सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

असार ९, २०७६

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् । 


ADVERTISEMENT

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरूबाट सहज तथा सरल रूपमा प्राप्त गर्न सक्नेछन् । 

यस सेवा अन्तर्गत ग्राहक महानुभावहरूले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाहरूबाट आफ्ना ग्राहकहरूलाई यो सुविधाको थालनी गरेको जनाइएको छ । 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस