पदावधि बढाउन अनौठो आदेश, यसरी जागिर खाइरहेका छन् यी निर्देशकले

असार १०, २०७६

काठमाडौं–सर्वोच्च अदालतले जारी गरेको अनौठो अन्तरिम आदेशका कारण गतवर्ष नै अवकास हुनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन् । 
निर्देशक भीष्म उप्रेतीको निवेदनमाथि अन्तरिम आदेश जारी भएको तर सर्वोच्चले मुद्दाको सुनुवाई नगर्दा उनको अवकास अवधि असीमित समयसम्म लम्बिइरहेको छ । 
उनी २०७४ जेठ ३ गते नै असकास हुनुपर्ने हो । अन्तरिम आदेश दिने तर मुद्दाको सुनुवाई नगरेकाले सर्वोच्च अदालत र उनीबीच मिलेमतो रहेको बुझाइ राष्ट्रबैंकका अधिकारीहरुको छ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ।  
 


ADVERTISEMENT

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस