कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौं – सांसदले प्रधानमन्त्री स्वरोजगार कोषको कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै सांसदले मन्त्रीसँग जवाफ माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि मन्त्री गोकर्ण विष्टसँग सांसदले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा भएको दुरुपयोग रोक्न माग गरेका हुन् ।
नेकपा सांसदले भने प्रधानमन्त्री रोजगार कार्यक्रममा नेकपाका कार्यकर्ता मात्र सहभागी भएको भन्ने आरोपको खण्डन गरे । सांसदले युवा बेचेर देश समृद्ध बन्छ भनेर समेत प्रश्न गरे ।
यस्ता छन् सांसदका प्रश्न
प्रेम सुवाल : श्रम मन्त्रालयलाई युवा बेचबिखन मन्त्रालयको आरोप लागेको छ, किन होला ? युवा बेचेर देशको अर्थतन्त्र चलाउने हो भने यो सरकार र विगतका सरकारमा के फरक छ ?
डा. डिला संगौला पन्त : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने थलो भयो भन्ने आरोप छ, जवाफ चाहन्छु । मलेसिया कामदार जाने क्रम किन रोकिएको छ ? शून्य लागतमा पठाउने निर्णय गर्यौ, कार्यान्वयन किन भएन ? जापानसँग सम्झौता किन कार्यान्वयन भएन ? खाली कागजमा सम्झौता गर्दैमा श्रमिक विदेश जान सक्छन् ?
मीना सुब्बा : सरकारको बजेट बोल्छ, विदेश जान नपर्ने ? यही हो रोजगार र स्वरोजगार ? प्रधामनन्त्री रोजगारको टोपी, ज्याकेट जुत्ता लगाएर बारीमा बेल्चा बोकाएर पठाउँदैमा यहीबाट जीविका चल्छ ?
ज्ञानकुमारी छन्तेल : श्रम मन्त्रीज्यूले बोल्दै गर्दा यहाँ हुनुहुन्नथ्यो । ५ लाख युवालाई रोजगार दिने भन्नुभएको थियो, कति–कति रोजगारी पाउनुभयो ?
पुष्पा भुसाल : फेसबूकमा एक युवाले लेखेको देखे – मेरो बुवा र आमालाई आफैं पाल्छु, मलाई रोजगार चाहियो भन्यो । शैक्षिक प्रमाणपत्र राखेर गत वर्ष १० जनाले ऋण पाएको देखियो । ५ लाख बेरोजगारलाई रोजगारी दिने कार्यक्रम पनि देखियो । असफल भएका कार्यक्रमबाहेक युवालाई रोजगारको नयाँ कार्यक्रम के छ ?
खगराज अधिकारी : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ ? प्रतिपक्षले भनेजस्तो नेकपाका को–को कार्यकर्ता पोसिए मन्त्रीबाट जानकारी चाहन्छु ?
सञ्जय गौतम : ५ लाख युवालाई रोजगारी दिने कार्यक्रम किन प्रभावकारी देखिएन ?
प्रकाश रसाइली : विगत केही समय अगाडि जापानसँग सम्झौता गर्नुभयो, जापानसँग सहमति भएका ९ वटा देशले कामदार शुरू गर्यो । जापानले दक्ष जनशक्ति लिने भनेको छ, राजधानीका इन्स्टिच्यूटमा ठगिने क्रम चलिरहेको छ, ठगी रोक्न सरकारले के योजना बनाएको छ ?
दिव्यमणि राजभण्डारी : युरोप भ्रमणको समयमा प्रधामनन्त्रीज्यूले झिटिगुण्टा लिएर फर्केर आउन आग्रह गर्नुभयो, त्यही समयमा मन्त्रीज्यूले नयाँ सम्झौता गर्नुभयो । यो दुईवटा काममा कन्ट्राडिक्सन देख्छु ।
रामबहादुर विष्ट : ५ लाख बेरोजगारलाई नेपालमा रोजगार दिने, श्रम भन्नुभएको थियो । यता काम नदिने उता जान नदिने भएपछि कामदारको सरकार जिम्मा लिन्छ कि लिँदैन ?
दीलेन्द्र बडू : प्रमाणपत्र धितो राखेर ऋण दिने योजना कति कार्यान्वयन भयो ? मलेसिया गइरहेका कामदारको परिणम रोकियो, जापानसँगको सम्झौता पछि पनि यस्तै हुने हो कि ?
रामबाबु यादव : नेपालमा सञ्चालित उद्योगमा नेपाली युवाको ग्यारेन्टी कहिलेसम्म हुन्छ ? विदेश जाने युवाको ठगी धन्दा कहिले बन्द हुन्छ ?
विमला विश्वकर्मा : योगदानमा आधारित सामाजिक सुरक्षा असंगठितमा कहिले कार्यान्वयन हुन्छ ?
ज्ञानेन्द्रबहादुर कार्की : प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक दुरुपयोगको कुरा जानकारीमा आएको छ । गत सालभन्दा किन बजेट धेरै ? वैदेशिक रोजगारीमा जाने युवाले ती देशमा धेरै ठूलो अपमान र कठिनाइ व्यहोरेका छन् । त्यो समस्या समाधान गर्न के योजना छ सरकारसँग ?
हिरा गुरुङ : प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ५ लाख युवालाई रोजगार गर्ने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सही ढंगले व्यवस्थित हुन नसकेर हो ?
पार्वता डिसी चौधरी : प्रधानमन्त्री रोजगारमा के कतिले रोजगारी पाए ? सडक बढार्ने, मकै गोड्ने र गाईभैसी खेद्ने नै हो ?
लक्ष्मी परियार : प्रधानमन्त्री रोजगार कार्यक्रममा पहेलो ज्याकेट दिएर एउटा प्लास्टिक टिप्न ५ जनाको भेला हुँदो रहेछ । छोराछोरी अमेरिका पढ्दै गरेका सुनसरीका ६५ वर्षीय दम्पतीले रोजगारीको ज्याकेट दुबो टिप्नुभएको थियो, यस्तो कार्यक्रमले नेपाललाई कसरी समृद्ध र नेपालीलाई कसरी सुखी बनाउँछ ?
राजेन्द्रकुमार केसी : ५ लाखलाई रोजगारी दिने भनेको कति जनालाई रोजगारी दिनुभयो ? जवाफ चाहन्छु ।
मन्त्रीको जवाफ
जवाफमा मन्त्री विष्टले आगामी वर्ष ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने गरी तयारी भइरहेको बताए । ‘आगामी आर्थिक वर्षमा ५ लाख व्यक्तिलाई बजेट घोषणा गरेको छ । त्योभन्दा बढीलाई रोजगारी दिने गरी गृहकार्य गरेको छ । आउँदो केही समयमा ३ वटै सरकार, सहकारी र निजी क्षेत्रको सहभागितामा ५ लाखभन्दा ठूलो रोजगारीको सम्भावनालाई पर्याप्त गृहकार्य भइरहेको छ । तथ्यांकको आधारमा संसदमा प्रस्तुत गर्नेछु,’ मन्त्री विष्टले भने ।
मन्त्री विष्टले नेकपाले जितेका स्थानीय तहमा मात्र नभइ सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कोषको बजेट गएको बताए । ‘सबै स्थानीय तहमा कार्यक्रम पठाउँदा जनसंख्या, गरीबी र विकटताको मापदण्डको आधारमा रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम पठाइएको हो,’ मन्त्री विष्टले भने, ‘नेकपाद्वारा निर्वाचित निकायबाट होइन, सबै स्थानीय तहमा गएको छ । शुरूवातको दिनमा राजनीतिक नेतृत्वले विना पारिश्रमिक योगदान गरेको हो । सरकारले कुन पार्टीका कार्यकर्ता भन्ने जाँदैन ।’
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...