पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ भदौं ६ गतेबाट प्रदर्शनमा आउँदैछ । मार्सल आर्टिष्टको बदलाको कथामा निर्मित चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । चलचित्रको कथा उनकै वरिपरी घुमेको छ ।
नम्रता यो चलचित्रमा आफूले धेरै मेहनत गरेको बताउँछिन् ।
बुधवार चलचित्रको टिजर रिलिज कार्यक्रममा नम्रताले भनिन् –‘जीवनमा कहिल्यै जिम नगएकी म जिम गएँ, ७/८ महिना मार्सल आर्ट सिकेँ ।’
उनले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन कपाल काटेको बताइन् । नम्रता वर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्छिन् । कार्यक्रममा नम्रताले आफू कथा पढदा त्यसमा आफूलाई महशुस गरेमात्र चलचित्र खेल्ने बताइन् । ‘मैले कुनै पनि चलचित्र पढ्दा आफूलाई अभिनय गरेको देखेँ भने मात्र काम गर्छु’ नम्रताले भनिन् ।
एउटा कलाकारले क्यारेक्टर गर्न सक्छु भन्ने कन्फिडेन्ट भएपछि मात्र चलचित्र खेल्नुपर्ने नम्रता बताउँछिन् ।
‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रताका साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नव–कलाकारहरु सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको अभिनय छ ।
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...