महिलाहरूले भजन कीर्तन गरेरै बन्द गराए रक्सीको व्यापार !

असार १०, २०७६

काठमाडौं – भारतको नयाा दिल्लीमा पुरुषहरूलाई रक्स्याहा हुनबाट रोक्नका लागि महिलाहरूले आफ्नो इलाकामा अवैध रक्सी माफियाको घरबाहिर भजन कीर्तन शुरू गरेका छन् । 

भजन कीर्तनका कारण माफियाको धन्धा चौपट भएको छ । रक्सीको बिक्री घटेको छ । घरका महिलालाई रक्सी माफियाको घरबाहिर देखेपछि लती पुरुषहरू पनि त्यता जान छोडे । त्यस्ता लतीहरू धेरैजसो नौजवान थिए । 


ADVERTISEMENT

अवैध रक्सीविरुद्धको अभियान द्वारका जिल्लाको विशु विहारमा चलाइएको हा् । त्यहाँ ६ जना मानिसले अवैध रक्सी बेच्ने गर्थे । तिनमा दुई महिला पनि थिए । 

प्रहरीले निकै दबाब दिँदा पनि माफियाले लुकीछिपी रक्सी बेचिरहेका थिए । तर महिलाहरूको भजन कीर्तन अभियानले माफियालाई झड्का लागेको छ । 

द्वारकाको विशु विहारमा १५ देखि २० महिलाहरूको समूह दिनदिनै रक्सी माफियाको घरअगाडि भजन कीर्तन गर्छ । त्यसैले रक्सी किन्नेहरू त्यहाँ जाँदैनन् र माफियाको धन्धा चौपट भएको छ । 

यो कदमलाई प्रहरीले पूर्ण समर्थन गरेको छ र यो प्रयोग अन्यत्र पनि गरिने भएको छ । 

एजेन्सी


 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार