बंगलादेशमा लीगबाट उछिट्टियो रेल, ५ जनाको मृत्यु

असार ९, २०७६

काठमाडौं – उत्तरपूर्वी बंगलादेशमा एक ट्रेन आइतवार राति लीगबाट उछिट्टिँदा पाँचजनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । 

ढाका ट्रिब्युनमा सोमवार प्रकाशित खबर अनुसार, सिल्हटबाट ढाका गइरहेको उपवन एक्सप्रेस मौलवी बजारको कुलौरामा एउटा पुल भाँचिएपछि लीगबाट उछिट्टिएको थियो । 


ADVERTISEMENT

प्रहरी र रेलवे अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिका लेख्छ – दुईवटा डब्बा नहरमा खसे भने एउटा डब्बा पल्टियो । अरू डब्बा पनि एकातिर लडे । 

दुर्घटनापछि सिलहट देशका अन्य भागबाट रेल सम्पर्क विच्छेद भएको छ ।

मारिएका मानिसमा दुई महिला र तीन पुरुष छन् । 

घटनामा घाइते भएका ६७ यात्रुमध्ये २० को हातल गम्भीर छ । उनीहरूको सिलहटस्थित एमएजी उस्मानी मेडिकल कलेजमा उपचार चलिरहेको छ ।

दुर्घटनास्थलमा राहत दलका ११ इकाइ र प्रहरी बल तैनाथ छन् ।

एजेन्सी
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार