×

NMB BANK
NIC ASIA

कैलाली र कञ्चनपुरमा विनाशकारी आँधीको वितण्डा : यसरी हुँदैछ उद्वार र राहत वितरण

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी । विनाशकारी आँधीहुरीले सुदुरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला नराम्ररी  प्रभावित बनेको छ ।
सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी सुरज केसीका अनुसार हालसम्म २ जनाको ज्यान गएको छ भने ९९ जना घाइते भएका छन् ।

Muktinath Bank

कैलाली जिल्लामा २ जनाको मृत्युु भएको हो भने ७६ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २३ जना घाइते भएको डिआइजी केसीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुुनेमा कैलाली टीकापुर नगरपालिका–२ का लहानु चौधरी रहेका छन् । उडेर आएको घरको जस्तापाता लाग्दा उनको मृत्यु भएको हो । त्यस्तै, आँधी हुरीकै क्रममा अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा बा ३ प ३८३६ नम्बरको टिप्पर र से १ प ५८२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए । 


Advertisment
Nabil box
Kumari

कैलालीमा  हालसम्म ७६ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भारत रेफर गरिएएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरी गम्भीर घाइते बनेकी छिन् । उनीहरुको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भैरहेको प्रहरी निरिक्षक डाँगीले जनाए ।
यो क्षेत्रको विद्युत सेवा राती ८ बजेदेखि नै अवरुद्ध भएको छ । विभिन्न क्षेत्रमा विद्युतका पोलहरु ढल्न गई अवरुद्ध भएको जनाइएको छ । अधिकांशका घरका छाना उडेका छन्  भने वनजंगलमा रुखहरु सोत्तर परेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले उद्धार र राहत वितरणको कार्य सुरु भएको जनाएको छ । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुुसार विनाशकारी आँधी हुरीले करोडौंको क्षति भएको बताउँदै सरकारले तत्कालै उद्धार र राहत वितरणको कार्य सुरु गरेको जनाएको छ ।

घाइतेहरुको उपचारमा कुनुै कमी हुुन नदिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताएका छन् । विहानैदेखि अस्पतालहरुमा विरामीहरुको अवस्था बुझ्न निस्केका मन्त्री सुवेदीले सो कुरा बताएका हुन् ।यस्तै विभिन्न संघ संस्थाले पनि राहत संकलन र वितरणमा सक्रियता जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x