×

NMB BANK
NIC ASIA

सरकारले फिर्ता लियो गुठी विधेयक, विवाद मच्चाउन खोजिएको मन्त्रीको दाबी

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चौतर्फी विवादमा परेको गुठी विधेयक सरकारले फिर्ता लिएको छ ।

Muktinath Bank

राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधेयक फिर्ता लिँदै मन्त्री अर्यालले संविधान अनुसार नै विधेयक आएकोमा अहिले निकै विवाद मच्चाउने कोसिस भएकाले सरकार विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन् । उनले धर्म परम्परा मास्नको लागि नभइ सनातनदेखि सञ्चालनमा आएका परम्परा नमासिने गरी विधेयक प्रस्ताव आएको दाबी गरिन् ।


Advertisment
Nabil box
Kumari

कुनै पनि विधेयक पेश हुँदैमा हुबहुँ पारित भएको छैन, परिमार्जनको लागि संसदको दुवै सदनमा संशोधन हालेर निष्कर्ष निकाल्ने सम्भावना हुँदाहुँदै विरोध गरिएका कारण फिर्ता लिनुपरेको मन्त्री अर्यालले दाबी गरिन् । 

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्रीज्यूले छलफल प्रारम्भ गर्नुभयो तर भएन, मन्त्रालयले विज्ञप्ति जारी गर्‍यो, छलफलबाट नमिलेका कुरा मिलाउने तथा अस्पष्ट रहेको कुरा स्पष्ट गर्न आह्वान गर्‍यौं तर समाधान गर्नेतर्फ भन्दा पनि इगो बनाउनेतिर गयो । त्यसपछि जनताको भावना कदर गरेर विधेयक फिर्ता गर्ने निष्कर्षमा पुग्यौं,’ मन्त्री अर्यालले भनिन् ।

गुठी विधेयको विरोधमा आन्दोलन उठेपछि असार ३ गते पत्रकार सम्मेलनमार्फत मन्त्री अर्यालले विधेयक फिर्ताको घोषणा गरेकी थिइन् । संसदमा विचाराधीन विधेयक पत्रकार सम्मेलनमार्फत फिर्ता लिएको भन्दै कांग्रेसले सदनमा विरोध गरेको थियो । 

सरकारले गएको जेठ ६ गते राष्ट्रिय सभामा विधेयक पेश गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x