सुखीपुरमा नगरसभा स्थगित गर्न माग

असार १०, २०७६

सिरहा – आफूहरूसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित ५ वडाध्यक्षले नगरसभा स्थगनको माग गरेका छन् ।

नगर प्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

उपप्रमुख साहले आव ०७४/०७५ र ०७५/०७६ को हरहिसाब पटक–पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगर प्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गरिन् । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ । 

चरेससहित २ जना पक्राउ

प्रहरीले लागूऔषध चरेससहित सिरहाको धनगढीमाई नगरपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी विशेष टोलीले धनगढीमाई नगरपालिका–१० बाट चरेससहित धनगढीमाई नगरपालिका–११ निवासी रामभगत महतो र सोही नगरपालिका–१२ निवासी रामेश्वर महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट १७ प्याकेटमा राखेको करीब साढे ८ किलो चरेस बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार