बिग मर्जरले तयायो बैंकिङ प्रणाली

असार ९, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत वर्षदेखि नै उठाउँदै आएको ठूला बैंकको बिग मर्जरले अहिले बैंकिङ प्रणालीलाई तताएको छ । 

आर्थिक वर्ष २०७५–०७६ को बजेटमै बिग मर्जरलाई प्राथमिकता दिने विषय समावेश भएपछि यो विषय अहिले उत्कर्षमा पुगेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 


ADVERTISEMENT

राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गर्न सुझाव संकलन गरिरहेको बेला बैंक तथा वित्तीय संस्था पनि बिग मर्जरमा जान सकारात्मक भएका  छन् । वाणिज्य बैंकको छात संगठन नेपाल बैंकर्स एसोसिएसनले बिग मर्जरमा जान बैंकलाई नीतिगत छुट दिनुपर्ने माग गरेको छ ।  
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस