चैत ७, २०८०
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
असार ६, २०७६
जनकपुरधाम – प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै नेतृत्वमा सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ कार्यकर्तालाई जागिर दिने भर्तीकेन्द्र बनेको छ ।
अभियान अन्तर्गत प्रभू बैंकसँग सम्झौता गरेर प्रभू बैंकलाई धनी बनाउने ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अन्तर्गत मुख्यमन्त्री राउतले समाजवादी पार्टीका कार्यकर्तालाई स्वयंसेवकको नाममा जागिर दिने काम गरेका छन् । मुख्यमन्त्री राउत समाजवादी पार्टीकै नेता हुन् ।
प्रदेश सरकारले छोरी बीमा कार्यक्रम प्रभू बैंकमार्फत सञ्चालन गरिरहेको छ । स्वयंसेवक भनेपछि विना पारिश्रमिक निःशुल्क सेवा गर्नुपर्ने भएपनि प्रदेश सरकारले मनपरी भर्ना गरेको स्वयंसेवकलाई तलब दिने गरेको छ । मुख्यमन्त्री राउतले पहिलो चरणमा भर्ना गरेका ८० जना स्वयंसेवकको मासिक पारिश्रमिक २१ हजार रुपैयाँ रहेको छ ।
स्वयंसेवकलाई तलब रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभू बैंकले संयुक्त रुपमा दिने गरेको छ । स्वयंसेवकलाई बीमा एजेन्टले बैंकका लागि गर्नेजस्तो काम दिइएको छ तर केही तलब मुख्यमन्त्री कार्यालयबाट समेत दिने गरिएको छ ।
‘पहिलो चरणमा ८० जना स्वयंसेवकलाई भर्ना गर्ने काम अन्तर्गत ७० जनालाई छनौट गरिसकिएको छ,’ मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानकी सहजकर्ता प्रियंका यादवले भनिन्, ‘केही दिनमै बाँकी १० जना र अन्य आवश्यक दोस्रो चरणका लागि पनि छनौट गर्ने प्रक्रिया अगाडि बढ्ने छ ।’
स्वयंसेवकलाई प्रभू बैंकले १३ हजार ५ सय रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ७ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ । धनुषाको नगराईन नगरपालिका र औरही गाउँपालिकामा स्वयंसेवक भएर काम गरिरहेका जनकपुरधाम उपमहानगरपालिका–१७ का सुरेन्द्र यादवले भने, ‘हामीलाई प्रभू बैंकले १३ हजार ५ सय रुपैयाँ र मुख्यमन्त्री कार्यालयले ७ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक दिने गरेको छ ।’
मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान कार्यक्रमको सहजकर्ताका लागि मुख्यमन्त्री राउतले प्रियंका यादवलाई आफ्नै मन्त्रालयमा करारमा भर्ना गरेर जिम्मेवारी दिएका छन् । अभियानका लागि हुने सबैखाले कामको सहजकर्ताको रुपमा उनले काम गरिरहेकी छन् ।
‘छनौट गरिएका स्वयंसेवकले विभिन्न स्थानीय तहबाट छोरी शिक्षा बीमाका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात र स्थानीय तहको सिफारिस ल्याउने काम गरिरहेका छन्,’ सहजकर्ता यादवले भनिन् । मुख्यमन्त्री कार्यालयमा आइसकेका सबै कागजात बीमाका लागि प्रभू बैंकसम्म पुर्याउने काम पनि भइरहेको छ ।
मापदण्ड र विज्ञापन विना नै भर्ना
मुख्यमन्त्री कार्यालयले कुनै पनि किसिमका कर्मचारी छनौट गर्नुपर्दा मापदण्ड बनाएर विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट कर्मचारी छनौट गर्नुपर्ने हो तर मासिक २१ हजार रुपैयाँ पारिश्रमिक खाने गरी के कुन आधारमा स्वयंसेवक छनौट गरिए भन्नेबारे मुख्यमन्त्री कार्यालयका उपसचिव सुशील श्रेष्ठले भने, ‘कुनै न कुनै प्रक्रिया मापदण्ड बनाएर नै छनौट गरिएको हुनुपर्छ । छनौट कसरी भयो भन्नेबारे मुख्यमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले नै सबै गरेकाले उहाँलाई नै सोधे थाहा होला ।’
स्वयंसेवक पद भएकाले मापदण्ड नबनेको र विज्ञापनको सूचना प्रकाशन नगरी मौखिक, अन्तर्क्रिया र अन्तर्वार्ताको आधारमा छनौट गरिएको मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव यादवले बताए । आसेपासे, आफन्त र पार्टीका कार्यकर्तालाई मात्र छनोट गरिएको भन्ने प्रश्नमा उनले भने, ‘स्वाभाविक रुपले आफ्ना निकट र पार्टी निकट कार्यकर्तालाई छनौट गरिएको हो तर प्रमुख प्रतिपक्षीदेखि प्रतिपक्षी दलका मान्छेलाई पनि छनोट गरिएको छ ।’ कम्तिमा १२ कक्षा उत्तीर्ण गरेको, विभिन्न एनजीओमा काम गरेको अनुभवको आधारमा स्वयंसेवक छनौट गरिएको यादवले बताए ।
प्रमुख स्वकीय सचिव यादवका अनुसार छोरी शिक्षा बीमाको काम तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता भएकाले चालू आर्थिक वर्षको असार मसान्तसम्मको लागि भर्ना गर्नुपर्ने भएपछि हतारहतारमा छनोट गरिएको हो । गत जेठ महिनामा छनौट गरिएका स्वयंसेवकको म्याद बढाउने वा नबढाउनेबारे आगामी आर्थिक वर्षमा निर्णय हुनेबारे मुख्यमन्त्रीकै संयोजकत्वमा गठित निर्देशक समितिको बैठकबाट निर्णय गरिने उनले बताए ।
को–को भए छनौट ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छनोट गरिएका ४२ जनाको सूची उपलब्ध गराएको छ । धनुषामा मुकेशकुमार यादव, रोशनकुमार साह, सुरेन्द्र यादव, ओमप्रकाश यादव, कोमल तिवारीलाई छनौट गरिएको छ । महोत्तरीमा मनिष राय, जयकुमार यादव, मन्जितकुमार राय, सञ्जु झा, साधनाकुमारी यादव, रविन्द्रकुमार यादव, चन्द्रकलाकुमारी महतोलाई छनौट गरिएको छ ।
सर्लाहीमा सञ्जय यादव, उमेशकुमार राय, अजयकुमार यादव, कालिचन यादव, इन्दिराकुमारी यादव, सुरजदेव दासलाई छनोट गरिएको छ । रौतहटमा ब्रीजमोहन साह, जितेन्द्रकुमार यादव, दिपेन्द्रकुमार यादव, कृष्णकुमार चौधरी, अमोदकुमार यादवलाई छनौट गरिएको छ । सिरहामा ओमप्रकाश यादव, कमलेशकुमार यादव, सप्तरीमा लालनकुमार नायक, चन्द्रकिशोर मण्डललाई छनोट गरिएको छ ।
बारामा राजकिशोरकुमार साह, सुरेशकुमार यादव, प्रदिपकुमार साह, राजमोहम्मद मन्सुर र सचिन यादवलाई छनौट गरिएको छ । पर्सामा रियाजआलम तेली, मासुमराज अहमद, मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव, फिरोज अन्सारी, राजपति देवी, नागेन्द्रप्रसाद यादवलाई छनोट गरिएको छ । छनोट गरिएकामध्ये कसैलाई २ वटा पालिकासम्मको जिम्मेवारी समेत दिइएको छ ।
निर्देशक समितिमा पनि पार्टीकै नेता
मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमको सम्पूर्ण काम कारवाहीको सञ्चालन, रेखदेख, नियन्त्रण तथा निर्देशनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको निर्देशक समितिमा पनि समाजवादी पार्टी नेपालका महिला कार्यकर्तालाई नै छनोट गरिएको छ । मुख्यमन्त्री राउतले सप्तरीमा दिलकुमारी चौधरी, सिरहामा त्रिपुरा झा, धनुषामा ममता मण्डल, सर्लाहीमा सुनैनादेवी मण्डल, महोत्तरीमा निर्मला यादव, बारमा निभा सिंह, रौतहटमा शोभादेवी राउत र पर्सामा पुष्पा पाण्डेलाई मनोनित गरेका छन् ।
मनोनित गरिएकी आठै जना महिला समाजवादी पार्टीका संघीय परिषद् सदस्य हुन् । निर्देशक समितिको बैठकमा भाग लिन आउँदा–जाँदा दैनिक भ्रमण भत्ता उपलब्ध गराउने गरिएको छ । त्यसका अतिरिक्त सहजकर्ताले आफ्ना जिल्लामा मन्त्रालयबाट तोकिएका अन्य कार्यक्रम सञ्चालन गर्दा लाग्ने विविध खर्च पनि उपलब्ध गराउने गरिएको छ । त्यसका अतिरिक्त मनोनित महिला सदस्यले वर्षमा ६ वटासम्म सम्बन्धित सरोकारवालासँग बैठक गर्न सक्ने निर्देशिकामा प्रावधान बनाइएको छ । यसरी बैठक गर्दा प्रत्येक बैठक सञ्चालन गर्न ५ हजार रुपैयाँसम्म विविध खर्च उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...