मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
धनगढी- समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अन्ततः ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक रहेको भन्दै त्यसको लागि तराईमा संघर्ष हुने निश्चित रहेको उद्घोष गरेका छन् ।
मंगलवार धनगढीमा कैलाली कञ्चनपुरका थारु अगुवा, मुक्तकमैया लगायतसँगको भेटघाटको क्रममा अध्यक्षद्वय यादव र डा. भट्टराईले सो कुरा उद्घोषण गरेका हुन् ।
सरकारका उपप्रधान एंव स्वास्थ्य तथा मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, 'थरुहट आन्दोलन नितान्त राजनीतिक आन्दोलन हो । यसमा मेरो पनि संलग्न छ । टीकापुरमा कार्यक्रम गर्दाताका बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर म पनि फर्केकै हुँ । यो मुद्धा राजनीतिक भएकोले फौजदारी न्यायको हिसाब कुनैपनि हालतमा निकास दिँदैन । राजनीतिक ढंगले नै निकास हुन्छ ।’
उनले हालको ७ प्रदेशको प्रादेशिक संरचनाले पनि दिगो निकास दिन नसक्ने टिप्पणी गरे । नेपालमा थारु, मधेशी, दलित, जनजातिलगायत उत्पीडनमा परेका समुदायको माग मुद्धा सम्बोधन गर्न १० जोड १ प्रादेशिक संरचना नै वैज्ञानिक रहेकोले आफूहरू अझैपनि १० जोड १ प्रदेशको मान्यतामा आडिग रहेको बताएका हुन् ।
मन्त्री यादवले अगाडि थपे, ‘हामीले प्राप्त उपलब्धीलाई संस्थागत गर्न र बाँकी संविधान संशोधन प्रक्रियाबाट हासिल गर्न सरकारमा गएका हौं । तर अझैपनि हाम्रो माग यथावत नै छ । संविधान संशोधन भएन भने तराई-मधेशमा आन्दोलन हुन्छ ।’
त्यस्तै उनले थारु समुदायमा देखा परेका सिकल एनिमिया र थेलेसिमिया रोगलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याएको बताए ।
सो पार्टीका अर्का अध्यक्ष भट्टराईले हालसम्मको राजनीतिक परिवर्तनलाई अपूूरो क्रान्तिको संज्ञा दिदै सबै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न १० जोड १ को प्रादेशिक संरचना उपयुक्त रहेको बताए । उनले हालै लोक सेवा आयोगले खुला गरेको विज्ञापनले हालसम्म भएका अधिकार प्राप्तिका संघर्षको विरुद्धमा रहेको खारेज गर्नुपर्ने बताए ।
भेटघाटमा थारु अगुवाहरूले अधिकार प्राप्तिको आन्दोलनको क्रममा भएको टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने, घटनाबारे अनुसन्धान गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सिकलसेल रोग रोकथाम र मुक्तकमैया पुन:स्थापना तथा व्यवस्थापनबारे ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै नेताद्वय यादव र भट्टराईको आजै प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...