विप्लव समूहको बन्दको सामान्य प्रभाव

फाइल तस्बिर
असार १०, २०७६

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाले गरेको नेपाल बन्दका कारण राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ । 

राजधानीमा मंगलबार बिहान साविकको झैं गाडी चलेका छैनन् भने अधिकांश शैक्षिक संस्था बन्द गरेका छन् ।


ADVERTISEMENT

 कतिपय कलेज र विद्यालयले आज ‘अप्रिय परिस्थिति’ का कारण कक्षा सञ्चालन गर्न नसकिने भन्दै सन्देश पठाएका छन् । आफ्ना सप्तरी जिल्ला इन्चार्जको हत्या गरिएको दाबी गर्दै विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको हो । 

विप्लव समूहका सर्लाही जिल्ला इचार्ज कुमार पौडेल असार ५ गते मारिएका थिए । प्रहरीले पौडेल मुठभेडमा मारिएको दाबी गर्दै आएको छ । 

यसैबीच राजधानी भएर बाहिरिने सवारी सधान पनि आज कम चलेको बताइएको छ । तर बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना भएको जानकारी छैन । 

प्रहरीले विप्लवको बन्दका क्रममा हुन सक्ने ध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा गर्न देशभरको सुरक्षा व्यवस्था चुस्त बनाइएको जनाएको छ। 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस