×

NMB BANK
NIC ASIA

कर्मचारी अभाव

महिनौंदेखि प्रदेश प्रमुखको कार्यालय नै प्रमुखविहीन, कर्मचारीले देखाएनन् रुचि

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – सुदूरपश्चिमको प्रदेश प्रमुख कार्यालय पछिल्लो ८ महिनादेखि प्रमुखविहीन बनेको छ ।

Muktinath Bank

लामो समयदेखि उपसचिवको भरमा चल्दै आएको कार्यालयमा कार्यरत उपसचिव समेत सरुवा भएपछि हाल कार्यालय अस्तव्यस्त बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुखको कार्यालयमा १ जना सचिव, २ जना उपसचिवसहित १९ जना कर्मचारीको दरबन्दी छ । तर सचिव र उपसचिव सरुवा भएपछि कार्यालयको कामकारवाही प्रभावित हुँदै आएको नायव सुब्बा शिवराज जोशीले बताए ।


Advertisment
Nabil box
Kumari

‘महिनौंदेखि अभिभावकविहीन छौं । फुर्सदिला छौं भन्न मिलेन । सामान्य चिठ्ठीपत्रबाहेक केही काम हुँदैन । आर्थिक गतिविधि शून्य प्रायः छ । तलब खान पनि आपत् छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

७ जना शाखा अधिकृतको दरबन्दी रहेको कार्यालयमा हाल ३ जना शाखा अधिकृत, ३ जना नायव सुब्बा, ३ जना कार्यालय सहयोगी र ३ जना चालक मात्रै रहेका छन् ।

नासु जोशीका अनुसार कार्यालयका सचिव युवराज सुवेदी कात्तिक महिनामा नै सरुवा भएर गए । त्यसपछि उपसचिवको भरमा चलेको कार्यालयका उपसचिव हिरालाल चौधरी इलाका प्रशासन कार्यालय टीकापुरमा र अर्का उपसचिव पदम निधि सोती वैशाखदेखि थारु आयोगमा सरुवा भएपछि काम कारवाही प्रभावित हुँदै आएको हो । 

प्रदेश प्रमुखको कार्यालय संविधानतः प्रत्यक्ष जनसम्पर्क नरहने कार्यालय अन्तर्गत पर्छ । प्रदेश सरकारबाट निर्माण हुने विभिन्न ऐन कानूनलाई प्रमाणित गरी अन्तिम रुप दिने तथा आवश्यक सुधारको लागि सरकारलाई सिफारिस गर्ने संवैधानिक निकाय हो । प्रदेश सरकारको संरक्षकको भूमिका निर्वाह गर्ने निकाय हो तर त्यहीँ निकाय अभिभावकविहीन हुँदा नासुदेखि तल्लो तहका कर्मचारी रनभुल्लमा परेका छन् ।

कार्यालयका लेखा अधिकृत हरिबहादुर खत्रीले भने, ‘हुन त यो कार्यालय प्रदेश सरकारलाई अभिभावकत्व प्रदान गरेको छ तर यहाँभित्र हामी आफैं अभिभावकविहीन छौं । अभिभावक नहुँदा कुनै पनि घरको हाल के हुन्छ आफैं अनुमान गरौं ।’ 

‘प्रत्यक्ष जनसम्पर्क नरहने कार्यालय कर्मचारीको कम प्राथमिकता पर्ने गर्छन्,’ लेखा अधिकृत खत्रीले भने, ‘उसै पनि यो कार्यालय आमजनतासँग प्रत्यक्ष सम्बन्ध राख्दैन । प्रदेश सरकार जति क्रियाशिल भयो, त्यति नै कार्यालयको क्रियाशिलता बढ्ने हो । काम पनि छैन । कामविहीन पनि छैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x