×

NMB BANK
NIC ASIA

एसईई 'सेलेब्रिटी' माननीय : कार्यकक्षमै बाल क्लबको गुलाफ उपहार अनि प्रधानमन्त्रीको फोन

करिश्मालाई फोन गरेर भनिन्- 'मलाई जितिहाल्नुभयो'

असार १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –शुक्रवार नेकपा संसदीय दलको कार्यालयमा रहेको सचेतकको कार्यकक्षमा अरू दिनभन्दा बेग्लै चहलपहल थियो । बधाई साटासाट र मिठाइ बाँड्ने काम चलिरहेको थियो ।

Muktinath Bank

यसवर्षको एसईईमा सर्वाधिक चर्चामा रहेकी परीक्षार्थी शान्ता चौधरीलाई बधाई दिनेको भीड थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै एक निजी कलेजले पढ्नका लागि आह्वान गर्दै गरेको फोन राख्न नपाउँदै चारजना किशोर/किशोरी गुलाफको फूल लिएर बधाई दिन आए ।


Advertisment
Nabil box
Kumari

काठमाडौं जिल्ला बाल क्लब समन्वय समितिका किशोर/किशोरी शान्तालाई बधाई दिन आएका थिए । 

Vianet communication
Laxmi Bank

‘आज मलाई विद्यार्थी र बाल्यकालको झल्को आयो,’ छोरीसँगै एसईई उत्तीर्ण गरेकी शान्ताले आफ्नो कार्यकक्षमा रहेका सांसद, पत्रकार र विद्यार्थीमाझ भनिन् । उसो त हिजो अपराह्नदेखि उनी फोनमा बधाई थाप्नमै व्यस्त छिन् ।

‘जिन्दगीमा यति धेरै बधाई आएको थिएन, राति ११ बजेसम्म फोनमा बधाई आइरह्यो, यसलाई प्रेरणाको रूपमा लिएकी छु,’ शान्ताले लोकान्तरसँग भनिन्, ‘यो हौसलालाई सार्थकतामा रूपान्तरण गर्ने चुनौती पनि छ ।’

व्यक्तिगत कामले पोखरा गएकी शान्ता बिहीवार काठमाडौं फर्किंदै गर्दा छोराले रिजल्ट सुनाएका थिए । त्यसपछि उनलाई तारन्तार फोन आउन थाल्यो । ‘मोबाइलमा बोल्दाबोल्दा थकाइ नै लाग्यो,’ उनले सुनाइन् । 

प्रधानमन्त्रीदेखि रवीन्द्र मिश्रसम्मको फोन

अर्काको घरमा काम गर्न बस्ने कमलरी पृष्ठभूमिबाट भूमि अधिकारको अभियान्ता हुँदै राजनीतिमा आएकी शान्ता चौधरी छोरीसँगै एसईई परीक्षामा सामेल भएकी थिइन् ।

उनले औपचारिक कक्षा लिन शुरू गर्दा नै बधाई पाएकी थिइन् ।

यसपटक एसईई परीक्षामा चर्चाको केन्द्रमा थिए, शान्ता चौधरी र करिश्मा मानन्धर । 

एसईईको नतिजा आएपछि शान्तालाई प्रधामनन्त्रीदेखि मन्त्री र अन्य राजनीतिक दलका नेताहरूले फोन गरेर बधाई दिए ।

‘बधाई छ, राम्रो गर्नुभयो । तपाईंको अझ प्रगति देख्न चाहन्छु,’ ओलीले फोनमा भनेको शान्ताले सुनाइन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पद्मा अर्याल तथा नेता सुवास नेम्वाङ लगायतले फोन गरेर शान्तालाई बधाई दिए । 

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि शान्तालाई बधाई दिए । ‘तपाईंको साहस र हिम्मतलाई सलाम गर्छु,’ रवीन्द्रले भनेको शान्तले जानकारी दिइन् ।

प्रतिनिधि सभाको बैठकमै पनि उनले बधाई पाइन् ।

‘यसै प्रतिनिधि सभाका माननीय शान्ता चौधरी र नेपालकी स्थापित नायिका करिश्मा मानन्धरले पनि राम्रो अंकसहित एसईईमा उत्तीर्ण हुनुभएकोमा बधाई दिन चाहन्छु,’ शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा नेकपाका सांसद विशाल भट्टराईले भने ।

भट्टराईले शान्तालाई बधाई दिँदा नेकपा सांसदहरूले टेबल ठटाएर समर्थन गरे ।

शान्ता र करश्माको एसईई सहभागिता पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पनि थियो ।

‘माननीय शान्ताजीले यो उमेरमा पढ्मा देखाएको रुचि साक्षरताका लागि राज्यले गरेको अर्बौं लगानीभन्दा पनि ठूलो सन्देश हो,’ संसदीय दलमा भेटिएका एक सांसदले भने ।

कानून पढ्ने कि राजनीतिशास्त्र दोधार !

एसईईमा २ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण शान्ताका लागि काठमाडौंका नाम चलेका प्लसटूहरूले निःशुल्क पढ्न अफर गरेका छन् । शान्ता भने दोधारमा छिन् ।

निःशुल्क पढ्नका लागि आह्वान गरेका कलेजमा उनले पढ्ने विषय छैनन् । ‘मेरो रुचि कानून पढ्ने छ, त्यो नभए राजनीतिशास्त्र पढ्छु,’ शान्ताले भनिन् ।

संसद्को काम, घरपरिवार र राजनीतिलाई संगसंगै लैजानुपर्ने भएकोले उनले बिहान या बेलुका मात्र क्लास लिन पाउँछिन् । सजिलो विषय रोज्न सुभेक्षुकहरूले सुझाएको उनले बताइन् ।

करिश्मासँग बधाई साटासाट

एसईईकी अर्की सेलेब्रिटी करिश्मा मानन्धरलाई फोन गरेर शान्ताले बधाई साटासाट गरिन् ।

‘बधाई साटासाट गर्‍यौं, मलाई जितिहाल्नुभयो भनेँ,’ शान्ताले भनिन् । आमासँगै एसईई उत्तीर्ण गरेकी शान्ताकी छोरी बिनु भने नर्सिङ पढ्ने सोचाइमा छिन् । 

‘मम्मीको भन्दा मेरो नम्बर धेरै आओस् भनेर छोरी प्राथना गरेर बसेकी थिई । मेरोभन्दा तपाईंको धेरै आयो भने चिट चोरेर नम्बर धेरै आएछ भन्छन् भन्दै थिई, मेरो भन्दा उसको धेरै नै आएछ,’ शान्ताले खुशी व्यक्त गरिन् ।

सोचेजस्तो ग्रेड नआएको उनको गुनासो छ । ‘हात दुख्ने गरी लेखेकी थिएँ, तर सोचेजस्तो रिजल्ट आएनछ,’ शान्ताले भनिन् । 

संसद्‍मा पनि बधाई पाएपछि शान्ताले त्यहीँबाट धन्यवाद ज्ञापन गरिन् । साथै उनले आफूसँगै एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई बधाई पनि दिइन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकको शून्य समयमा शान्ताले भनिन्, ‘पास हुने सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिन चाहन्छु, र थोरै नम्बर पाएका विद्यार्थी भाइबहिनी निराश नहुनुस्, मेहनत गरे अवश्य सफल हुनुहुनेछ भन्न चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x