मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जेठ १६, २०७६
धनगढी- सुदूरपश्चिमको कैलाली कञ्चनपुर जिल्लास्थित नेपाल-भारत सीमा क्षेत्रमा देखिएको सीमा विवादमा प्रवेशै नगरी २ देशीय संयुक्त बैठक सकिएको छ ।
बेलाबखत भारतीय पक्षले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरेको विवादित ट्रन्चलगायतको विषयवस्तुमा प्रवेश नगरी २ देशीय संयुक्त वैठक विहिबार धनगढीमा सकिएको हो ।
केही महिनाअघि भारतीय पक्षले कञ्चनपुरको पुनर्वास र कैलालीको कैलारी गाउँपालिकास्थित सीमा क्षेत्रमा गरी करिब ६ किलोमिटर बढी ट्रेन्च एकलौटी रुपमा खनेको छ । जसले गर्दा नेपाली भूमी डुबानको सम्भावना बढेको बताइएको छ । तर बैठक भने सो विषयवस्तुमा प्रवेशै नगरी सकिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संयुक्त सीमा सर्वे टोलीको बैठक सीमा स्तम्भमा मात्रै केन्द्रित रहेकोले सो विषयमा प्रवेश नगरिएको बताए । भारत लखिमपुर खिरीका डिएम शैलेन्द्र कुमार सिंहले आफुहरु आम निर्वाचनमा केन्द्रित रहेकोले विवादवारे जानकारी पाएको बताए । केही समस्या तथा विवाद भए आपसमा बसेर सुझाउँदै आएको बताउँदै उनले आफ्नो तहबाट कार्यान्वयनको जिम्मवारी मात्रै रहेको उल्लेख गरे । तर विवादको समाधान भने नीति निर्माण तहको छलफलबाट मात्रै टुंगिने डिएम सिंहले बताए ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, भारतको लखिमपुर खिरीका डिएम शैलेन्द्र कुमार सिंह, २ देशका सुरक्षा अधिकारी, सीमा सर्वे टोलीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल भारत सीमा सर्वे टोली नम्बर ४ का प्रमुख जनक जोशीले कैलाली कञ्चनपुर जिल्लास्थित पर्ने ५९ वटा नयाँ सीमा स्तम्भ निर्माण र १ सय वटाको मर्मत सम्भार गरिएको जानकारी दिए । जसमा ८ वटा मूख्य स्तम्भ र ४१ वटा सहायक सीमा स्तम्भ निर्माण भएका हुन् । कैलाली जिल्लास्थित नेपाल भारत सीमामा २८२ सीमा स्तम्भ र कञ्चनपुरस्थित नेपाल भारत सीमामा ३८० सीमा स्तम्भ रहेका छन् ।
सीमा स्तम्भको जोर नम्बरको निर्माण भारतीय पक्षले र बिजोर नम्बरका स्तम्भको निर्माण र मर्मतको काम नेपाली पक्षबाट हुँदै आएको छ ।
त्यस्तै, कैलाली कञ्चनपुर जिल्लास्थित ३ वटा सीमा क्षेत्रमा विवाद कायमै रहेको छ । कैलालीको ७४२ नम्बर स्तम्भ निर्माणमा विवाद हुँदा निर्माण कार्य रोकिएको जनाइएको छ । फूलवारी क्षेत्रमा मात्रै ६ वटा स्तम्भ निर्माणमा विवाद रहेको टोली प्रमुख जोशीले जनाए ।
त्यस्तै, कैलालीकै खक्रौलामा पनि विवादले गर्दा ७०४/५ नम्बर सीमा स्तम्भ निर्माण हुन सकेको छैन । कञ्चनपुरको पुनर्वास क्षेत्रको ७ सय ६२ नम्बर स्तम्भ राख्नमा पनि विवाद सिर्जना हुँदा निर्माण हुन सकेको छैन । अधिकांश विवाद नेपाली पक्षबाट हुँदै आएको सीमा सर्वे टोलीको ठहर छ ।
केही स्थानमा विवादले गर्दा निर्माण हुन नसकेपनि विवादित मानिएको कैलालीको भजनी नगरपालिकाको मरियाघाट क्षेत्रस्थित ७०७/१, ७०७/२, ७०७/३, ७०७/४ नम्बर सीमा स्तम्भ निर्माण् गरिएको छ । स्थानीयबासीलाई सम्झाई बुझाई गरी निर्माण गरिएको सर्वे टोली प्रमुख जोशीको भनाई छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...