पहिलोपटक जुत्ता लगाउन पाएपछि खुशीले नाचिन् यी महिला (भिडियो)

असार ९, २०७६

काठमाडौं – युगान्डामा एक महिलाले जीवनमा पहिलोपटक जुत्ता लगाउन पाउँदा खुशीले झुमेर नाचेको भिडियो प्रसारित भएको छ । 

लाउरा ग्रिएर नामक महिलाले युगान्डाकी ती महिला नांगै खुट्टा हिँडेको देखेपछि सहायता गर्ने निर्णय लिइन् । 


ADVERTISEMENT

ग्रिएरका कारचालकले ती महिलालाई जुत्ता लगाउन सघाए । जुत्ता लगाउन पाएपछि महिला मुस्काइन् । चालकले दाहिने गोडाको जुत्ता समात्दा उनले त्यसमा पाइताला छिराइन् । त्यसक्रममा उनले दर्शकहरूलाई बूढी औंला उचालेर देखाइन् । देब्रे गोडामा जुत्ता पसेपछि उनी खुशी हुँदै नाच्न थालिन् । उनलाई दर्शकहरूले ताली बजाएर उत्साहित बनाए । 

यो भिडियो नौ दिनअघि युगान्डाको बविन्डी राष्ट्रिय निकुञ्जमा खिचिएको हो । 

एजेन्सी
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार