तीन तल्लामाथिबाट खसे एक व्यक्ति, मरे अर्का वृद्ध

असार १०, २०७६

काठमाडौं – भारतको दिल्लीस्थित ललिता कोलोनीमा मृत्युको अनौठो घटना भएको छ । 

घरको तेस्रो तल्लाबाट खसेका एक व्यक्तिको त ज्यान बच्यो तर ६० वर्षीय एक वृद्धको मृत्यु भयो । 


ADVERTISEMENT

६० वर्षीय मदनलाल घरबाहिर रिक्सामा सुतिरहेका थिए । तीन तल्लामाथिबाट ९० किलोग्रामका रविन्दर खसे र मदनलालमाथि बज्रिए । 

रविन्दरले थिचेपछि मदनलालको ज्यान गयो र रविन्दर आफू भने बाँचे । तेस्रो तल्लाबाट खस्दा पनि रविन्दरलाई ठूलो चोट लागेन । सानोतिनो फ्य्राक्चर र दर्फरिने मात्र भयो । 

प्रहरीलाई घटनाको बारेमा रविन्दरले बताए, ‘म आफ्नो घरको टेरेसको रेलिङमा बसेर फोनमा कुरा गरिरहेको थिएँ । अचानक सन्तुलन बिग्रियो । अनि म सीधै रिक्सामा सुतिरहेका मनदलालमाथि खसें ।’

मदनलालको पोस्टमोर्टम रिपोर्टअनुसार, आन्तरिक चोटका कारण उनको मृत्यु भएको हो । 

दुर्घटना हुनुभन्दा केही समयअघि मात्र मदनलाल नातिनीसँग घरबाहिर घुम्न निस्केका थिए । केही बेर खेलेपछि नातिनी राति साढे १० बजे सुत्न गइन् । मदनलाल चाहिँ रिक्सामा सुते । त्यही बेलामा रविन्दर उनीमाथि बज्रिन आइपुगे । 

स्थानीयहरूले तत्कालै मदनलाल र रविन्दरलाई अस्पताल लगे । त्यहाँ उपचार नहुने भउपछि मदनलाललाई रोहतकको एक अस्पतालमा लगियो । त्यहाँ नै उनको मृत्यु भयो । 

उत्तर दिल्लीका डीसीपी नूपुर प्रसादले सीआरपीसीको दफा १७४ अन्तर्गत मुद्दा दर्ता गरिएको र अनुसन्धान चलिरहेको जानकारी दिए ।

एजेन्सी
 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस