×

NMB BANK
NIC ASIA

संसदमा सकस

सदन सञ्चालनमा फेरि चुके सभामुख महरा, कांग्रेसले गर्‍यो नियमापत्ति

जेठ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधिसभा नियमावली अनुसार संसदको बैठक चलाउन सभामुख कृष्णबहादुर महरा पटक–पटक चुक्दै आएका छन् ।

Muktinath Bank

सोमवार पनि महरा बैठक सञ्चालनमा चुकेका छन् । सभामुखको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको बैठकको शुरूमै कांग्रेसले समय माग गरेर आइतवार काठमाडौंको माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा उत्रिएका सर्वसाधारणमाथि गरिएको दमनबारे विरोध र गृहमन्त्रीको जवाफ माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृण्ण खाणले सरकारी दमनप्रति आपत्ति जनाउँदै सरकारको जवाफ माग गरे । खाण बोलेलगत्तै सभामुख महराले सत्तापक्षकी सांसद पम्फा भुसालललाई बोल्नको लागि समय दिए ।

Vianet communication
Laxmi Bank

भुसाललाई समय दिएकोमा कांग्रेसले आपत्ति जनायो । एउटै विषय भएको भन्दै महराले भुसाललाई बोल्न दिए । ‘तपाईहरूले नै उठाएको विषय उहाँले उठाउँदै हुनुहुन्छ, सुन्नुस् माननीय सदस्य,’ सभामुख महराले भने ।

तर खाणले आपत्ति जनाए – सदन अवरुद्ध छ, हामीले सरकारको जवाफ मागेको हो सभामुख महोदय ।

महराले जवाफ फर्काए, ‘सरकार बोल्छ माननीय सदस्यहरू, माननीय पम्फा भुसाल तपाईंहरूको विषयमा बोल्दै हुनुहुन्छ ।’

ललितपुर क्षेत्र नम्बर २ की सांसद भुसालले कांग्रेसकै समर्थन र गुठीयारको पक्षमा बोलिन् । ‘जतिबेला ललितपुरमा राष्ट्रपति, सभामुखको अगाडि राता्े मच्छिन्द्रनाथको भोटो देखाइँदै थियो, त्यही बेला मण्डलामा भएको दमनको विरोध गर्छु,’ उनले भनिन् । 

भुसाल बोल्दै गर्दा कांग्रेस सांसदहरूले उभिएर हुटिङ गरिरहेका थिए । सभामुख महराले भुसाललाई भनाइ छोट्याउन आग्रह गरिरहेका थिए ।

भुसाल बोलेपछि खाणले भने, ‘सत्तापक्षकी सांसदले केही बोल्न खोज्नुभएको थियो, हामीले सुन्न पाएनौं । किनकि संसद अवरुद्ध थियो ।’

त्यसपछि महराले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याललाई बोल्नको लागि समय दिए । मन्त्रीले मण्डलामा भएको घटना निषेधित क्षेत्र तोड्न खोज्दा भएको बताइन् ।

मन्त्री बोलेपछि महलाले प्रतिपक्षीलाई चित्त बुझ्यो बुझेन भनेर सोधे । त्यसपछि कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्नको लागि समय दिए । सभामुखबाट बोल्न समय पाएकी भुसालले शुरूमै सभामुख महराको कार्यशैलीप्रति आपत्ति जनाइन् । 

‘संसदीय व्यवस्थामा सरकार सत्ताको र सदन प्रतिपक्षको हुन्छ भन्ने मान्यता छ । प्रमुख प्रतिपक्षी दलले बोलेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा, सदनमा प्रतिपक्ष खडा भइरहेको समयमा सत्ता पक्षबाट जुन काम भयो । संसदीय अभ्यास र प्रणाली विपरीत भएकाले घोर आपत्ति जनाउन चाहन्छौं,’ भुसालले भनिन् ।

भुसाल बोलेपछि सभामुख महराले कांग्रेसले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले उपयुक्त समयमा सरकारले जवाफ दिने बताए ।

गृहमन्त्री सदनमा उपस्थित नभएकाले केही समयमा बोलाउने सभामुखले आश्वासन दिए तर सभामुखको आग्रहलाई कांग्रेसले मानेन । त्यसपछि सभामुख महराले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । 

सभामुख नियमावली विपरीत चलेको भन्दै कांग्रेसले विगतमा पनि आपत्ति जनाएको थियो । प्रतिपक्षी दल उभिइरहेको समयमा सरकारका नीति तथा कार्यक्रम पारित गरेको, चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x