×

NMB BANK
NIC ASIA

धितोपत्र बजारमा अवैध लगानी रोक्न बोर्डको निर्देशन

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – धितोपत्र बजारमा अवैध लगानी हुन नदिने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले शुक्रवार एक निर्देशन जारी गरेको छ ।

Muktinath Bank

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी गर्दै उक्त निर्देशन अटेर गर्नेलाई अधिकतम ५ करोड रुपैयाँसम्मको जरिवाना गर्ने व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवैधरुपमा धितोपत्र बजारमा लगानी गर्नेलाई पहिलो पटक लिखित रुपमा सचेत गराउने, दोस्रो पटक व्यवसाय गर्न रोक लगाउने, तेस्रोपटक १० लाखदेखि ५ करोडसम्म जरिवाना गर्ने र त्यसपछि सूचक संस्थाका दर्ता खारेज गर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निजर गिरीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

निर्देशन लागू भएपछि १ दिनमा पटक–पटक वा एकैपल्ट १० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी एकाइमा दिनुपर्नेछ । ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्ने, सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम र न्यून वर्गमा वर्गीकरण गर्नुपर्ने, जोखिम देखिएका ग्राहकको हकमा वृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्नेछ । 

Vianet communication
Laxmi Bank

सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा वास्तविक धनीको पहिचान गर्नका लागि आवश्यक मनासिव उपाय अवलम्बन गर्नुपर्नेछ । बोर्डका अनुसार उक्त निर्देशन आगामी साउन १ गतदेखि लागू हुनेछ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र सो सम्बन्धी कसूरको अनुसन्धानमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्ने, ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा पेश गरिएका कागजात रुजु गर्नुपर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता तन्दुरुस्त राख्नुपर्ने छ । 

जोखिममा आधारित आन्तरिक नीति, कार्य्विधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरिका, उच्च पदस्थ व्यक्तिको पहिचान, अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्नेलगायत विषयमा स्पष्ट व्यवस्था गरिएको बोर्डले जनाएको छ । उक्त निर्देशनले धितोपत्र बजारमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्दिष्ट गरेका व्यवस्थालाई कार्यान्वयन गर्नसमेत सहजीकरण गर्ने बोर्डको विश्वास छ ।

घोडीघोडा लघुवीत्तले आइपिओ जारी गर्ने

बोर्डले घोडीघोडा लघुवित्तलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले शुक्रवार लघुवित्तलाई १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड रहेको छ ।

बेलौरी कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्तले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । सो संस्थासहित बोर्डले चालू आवको हालसम्म २७ विभिन्न कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x