पाकिस्तानमा लाइभ शो चल्दै गर्दा नेताले धकेले पत्रकार (भिडियो)

असार १०, २०७६

काठमाडौं – पाकिस्तानको एक न्युज च्यानलमा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का एक नेताले प्यानलमा रहेका एक वरिष्ठ पत्रकारलाई धकेलेका छन् । 

लाइभ शो चलिरहँदा यो घटना भएको हो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 


ADVERTISEMENT

के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो चलिरहेको थियो । प्यानलमा पीटीआईका मसरूर अली सियाल र कराची प्रेस क्लबका प्रमुख इम्तियाज खान थिए । 

यी दुवैजनाबीच बहस भयो र हेर्दाहेर्दै त्यो मल्लयुद्धमा परिणत भयो । पीटीआई नेता सीटबाट उठे र पत्रकारलाई धकेलेर भुइँमा लडाए । शोमा आएका अन्य पाहुना र कर्मचारीले उनीहरूलाई छुट्ट्याए । 

घटनापछि पीटीआईको आलोचना भइरहेको छ । 

पाकिस्तानी पत्रकार नायला इनायतले टीभी शोमा भएको मल्लयुद्धको भिडियो ट्विटरमा शेयर गरेर नयाँ पाकिस्तान यही हो भनी व्यंग्य गरेकी छन् । 

एजेन्सी
 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार