×

NMB BANK
NIC ASIA

पौडेलको निधन सम्बन्धमा छानबिन प्रक्रिया अघि बढेको छः गृहमन्त्री

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचाररहित समतामूलक समाज निर्माण गर्न सरकारले ७५१ स्थानमा सामुदायिक प्रहरी सङ्गठन विस्तार गरेको बताएका छन ।  प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ माथि सांसदले उठाएका प्रश्न र जिज्ञासामा मन्त्री थापाले  मुलुकको शान्ति सुरक्षा, नागरिकको जिउधनको रक्षा र सीमा सुरक्षा गर्न सरकार सक्षम रहेको बताए । समाजमा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण गर्न,  हत्याहिंसा, बलात्कार तथा मानव बेचबिखनजस्ता आपराधिक घटना रोकथाम गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सजग र सक्षम रहेको उनले  स्पष्ट पारे।   

Sagarmatha Cement
Muktinath Bank

     गृहमन्त्री थापाले  अपराध नियन्त्रणमा  सरकार क्रियाशील रहेको बताउँदै  यस अवधिमा तस्करीको जालो तोडिएको, सुन ओसारपसारमा नियन्त्रण भएको र यातायात क्षेत्रमा भएको  एकाधिकार तोडिएको बताए ।
     उनले प्राकृतिक प्रकोप व्यवस्थापन गर्न  गृहप्रशासन २४ घण्टा तयारीमा रहेको बताउँदै चालु आर्थिक वर्षको बजेटले मुलुकको विभिन्न संवेदनशील क्षेत्र एवं सिंहदरबारमा अत्याधुनिक सिसिटिभी क्यामरा जडानका लागि बजेटमा व्यवस्था भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लागुऔषध तथा  अपराध नियन्त्रण एवं शान्तिसुरक्षालाई थप सुदृढीकरण गरी हिंसारहित समतामूलक समाज निर्माणमा गृहमन्त्रालय क्रियाशील रहेको उनले  बताए।


Advertisment
Nabil box
Kumari

उनले  तराईका विभिन्न  नाकामा अत्याधुनिक क्यामेरा जडान, प्रहरीचौकीको पुनःस्थापना तथा नयाँ स्थापना, कारागार सुधार तथा निर्माण, राष्ट्रिय परिचयपत्र वितरण तथा अभिलेखीकरणका लागि सरकारले बजेट व्यवस्था गरेको बताए ।  मन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउने प्रयास नरोकिएको तथा  सर्लाही घटनामा मृत्यु भएका कुमार पौडेलको निधन सम्बन्धमा  छानबिन प्रक्रिया अघि बढेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

    सदनमा सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडु र रेनुका गुरुङले मुलुकको शान्ति सुरक्षाको अवस्था, पन्तको हत्यारा पत्ता लगाउन गरिएको प्रयासका बारेमा गृहमन्त्रीसंँग जिज्ञासा राखेका थिए ।  प्रतिनिधिसभाको अर्को बैठक यही असार १० गते बिहान ११ बजे बस्ने छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x