मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडौं – विश्व सेतो दुबी दिवसको अवसरमा मंगलवार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सेतो दुबीका बारेमा समाजमा रहेका अविश्वासहरूलाई चिर्नका लागि क्युटिज केयर नामक संस्थाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा छाला रोग विशेषज्ञ डा. धमेन्द्र कर्णले दुबी रोग के हो, यसको कसरी उपचार गर्न सकिन्छ ? भन्ने विषयमा प्रस्तुती दिएका दिए ।
‘सेतो दुबी रोग होइन । विज्ञानले यसलाई रोगको रूपमा लिएको छैन । हाम्रो देशसहित एसियामा यसलाई नराम्रो रूपमा लिइए पनि पश्चिमा देशहरूमा यसलाई सामान्य रूपमा नै लिइन्छ,’ डा. कर्णले भने ।
मानिसको शरीरमा कुनै न कुनै किसिमको रंग हुन्छ । आमाको पेटमा विकास हुँदा एक किसिमको कोष बन्छ, जसलाई विज्ञानको भाषामा ‘मेलानोसाइट’ भनिन्छ । उक्त कोषले मेलालिन नामको केमिकल बनाउँछ ।
यसले पूरै शरीरमा रंग भर्ने काम गर्दछ । यसरी मेलालिन उत्पादन नभएको ठाउँमा कुनै रंग नआएर सेतो देखिने हुन्छ । त्यसलाई नै सेतो दुबी भन्ने गरिएको चिकित्सकहरू बताउँछन् ।
के हो सेतो दुबी ?
यो छालमा हुने एक प्रकारको समस्या हो । शरीरमा छालालाई रङ दिने कोषहरूको कमी भएर यो समस्या देखा पर्ने गर्छ । हरेक मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ ।
त्यो क्षमता कहिले काहीँ बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्ने गर्छ र छालालाई रङ दिने कोषहरूलाई नष्ट पार्छ । सेतो दुबी जुनसुकै उमेर समूहका मानिसहरूमा पनि देखा पर्छ ।
१० देखि २० र ४० देखि ५० का मानिसहरूमा बढी देखा पर्छ । यो दुख्ने पोल्ने केही पनि नहुने हुनाले विज्ञानले यसलाई रोगको रूपमा लिएको छैन ।
कुन अंगमा देखा पर्छ ?
सेतो दुबी प्रायः जसो शरीरको चलिरहने अङ्गमा देखा पर्छ । जस्तै आँखा, ओठ, कम्मर, कुइनो, घुँडा आदि । यो अरूलाई सर्दैन, तर आफ्नै शरीरका अन्य ठाउँमा भने फैलन सक्छ ।
के छ उपचार ?
सेतो दुबी दुई प्रकारले उपचार गर्न सकिन्छ । एउटा खाने लगाउने र घाममा सेकाउने हुन्छ भने अर्को मेसिनमा सेक्ने जसलाई फोटो थेरापी भनिन्छ । यो प्रविधि सुरक्षित हुन्छ । गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...