×

NMB BANK
NIC ASIA

राजधानी शहरमा ‘गुजारा कालोपत्रे’, प्रदेश सरकार रमिते !

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नै खाल्डाखुल्डीको शहरको रूपमा बन्न थालेको छ । यहाँका कुनैपनि सडक खाल्डाखुल्डीरहित छैनन् । यतिसम्म कि सानो पानी परेको खण्डमा सडकको किनारमा हिँड्न पैदलयात्रीलाई असाध्यै अप्ठ्यारो हुने गरेको छ । पानी परेको समयमा गाडीले खाल्डाबाट हिलो छ्यापेर पैदलयात्रीहरूलाई हिलाम्मे बनाइदिन्छन् । यो राजधानी शहरको कथा होइन वास्तविकता हो । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश राजधानीको शहरको यस्तो बेहाल भइरहँदा स्थानीय तह भने आफूसँग पर्याप्त बजेट नभएको बताउँदै पन्छिन्छ । ‘वीरेन्द्रनगरमा नेपाली कांग्रेसबाट मेयर जितेका कारण हुनसक्छ प्रदेश सरकारले सहमति अनुसार टेण्डर नगरेको,’ स्थानीय रमेश कार्कीले भने, ‘विकासमा चर्को राजनीति गर्ने प्रदेश सरकार वीरेन्द्रनगरमै बसेको कति चाँडो भूलेछ ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयका जनगुनासा भन्दा पनि प्रदेश सरकार आफ्नै सुरमा बेकाममा हिँडिरहेको उनको आरोप छ ।


Advertisment
Nabil box
Kumari

वीरेन्द्रनगरपालिकाले अहिले वडा नं. ६ का मुख्यबजार क्षेत्र बुद्धपथ, पिपलचौतारा, शनिहल लाइनमा कालोपत्रे गरिरहेको छ । तर ती कालोपत्रे गर्न न कुनै मापदण्ड तोकिएको छ, त न कुनै गुणस्तर कायम छ । रोलर आयो अलिकति मसाला छर्‍यो, पेल्यो सकियो । यसरी कालोपत्रे गरेको सडकमा हप्ता दिनमै कालोपत्रे उप्किने गरेको छ ।

Vianet communication
Laxmi Bank

‘पिपलचौतारमा केही हप्ता अगाडि गरिएको कालोपत्रेमाथि मोटरसाइकलको स्ट्याण्ड लाग्यो भने उप्किन्छ,’ स्थानीय टेकबहादुर सुनार भन्छन्, ‘कि कालोपत्रे गर्दै नगर्नु, गरे कम्तिमा गुणस्तरीय गर्नु नि !’ 

खाल्डा पुर्ने नाममा गुणस्तरहीन कालोपत्रे गरिन्छ । न त्यहाँ इन्जिनीयर हुन्छन्, न अन्य कुनै प्राविधिक । तर पनि ठेकेदारले भुक्तानी भने पाइरहेकै छन् । ठेकेदारले केही जिम्मा नै लिनु पर्दैन । आयो आँखामा छारो हाल्यो, भुक्तानी माग्यो हिँड्यो, सुनारको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकालाई अहिले असारे विकासको चटारो लागेको छ । नगरभित्रका गल्लीहरू फागुनदेखि चैत, वैशाख अनि जेठ बितिसक्दा पनि चुपचाप रहेको वीरेन्द्रनगर नगरपालिका अहिले सडक टालटुल गर्न व्यस्त देखिन्छ ।

वीरेन्द्रनगरको वडा नं. ६ को शनिहल लाइनका दुईवटा साना सडक खण्ड, पिपलचौताराको एक खण्डा, डाँडा स्कूल नजिकैको एक खण्ड, बुद्धपथको एक खण्ड, भ्याली भ्यू नजिकैको एक खण्डमा असार लागेपछि कालोपत्रे गरिएको छ ।

सडक कालोपत्रे गरिएपनि न सडकको मापदण्ड अनुसार लेबल मिलेको छ, न त प्रिमिक्स कालोपत्रे प्रणाली अनुसार सडकको कालोपत्रे सम्पन्न भएको छ ।

सडकमा गाडी चल्न प्रतिबन्ध !

वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि पिपलचौतारा जाने बाटो अहिले करीब-करीब बन्द छ । नालामा ह्यूम बिच्छयाउने भन्दै सडक छिचोलेको ठेकेदारले हप्तौं दिन बित्दा पनि कामलाई पूर्णता दिन सकेको छैन । अहिले एकाध मोटरसाइकल बाहेक अन्य ठूला सवारी साधनहरू त्यो बाटोबाट जानै सक्दैनन् । बीच सडकमा ठूला ठूला भ्वाङ पारिएको छ । दुवैतिर प्वाल छन् ।

दैनिक रूपमा सोही बाटो कार्यालयमा जाने अमृत सिजापति नगरको हेलचेक्र्याइँका कारण ठेकेदारले समयमै उक्त स्थानको समस्या समाधान गर्न नसकेको बताउँछन् । ‘सडकलाई कथित रूपमा कालोपत्रे गरेको डेढ हप्ताभन्दा बढी बितिसकेको भएपनि अहिलेसम्म त्यो सडकमा गाडी चलाउन पाइएको छैन ।’ उनी गुनासो गर्दै भन्छन्, ‘वास्तविक रूपमा सिंहहरूले जे चाहे त्यही हुने देखियो । नगरपालिका पछिल्लो समय सिंहको रूपमा देखा परेको मेरो अनुभूति भएको छ ।’ 

तर वडा नं. ६ का वडाध्यक्ष मोति कंडेल भने जगेडा कोषबाट खाल्डाखुल्डी भर्ने भनेर नै ठेक्का दिइएको बताउँछन् ।

‘अहिले जहाँ बढी खाल्डा परेका छन्, त्यहाँका खाल्डा कालोपत्रे गरेर भर्ने भन्ने कुरा थियो,’ उनी भन्छन्, ‘त्यही अनुसार हामीले यो काम गरिरहेका छौं ।’

साइड इन्जिनीयर हरि केसी भने बजारभित्रका सडकमा दुई सेन्टिमिटरको प्रिमिक्स कालोपत्रे गरेको बताउँछन् । सडकमा २५/३० टनका गाडी गुड्ने भएका कारण पनि कालोपत्रे चाँडो उक्किने गरेको उनले बताए । तर आगामी वर्षदेखि प्रिमिक्स कालोपत्रे पनि ४ सेन्टिमिटरको नै गरिने उनको भनाइ थियो । छेउछाउमा एक सेन्टिमिटर हुनुको कारण बताउँदै उनले भने, ‘बाटोको लेभल र पानी बग्ने सतह मिलाउँदा त्यस्तो हुन्छ ।’

नगरपालिकाका प्रमुख देवकुमार सुवेदी भने कहाँ के कति कारणले यस्तो भएको हो बुझ्ने बताउँछन् । उनले गुणस्तरीय काम गर्नु भन्ने निर्देशन आफूले दिएको बताउँदै कहीँ त्यस्तो भएको भए आफूले जानकारी लिने जनाए ।

रमिते प्रदेश सरकार !

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगरमै छ । मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, योजना आयोगका पदाधिकारी, संघीय सरकारका सांसदहरू, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू सबैको आवतजावत गर्ने सडक वीरेन्द्रनगर कै हुन् ।

प्रदेश सरकारले जम्मा करीब ९ प्रतिशतको हाराहारीमा विकास बजेट खर्च गर्न सकेको अवस्थामा वीरेन्द्रनगरको सडक पनि उसको प्राथमिकतामा परेन  । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा कानून मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्क खत्री तथा नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालबीच नगरपालिकाले प्राविधिक जनशक्ति उपलब्ध गराउने र सरकारले नगरले तयार पारेका डीपीआरको आधारमा टेण्डर आह्वान गर्ने मौखिक सम्झौता बारम्बार भएको थियो । तर काम भने अघि बढेन ।

‘हामीले नगरसँग सहमति गरेर २० करोड बराबर खर्च गर्ने गरी सडक कालोपत्रे गर्ने भन्ने सहमति गरेका थियौं,’ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘तर विविध कारणले त्यो रोकिएको छ । अब केही दिनमै बहुवर्षीय ठेक्का अनुरूप भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का आह्वान गर्नेछ ।’ 

उसो त प्रदेश सरकार र नगरपालिकाबीच भ्याली भ्यू हुँदै घण्टाघर खण्ड लगायतका सडक कालोपत्रे गर्ने सहमतिका विषयमा लोकान्तरमा यसअघि नै समाचार प्रकाशित भइसकेको थियो ।

‘नगरपालिका र सरकारबीच हामीले एक खालको सहमति गरेका छौं । प्रदेश सरकारले टेण्डर आव्हान गर्ने र हामीले प्राविधिक सहयोग उपलब्ध गराउने सहमति गरेका छौं,’ लोकान्तरसँग कुरा गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले भनेही थिइन्, ‘अब हामीले कम्तिमा १८ करोड बराबरको सडक निर्माण गर्नेछौं ।’ 

उनले बोलेको कुरा अहिलेसम्म पूरा भएन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x