इथियोपियाका सेनाप्रमुखको हत्या

असार ८, २०७६

काठमाडौं – इथियोपियाका सेनाप्रमुख जनरल सिएर मेकोन्नेनलाई उनका आफ्नै अंगरक्षकले राजधानी अदिस अबाबामा गोली हानी हत्या गरेका छन् ।

उनी र अर्का एक अधिकारी मिलेर देशको उत्तरी भागमा रहेको अमहारा क्षेत्रमा सैन्य कूको प्रयास रोक्न खोजिरहेको बेलामा उनको हत्या भएको प्रधानमन्त्री अबी अहमदले जनाए । 


ADVERTISEMENT

अमहारामै क्षेत्रीय गभर्नर अम्बाच्यु मेकोन्नेन र उनका एक सल्लाहकारको हत्या भएको छ । 

दोषीहरूलाई पक्राउ गरेपछि परिस्थिति नियन्त्रणमा रहेको सरकारले जनाएको छ । 

प्रधानमन्त्रीले टेलिभिजन सम्बोधन गरेर देशलाई विभाजन गर्न खोज्ने खराब शक्तिहरूविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

बीबीसीबाट
 

असार ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस