हाल्ने र सही बाटोमा हिँडाउने अपेक्षा पटक्कै पूरा हुन सकेको छैन । संविधान बनाउने क्रममा यो गम्भीर छलफलको विषय हुनु अस्वाभाविक थिएन । तर समयको लामो अन्तरालपछि पनि यसलाई सार्थक छलफलद्वारा अपेक्षित परिणतिमा पुर्याउन नसकेको कुरा प्रस्ट भइरहेको मुलुकको स्थितिले औंल्याइरहेको छ ।
जसैतसै एक थान संविधानको ठेलीको घोषणा गरिदिएर काम फत्ते हुने थिएन र भइरहेको पनि छैन । फलतः घोषणा गरेदेखि नै यसले संशोधन र कार्यान्वयनको चुनौती झेलिरहेको छ । यसलाई सही किसिमले सही बाटो दिइएन भने संविधानलाई अफाप सिद्ध गर्ने र नेपाललाई सधैं अस्थिर तथा अनिश्चित तुल्याएर फाइदा उठाउन चाहने पहिलेदेखि नै हालीमुहाली चलाउँदै आएका अस्वीकार्य आन्तरिक र बाह्य वर्गशक्ति र प्रत्यक्ष परोक्ष तिनलाई आडधाप दिने विभिन्न रूपरंगका देशी विदेशी आसेपासेहरूलाई नै फाइदा पुग्नेभन्दा अरू केही हुँदैन । यो जहाँसुकै र जहिलेसुकै इतिहासले सत्य साबित गर्दै आएको तथ्य कुरा हो ।
तर मुलुकमा बितेको १५ वर्ष यतादेखि सत्तामा रहे बसेका दलहरूले यो कुरालाई हिजोको अर्थहीन इतिहासका दुर्घटनाका रूपमा मात्र लिएको देखिन्छ । उनीहरूले सत्तामा पुग्नका लागि जस्तोसुकै प्रतिक्रियावादी वर्ग, तह र तप्कासँग पनि गला मिलाउन उद्यत हुने चिन्तन र चरित्रले अन्ततः यही कुरा साबित गर्दछ । अनि यसले शोषण, अन्याय, थिचोमिचोको कुरा केवल भागबण्डा नमिलुञ्जेलसम्म जनताको आँखामा छारो हाल्नका लागि मात्र हो र अनि आन्दोलनको अर्थ र सीमा पनि त्यसभन्दा पर छैन भन्ने मात्र औंल्याउँछ । समग्रमा विकास र समृद्धि खोज्ने कुरा पनि विद्यमान यथास्थितिवादी ढाँचाभित्रैबाट मात्र हो भन्ने कुरा पनि प्रस्ट छ । यो आजको तीतो र कटु यथार्थ वास्तवमा परिवर्तनको सही दिशाबाट विमुख भएकै लक्षण हो ।
सन्दर्भहीन भइसकेको असामयिक उत्पादन सम्बन्धलाई यथावत् कायम राखेर र त्यसलाई उपरी तहमा मात्र सामान्य सुधार गरेर राष्ट्रको चौतर्फी समृद्धिको खोजी गर्ने कुरा जनतालाई फेरि पनि ‘मृगमरीचिका’ देखाउने छली कुरा मात्र हो । अहिलेसम्मको विकास किन ‘बालुवामा पानी हालेसरह’ मात्र भयो, किन हामी गए गुज्रेको अवस्थामा रह्यौं र अब के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको यथार्थ वस्तुगत लेखाजोखा र प्रस्ट विश्लेषण नगरी सही दिशामा बिल्कुलै अगाडि बढ्न सकिँदैन । अनि जनतालाई जगाउन, उठाउन, सही दिशामा अघि बढाउन र सक्रिय तुल्याउन पनि सकिँदैन । यो अहिलेसम्मको अनुभवले एकदमै सुस्पष्ट पारिसकेको र पारिरहेको कुरा हो ।
निश्चय नै देशमा आधारभूत प्राकृतिक स्रोतसाधन भएर पनि तिनको सदुपयोग हुने उपयुक्त र उचित वातावरण बनाइँदैन बरू कमिसन खाएर गुन्द्रुकको झोलमा बेचिन्छ या बेच्ने तारतम्य मिलाइन्छ । अनि देशको चौतर्फी विकासका ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको उपयुक्त स्थितिमा पनि देशमा काम नपाएर युवाशक्ति पलायन हुन बाध्य पारिन्छ र प्रायः गाउँघरहरू बूढाबूढी, अशक्त र केटाकेटी मात्र बाँकी रहेर युवा–शून्य बन्छन् भने त्यहाँ गणतन्त्र सुदृढ र संस्थागत कसरी हुन सक्छ र ! केवल तीन तहको चुनाव सम्पन्न भएको ढोल पिटेर मात्र त हुँदैन ! वस्तुतः यो आजको एउटा अत्यन्तै सोचनीय र ज्वलन्त राष्ट्रिय समस्या बनेको यक्ष प्रश्न हो । यस प्रश्नको सही उत्तर नखोजी मुलुक एक कदम पनि पटक्कै सही दिशामा अगाडि बढ्न सक्तैन ।
कुनै पनि मुलुकका स्रोतसाधनहरू चाहे ती प्राकृतिक, मानवीय, सामाजिक तथा सांस्कृतिक जेसुकै किन नहुन् तिनको उपयोग कसको निमित्त कसरी गरिन्छ भन्ने कुराले पहिलो र ठूलो महत्त्व राख्छ । ती बहुसंख्यक जनसमुदायका निमित्त प्रयुक्त हुन्छन् कि मुठ्ठीभर सम्भ्रान्त वर्गका निमित्त त्यसले विकास कस्तो र कसको लागि हो र रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । यस परिप्रेक्ष्यमा अहिलेसम्मको हाम्रो विकासको दिशा, गति र परिणामलाई हेरियो भने प्रस्ट हुन्छ, यो सर्वसाधारण जनताको अधिकार, सक्रियता र समृद्धिको निमित्त नभएर सानो अभिजात वर्गको हित र समृद्धिका निमित्त केन्द्रित हुँदै आएको छ । यसले गर्दा एकातिर विकासप्रति जनताको उदासीनता, निष्क्रियता निरन्तर कायम रहेको हुन्छ भने अर्कोतिर आम जनता गरीबीको दुष्चक्रमा निरन्तर परिरहने बाहेक अरू केही हुँदैन ।
यस्तो चक्रव्यूहबाट आम जनतालाई बाहिर निकाल्ने र उनीहरूको विकासप्रतिको सचेतता, समर्पण र सक्रियता निरन्तर कायम राख्ने अनुकूल स्थिति सिर्जना गर्नु राष्ट्रिय स्वाधीनता, समृद्धि र शान्तिको पहिलो आधारभूत शर्त बन्दछ र बन्नुपर्दछ । यसो नगरिकन केवल विकासको कोरा बकबकले मात्र कुनै ठोस र उल्लेख्य परिणाम निस्कन सक्तैन । हेर्दा स्रोतसाधन खर्च भइरहेको हुन्छ तर परिणाम भने प्रायः सधैं हात लाग्यो शून्य मात्र भइरहने यस्तो बर्बादी र विनाशबाट मुक्त हुने बाटो लिनु मात्रै आजको राष्ट्रिय विकासको विकल्प र ठोस गन्तव्यको सही दिशा हो ।
देश र जनता गरीबी, अभाव, असुरक्षा, अशिक्षा र बेरोजगारीको भयावह र नाजुक स्थितिबाट गुज्रिरहेको आजको गम्भीर स्थितिलाई फेर्न र विगतका नकारात्मक अनुभव, गलत नीति र कार्यक्रमलाई दोहोरिन नदिन टालेटुले, तदर्थवादी र हचुवा कुरा गरेर बिल्कुलै हुँदैन । अनि सही नीति बनाए पनि त्यसलाई कार्यान्वयन नगर्ने हाम्रो परम्परा बनेको छ भन्ने हलुका निष्कर्ष निकालेर छुट्टी लिने कुरा पनि अब पटक्कै दोहोर्याइरहनुको पनि कुनै तुक र अर्थ छैन ।
बरू हामीले कृषि, उद्योग, बन्द–व्यापारका नीतिहरूमा कहाँ कहाँ त्रुटि गर्यौं ? तिनलाई शिक्षा र स्वास्थ्यसँग सही किसिमले किन जोड्न सकेनौं, प्राकृतिक र मानवीय स्रोतसाधनलाई सही किमिसले देश र जनताको हितमा प्रयुक्त गर्न किन सकेनौं ? परराष्ट्र सम्बन्धलाई देशको राष्ट्रिय हितको संवर्द्धन र राष्ट्रिय क्षमता अभिवृद्धि गर्नका लागि सन्तुलित र कूटनीतिक कौशलका हिसाबले परिचालन किन गर्न सकेनौं ? आज यी विषयमा गम्भीर छलफल, चिन्तन, मनन गरेर महत्त्वपूर्ण र दूरगामी निष्कर्ष निकाल्नु अनिवार्य र अपरिहार्य छ । यी कुराहरूमा सही निष्कर्षमा नपुगी अगाडि बढ्न फेरि पनि सकिने छैन ।
यो एकदमै प्रस्ट भइसकेको र भइरहेको कुरा हो । यी कटु वस्तुगत यथार्थबाट हामीले फेरि पनि सिकेनौं र पुरानै गलत बाटोमै भड्किरह्यौं भने निश्चित रूपमा हामी ‘फेरि पनि ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने कथनकै वरिपरी घुमिरहेका हुनेछौ । यस्तो यथास्थितिमा हाम्रो श्रम, स्रोतसाधन र समय मात्रै बर्बाद बनिरहनेछ, जुन आजसम्म हुँदै आएको कुरा छ । विकासको सट्टा हामी निरन्तर विनाशको गलत बाटोमै धकेलिइरहेका हुन्छौं ।
अहिलेसम्म हामी जसरी हिँड्यौं र जे जस्तो दुष्परिणाम भोग्यौं र भोगिरहेका छौं त्यो बाटो नछाड्ने हो भने फेरि पनि थप दुष्परिणामकै लागि हामी अभिशप्त बनिरहन विवश हुने मात्र छैनौं, झन् झन् कमजोर बनेर हाम्रो देश र जनताको अस्तित्व नै अकल्पनीय संकटमा धकेलिने र उठ्नै नसक्ने बन्न जाने अवश्यम्भावी छ । यस्तो स्थितिबाट जोगिन र सुन्दर भविष्य निर्माण गर्न हामीले आफू सच्चिन र भावी पुस्तालाई सही दिशाबोध गराउन बाहेक अरू कुनै विकल्प छैन । विनाश रोज्ने कि विकास – हाम्रै हातमा छ । विकासले गणतन्त्रात्मक लोकतन्त्रलाई सबल, सुदृढ र सशक्त तुल्याउँदै स्वाधीनता, समृद्धि र शान्तिलाई सार्थक रूपमा मलजल प्रदान गर्दछ । विश्व समुदायका अगाडि ठाडो शिर गरेर खडा हुन र आफ्ना बहुमूल्य साधनस्रोतको सदुपयोग गरेर समानतामा आधारित समुन्नत नेपाल निर्माणको बाटोमा लाग्न सकिन्छ । समय छँदै सोचौं, गम्भीर बनौं र अघि बढौं ! देशका परिवर्तनकामी शक्ति, समूह र सर्वसाधारण नागरिक समेत सबैको राष्ट्रिय कर्तव्य, दायित्व अनि आजको आवश्यकता यही नै हो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...