×

NMB BANK
NIC ASIA

कबीर सिंह फिल्म समीक्षा : प्रेममा पागल भएकाहरूलाई मन पर्छ

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रेमको पागलपन र प्रेमिकालाई पाउने भावना रचनात्मक हुनुका साथै विध्वंसकारी पनि हुन्छ । शाहिद कपूरले खेलेको फिल्म कबीर सिंहको वान लाइन यही नै हो । 

Muktinath Bank

यो फिल्म सुपरहिट तेलुगु फिल्म अर्जुन रेड्डीको आधिकारिक रिमेक हो । फिल्ममा जटिल, डार्क, विद्रोही र उच्च जोश भएका पात्रलाई शाहिद कपूरले न्याय दिएका छन् । त्यसैले नै शायद कास्टिङ निर्देशक मुकेब छाबडाले शाहिदलाई फिल्मका लागि छानेका होलान् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कबीर सिंह अत्यधिक रक्सी पिउने भएकाले बर्बाद हुन लागेको एक होनहान सर्जन हुन् । कथा फ्ल्याशब्याकमा जाँदा थाहा पाइन्छ, कबीर रिस नियन्त्रण गर्न नसक्ने मेडिकल छात्र हुन् । उनी टपर हुनुका साथै फूटबल च्याम्पियन पनि हुन् । तर क्रोधी भएका कारण उनी जोकोहीको पनि टाउको फोर्ने वा हातगोडा भाँच्ने काम गरिदिन्छन् । 


Advertisment
Nabil box
Kumari

उनका यी हर्कतका कारण कलेजले निकालिदिन्छ । कलेज छोड्ने बेलामा उनले प्रीति सिक्का (कियारा आडवाणी) लाई भेट्छन् । उनी मासूम, सुन्दर र सरल युवती हुन्छिन् । पहिलो दृष्टिमै उनी प्रीतिलाई मन पराउँछन् र प्रीति आफ्नी भएको घोषणा कलेजमा गरिदिन्छन् । कबीर प्रीतिको पछि लागिरहन्छन् र आफू सर्जन बन्छन् अनि प्रीतिलाई डाक्टर बनाउन सहयोग गर्छन् । तर अचानक प्रीतिको विवाह अर्कै व्यक्तिसँग उनको परिवारले गरिदिन्छ । अनि कबीर आफूलाई ध्वस्त बनाउने बाटोमा हिँड्छन् । कबीरले आफूलाई पूरै बर्बाद बनाउँछन् कि कथामा अर्को ट्विस्ट आउँछ ? त्यसका लागि फिल्म हेर्नुहोला । 

Vianet communication
Laxmi Bank

निर्देशक सन्दीप रेड्डी वांगाले लभस्टोरीलाई अनौठो ढंगमा प्रस्तुत गरेका छन् । कबीरका रूपमा उनले शाहिदलाई ओभर प्रोटेक्टिभ, ओभर अब्सेसिभ, हिंस्रक, रक्स्याहा र यौनपिपासुका रूपमा देखाएका छन् । त्यो क्यारेक्टरलाई स्वीकार गर्न दर्शकलाई केही समय लाग्छ तर पात्रको इमान्दारी र प्रेमका लागि मरिमेट्ने बानीले दर्शकको मन जित्छ । 

फिल्म अलि लामो चाहिँ छ । मध्यान्तरपछि फिल्मका सिक्वेन्स दोहोरिएका जस्ता लाग्छन् । कतै कतै फिल्म सुस्त भएको जस्तो लाग्छ । फिल्मलाई मूलकै जस्तो गरी बनाइएको छ, तोडमोड गरिएको छैन । 

कबीरका रूपमा शाहिद कपूरले करीयरको उत्कृष्ट प्रदर्शन गरेकोमा शंका छैन । एक अभिनेताका रूपमा उनी आफ्नो पात्रमा पूरै डुबेका छन् र अभिनयलाई परिष्कृत गर्दै लगेका छन् । शाहिदले यसअघि पनि जटिल भूमिकाहरूलाई स्मरणीय बनाइसकेका छन् । उनले यस फिल्मको पात्रलाई जीवन्त तुल्याएका छन् । 

कियारा फिल्ममा एकदमै सुन्दर देखिएकी छन् । उनले कम संवाद बोलेपनि आँखामार्फत अभिनय गरेकी छन् । फिल्ममा कबीरका साथी बनेका शिवाका रूपमा सोहम मजूमदारको भूमिका उल्लेखनीय छ । उनले सहजता र सरलताका साथ अभिनय गरेर मनोरञ्जन दिएका छन् अनि मुटु पनि छोएका छन् । 

अर्जुन बाजवा, सुरेश ओबरोय र निकिता दत्तले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका छन् । हजुरआमाका रूपमा वरिष्ठ अभिनेत्री कामिनी कौशललाई देख्न पाउनु आनन्दको अनुभव हो । 

फिल्मको संगीत र ब्याकग्राउन्ड संगीत दमदार हो । संगीतकार सचेत–परम्पराको संगीतमा बेखयाली गीत लोकप्रिय भएको छ । मिथुनले संगीत दिएको तुझे कितना चाहने लगे पनि हिट भएको छ । 

जुनूनले भरिएको प्रेमकथा तपाईंलाई मन पर्छ भने यो फिल्म हेर्नुस् । शाहिदको अभिनयका लागि पनि यो फिल्म हेर्नुभए हुन्छ ।

नवभारत टाइम्समा प्रकाशित रेखा खानको समीक्षा
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x