×

NMB BANK
NIC ASIA

जनताका प्रतिनिधिमाथि लोकान्तर निगरानी : भाग – १

एक दिन हाजिर गरेर महिनाभरीको तलब भत्ता लिन्छन् शीर्ष नेता, केही सांसदको पद नै धरापमा !

काठमाडाैं | असार १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेताले जनप्रतिनिधिमूलक संस्था संसद्लाई हदैसम्मको उपेक्षा गर्ने गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसद्‍मा रहेका प्रमुख दलका शीर्ष नेताको संसद्‍मा उपस्थिति पातलिँदै गएको छ । विना जानकारी बैठकमा अनुपस्थित हुने सांसदहरूले संसद् अधिवेशनको अन्तिममा हाजिरी स्वीकृत गराउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद्‍मा उपस्थित नभए पनि उनीहरूले महिनाभरीको तलब बुझ्छन् भने संसद्‍मा हाजिर भएपछि उनीहरूले ट्याक्सी भाडा स्वरूप भत्ता पाउँछन् । 


Advertisment
Nabil box
Kumari

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि सोही वर्षको फागुन २१ गते संसद्को अधिवेशन शुरू भएको थियो । प्रतिनिधि सभाको पहिलो अधिवेशन २०७४ फागुन २१ गते शुरू भई चैत २० गते समापन भएको थियो । पहिलो अधिवेशनमा ९ दिनमा ११ वटा बैठक बसेका थिए । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभाको दोस्रो अधिवेशन २०७५ वैशाख २३ गते शुरू भई असोज ११  गते समापन भएको थियो । यस्तै तेस्रो अधिवेशन पुस ११ गते शुरू भएर चैत्र १० गते समापन भएको थियो ।

दोस्रो अधिवेशनमा ७२ र तेस्रो अधिवेशनमा ३२ बैठक बसेका थिए । २०७६ वैशाख १ गतेदेखि चौथो अधिवेशन चलिरहेको छ । असार १० गतेसम्म यो अधिवेशनमा ३४ बैठक बसेका छन् । 

संसद्को पहिलो अधिवेशन निकै छोटो समय चलेको र चौथो अधिवेशन जारी रहेकाले दोस्रो र तेस्रो अधिवेशनमा सांसदहरूको उपस्थितिलाई हामीले यहाँ विभिन्न कोणबाट विश्लेषण गर्ने कोशिश गरेका छौं ।

शीर्ष नेतामा सबैभन्दा कम उपस्थित देउवा

संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको संसद्को दोस्रो र तेस्रो अधिवेशनको हाजिरी विवरणमा शीर्ष नेतामध्ये सबैभन्दा कम उपस्थित हुनेमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पर्छन् । 
दोस्रो र तेस्रो अधिवेशनमा गरी जम्मा १०४ दिन बैठक बसेकोमा देउवा जम्मा १६ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।

देउवाले दोस्रो अधिवेशनमा जेठ १५ देखि असार ११ सम्म १५ बैठक तथा असार १२ देखि असार ३२ सम्म १७ वटा बैठकमा अनुपस्थितिको सूचना दिएका थिए ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ मा अस्वस्थता, औषधोपचार, जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी कारण तथा पार्टीको  कामले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित भएमा सभामुखलाई लिखित जानकारी गराउनु पर्ने व्यवस्था छ । देउवाले तेस्रो अधिवेशनमा पुस १३ देखि माघ ८ सम्म १० वटा बैठकको बिदा स्वीकृत गराएको संसद्को रेकर्डमा उल्लेख छ । 

प्रतिनिधि सभाका २ सय ७५ सदस्यमध्ये सबैभन्दा कम उपस्थित हुने सांसद समाजवादी पार्टी (साविक संघीय समाजवादी फोरम) का सूर्यनारायण यादव हुन् । कम उपस्थित हुने सांसदको सूचीमा दोस्रो अभिषेकप्रताप साह र तेस्रोमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा छन् ।

प्रतिपक्षी दलका नेताको हैसियतमा देउवाले सचिवालयबाट गाडी र इन्धन सुविधा लिइरहेका छन् । 

ओलीको उपस्थिति पनि कम, तर देउवा र प्रचण्डभन्दा बढी 

सत्तारुढ दल नेकपाको संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद्का बैठकमा कम उपस्थित हुने गरेका छन् । प्रतिनिधि सभाको दोस्रो र तेस्रो अधिवेशनका १ सय ४ बैठकमध्ये ओली २५ वटा बैठकमा उपस्थित भएका छन्, जबकि देउवा १६ र प्रचण्ड २४ वटा बैठकमा उपस्थित भएको देखिन्छ ।

२०७५ असोज महिनामा ओली एकपटक पनि संसद्‍मा उपस्थित नभएको संसद् सचिवालयको हाजिरीले देखाएको छ । उनी साउन, माघ, फागुन र चैत्र महिनामा एक–एक दिन उपस्थित भए । असार महिनामा ६, जेठमा ५, पुसमा ४ तथा वैशाख र भदौ महिनामा तीन–तीनवटा बैठकमा ओली उपस्थित भएका छन् । 

यसपटक (चौथौ अधिवेशन)मा असार १० गते प्रतिनिधि सभामा विनियोजन विधेयक माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन समेत ओली संसद्को बैठकमा उपस्थित भएनन् । 

देउवापछि कम उपस्थित हुने शीर्ष नेतामा प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् बैठकमा कम उपस्थित हुने सांसदमा पर्छन् । संसद्का दुईवटा अधिवेशनमा प्रचण्ड २४ दिनको बैठकमा उपस्थित भएका छन् । २०७५ सालको असोज र चैत महिनामा प्रचण्ड एकदिन पनि संसद्को बैठकमा उपस्थित भएनन् । 

प्रचण्डले पनि नियमावली २१० बमोजिम २०७५ असार ३ देखि ३२ गतेसम्म २१ वटा बैठकको बिदा स्वीकृत गराएका छन् । 

पूर्व प्रधानमन्त्रीहरूमा झलनाथ अगाडि, देउवा अन्तिममा

चारजना पूर्वप्रधानमन्त्री संसद्‍मा सदस्य छन् । तीमध्ये नेकपाका वरिष्ठ नेता झलनाथ खनाल सबैभन्दा धेरै बैठकमा उपस्थित भएका छन्, सबैभन्दा कम उपस्थित हुने पूर्व प्रधानमन्त्री भने देउवा हुन् ।

झलनाथ संसद्का ७८ दिनको बैठकमा उपस्थित भएका छन् भने नेकपाकै माधवकुमार नेपाल ७६ बैठकमा उपस्थित भएका छन् । समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ६३ वटा बैठकमा उपस्थित भएका छन् । 

संसद्को तेस्रो अधिवेशन चलिरहेको समयमा बाबुराम भट्टराईले पूर्व–पश्चिम यात्राका शिलशिलामा माघ १० देखि फागुन १७ गतेसम्म १० वटा बैठकमा अनुपस्थितिका लागि बिदा स्वीकृत गराएका छन् । 

संसद्लाई मन्त्रीहरूको चरम उपेक्षा 

सरकारका मन्त्रीहरूले संसद्लाई उपेक्षा गर्ने गरेको आरोप प्रतिपक्षी दलले लगाउने गरेको छ । संसद्प्रति उत्तरदायी हुनुपर्ने मन्त्रीहरूको उपस्थिति पनि संसद्‍मा न्यून देखिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल ६७ बैठकमा उपस्थित भएका छन् । अर्का उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव मात्र २१ बैठकमा उपस्थित भएका छन् ।

शिक्षा मन्त्री गिरिराजमणि ५२, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट २२ तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा ३७ बैठकमा उपस्थित भएका संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ३८, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा ४२, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल ६९ बैठकमा मात्र उपस्थित छन् । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ५७, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन ४७, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर ३२ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव ४६ वटा बैठकमा उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई ३१ बैठकमा उपस्थित छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ४३ बैठकमा उपस्थित छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ६९ र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत ३१ बैठकमा उपस्थित छन् । न्याय, कानून तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल ९० बैठकमा उपस्थित छन् ।

पूर्व-सभामुखको उपस्थिति कस्तो ?

२०७५ सालमा बसेका प्रतिनिधि सभाका १ सय ४ बैठकमध्ये पूर्व सभामुख ओनसरी घर्ती ६७ बैठकमा उपस्थित भएकी छिन् । पूर्व सभामुख समेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ भने ९७ वटा बैठकमा उपस्थित भएका छन् । 

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार ६४ वटा बैठकमा उपस्थित भएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ५२ वटा बैठकमा उपस्थित भएका छन् भने कोषाध्यक्ष सीतादेवी यादव ७७ वटा बैठकमा उपस्थित भएकी छिन् । कांग्रेस नेत्री सुजाता कोइराला ५४ बैठकमा उपस्थित भएकी छिन् ।

उपेन्द्रभन्दा महन्थ तीन गुणा बढी उपस्थित 

संघीय समाजवादी फोरमका संसदीय दलका नेता एवं उपप्रधानमन्त्री उपेन्द्र यादव पनि संसद्‍मा न्यून उपस्थित हुने सांसद हुन् । यादव २१ वटा बैठकमा उपस्थित भएका छन् । 

राजपा संसदीय दलका नेता महन्थ ठाकुर भने ७३ बैठकमा उपस्थित भएका छन् । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो ७५ वटा बैठकमा उपस्थित भएका छन् । 

युवा नेताहरूको औसत उपस्थिति

जनतामाझ राम्रो छवि बनाएका चर्चित युवा नेताहरूको पनि संसद्का बैठकमा औसत उपस्थिति देखिएको छ । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा १ सय ४ मध्ये ६० बैठकमा उपस्थित भएका छन् । 

नेकपाका युवा नेता योगेश भट्टराई ९२ वटा बैठकमा उपस्थित भएका छन् । नेकपाकी नेत्री नविना लामा ८० वटा बैठकमा उपस्थित भएकी छन् । नेकपाकी रामकुमारी झाँक्री ८२ वटा बैठकमा उपस्थित हुँदा नेकपाकै शेरबहादुर तामाङको उपस्थिति ६२ वटा बैठकमा छ ।

१६ सांसद १०० भन्दा बढी बैठकमा उपस्थित

२०७५ सालमा चलेका संसद्का दुईवटा अधिवेशनमा बैठक चलेका १ सय ४ दिनमध्ये सयभन्दा बढी दिन उपस्थित हुनेमा सभामुख सहित १६ जना छन् ।

सभामुख बैठक सञ्चालन भएका सबै दिन उपस्थित हुँदा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे ९४ दिनको बैठकमा उपस्थित भएकी छन् । 

कृष्णलाल महर्जन, मायादेवी न्यौपाने र राजबहादुर बुढा क्षेत्री १ सय २ बैठकमा उपस्थित भएका छन् । कालुदेवी विश्वकर्मा, खेमप्रसाद लोहनी, देवप्रसाद गुरुङ र नन्दलाल रोका क्षेत्री १ सय १ वटा बैठकमा उपस्थित छन् ।

दिव्यमणि राजभण्डारी, ध्रुवकुमार शाही, नवराज सिलवाल, विजय सुब्बा, रंगमति शाही, विनाकुमारी श्रेष्ठ र सानु शिवा सयवटा बैठकमा उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

कोही उपस्थित हुन पाएनन्, कसैले पाएर पनि चाहेनन् !

प्रतिनिधि सभाका २ सय ७५ सांसदमध्ये जेलमा रहेका राजपाका रेशम चौधरी संसद्को एउटै बैठकमा उपस्थित भएका छैनन् ।

फोरमका सूर्यनारायण यादव ‘सुरज’ सबभन्दा कम ११ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

कांग्रेसका अभिषेक प्रताप साह संसद्‍मा कम उपस्थित हुनेमा दोस्रो नम्बरमा पर्छन् । १ सय ४ बैठकमध्ये उनी जम्मा १३ बैठकमा उपस्थित भएका छन् ।

१७ वटा बैठक बसेको असार महिनामा उनी एकदिन पनि उपस्थित भएका छैनन् । ५ वटा बैठक बसेको असोज र १२ वटा बैठक बसेको फागुनमा पनि उनको उपस्थिति शून्य छ ।

कांग्रेसभन्दा नेकपा प्रमुख सचेतकको उपस्थिति बाक्लो

सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ अधिकांश बैठकमा उपस्थित भएका छन् । उनी १ सय १ बैठकमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण भने ८३ वटा बैठकमा उपस्थित भएको देखिन्छ ।

नेकपाकी सचेतक शान्ता चौधरी ८९ वटा बैठकमा उपस्थित भएकी छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम ९२ बैठकमा उपस्थित भएकी छिन् । एसईई परीक्षा दिनु परेका कारण नेकपा सचेतक चौधरी चैत महिनाका बैठकमा उपस्थित भएकी छैनन् । 

हेर्नुहोस्, सांसदहरूको हाजिरी विवरण :

(लगातार १० बैठकमा अनुपस्थित केही सांसदको पद नै धरापमा पर्ने देखिन्छ । ती सांसद्हरूबारेको समाचार हामी अर्को अंकमा प्रकाशित गर्नेछौं ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x