×

NMB BANK
NIC ASIA

पढ्दापढ्दै मायापिर्ती : बालविवाह भयावह, रोक्न खोज्दा ‘आत्महत्या गर्ने’ धम्की

असार १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – कानून अनुसार नेपालमा २० वर्षअघि बिहे गर्न पाइँदैन । कानूनमा कडा प्रावधान भएपनि बालविवाह गर्न प्रवृत्ति रोकिएको पनि छैन ।

Muktinath Bank

कानून अनुसार बालविवाह गर्ने/गराउने सबैलाई दण्ड र कैदको प्रावधान राखिएको छ तर धनुषामा उमेर नै नपुगेका किशोरकिशोरी विद्यालय पढ्दापढ्दै भागेर बिहे गर्ने प्रवृति बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहे गर्ने उमेर २० वर्ष भएपनि १४ वर्षीयसम्मका किशोरकिशोरीले आमाबुवालाई थाहै नदिई कलिलो उमेरमै केटासँग भागी बिहे गर्ने र बेपत्ता हुने डरलाग्दो प्रवृति देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बाल विकास सेवा केन्द्रमा बालविवाहको मुद्दा नआएको कुनै दिन हुँदैन । 


Advertisment
Nabil box
Kumari

प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक गीता कार्कीले दैनिक ३–४ वटासम्म उजुरी आउने गरेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ को जेठ महिनासम्म जिल्ला प्रहरी कार्यालय धनुषामा किशोरकिशोरी भाग्ने शीर्षकमा १ सय ५ वटा उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि छानबिन गर्दै प्रहरीले भागेका किशोरकिशोरीमध्ये ३७ वटा मुद्दाका किशोरकिशोरीलाई फेला पारेर सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ । 

Vianet communication
Laxmi Bank

धनुषा प्रहरीले ७ वटा उजुरी धनुषा जिल्ला अदालतमा दर्ता गराएको छ । अदालतमा मुद्दा पठाउँदा किशोरीका बुवाले आफ्नी छोरीलाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै मुद्दा नै दर्ता गर्छन् । उजुरी परेकामध्ये ६१ वटा उजुरीमा प्रहरीले कुनै छानबिन नै गर्न सकेको छैन । बिहे गरेर भागेका भनिएका किशोरकिशोरीलाई प्रहरीले पत्ता नै लगाउन सकेको छैन ।

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय धनुषामा किशोरकिशोरी भाग्ने शीर्षकमा ९१ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये प्रहरीले ४ वटा उजुरी उपर सुनुवाइ गर्दै मातहत पठाएको थियो भने १९ वटा उजुरीमा मिलापत्र समेत गराएको थियो । एउटा उजुरी धनुषा जिल्ला अदालतमा मुद्दा बनाएर दर्ता गरिएको छ । उजुरीमध्ये ६७ वटा उजुरीमा प्रहरीले कुनै छानबिन नै गर्न सकेको छैन ।

महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज समेत रहेका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीका अनुसार कलिलै उमेरमा भाग्नेहरू अधिकांश विद्यालय नै पढिरहेका किशोरकिशोरी हुने गरेका छन् ।

सामुदायिक विद्यालयदेखि संस्थागत (निजी) स्कूलमा पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने केटाकेटीले भागेर विवाह गर्ने गरेका छन् । मोबाइल चलाउँदा सामाजिक सञ्जालमा प्रेममा पर्ने, पढ्दा कक्षामै प्रेमजालमा परेर अपरिपक्व उमेरमा लक्ष्य नै थाहा नभएर पनि भाग्ने गरेका छन् । वैदेशिक रोजगारीमा रहेका पुरुषका पत्नी बालबच्चा समेतलाई छाडेर अन्य पुरुषसँग भागेका उजुरी पनि आउने गरेका सई चौधरीले बताए । 

केटी भागेको अवस्थामा केटीका आमाबुवाले उजुरी लिएर आउने गरेका छन् तर बालविवाहमा केटा पक्षले भने खासै उजुरी दिने गरेका छैनन् । वैदेशिक रोजगारीमा रहेको व्यक्तिका पत्नी भागेको अवस्थामा विदेशबाट फर्किएर पतिले उजुरी दर्ता गराउने गरेका छन् । उजुरी दिँदा किटानसहित फलानो केटा वा पुरुषले आफ्नो छोरी वा पत्नीलाई अपहरण गरेर लागेको भन्दै उजुरी दर्ता गर्ने गरिएको छ । उजुरी दर्ता भएपनि कतिपय घटनामा प्रहरीले खोजतलास गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार बालविवाहका घटनामा कतिपय जोडीलाई खोजेर अभिभावकको जिम्मा लगाइएको छ तर कतिपय किशोरकिशोरी भारतमा गएर लुकीछिपी बस्ने गरेका कारण पत्ता लगाउन समस्या हुने गरेको छ ।

‘बालविवाह एकअर्काबीच आकर्षणले हुन्छ । कतिपय पढ्दापढ्दै भाग्ने फेशनजस्तै पनि भएको छ,’ उनले भने, ‘अहिले केटाकेटीको हातहातमा मोबाइल र इन्टरनेटसम्मको पहुँच भएको छ, जसकारण सामाजिक सञ्जालमा कुराकानी गर्दै प्रेममा परेर भाग्ने गरेका अधिकांश घटनाको अनुसन्धानबाट खुल्ने गरेको छ ।’

कतिपय घटनामा प्रहरीले खोजतलास गरेर फर्काएर ल्याई अभिभावकको जिम्मा लगाउँदा फेरि ३/३ पटकसम्म भाग्ने गरेका उदाहरण पनि रहेका सई कार्कीले बताइन् । ‘कतिपय किशोरी गर्भवति समेत भएको अवस्थामा फर्किने गर्छन् । कोही–कोही आफैं पनि प्रहरीमा आएर उपस्थित हुने गर्छन् । खासमा अभिभावकको लापरवाहीका कारण किशोरकिशोरी भाग्ने गरेका छन्,’ सई कार्कीले भनिन्, ‘अभिभावक आफ्नो काममा मात्र व्यस्त हुने, छोराछोरी के गर्दैछन् भन्ने कुराको सोधीखोजी नगर्ने कारण कम उमेरमा नै केटाकेटी भाग्ने गरेका छन् ।’

प्रहरीले खोजतलास गरेर फिर्ता ल्याई मिलापत्र गरेर अभिभावकको जिम्मा लगाउन खोज्दा भाग्ने छोरीले आमाबुवाका सामुन्ने नै विद्रोह गर्ने गरेको समेत देखिने गरेको प्रहरीको अनुभव छ । ‘प्रहरीकै सामुन्ने यो मेरो श्रीमान हो, बिहे समेत गरिसकें । एकसाथ महिनौं बसिसकें, नभए आत्महत्या नै गर्छु भन्नेसम्मको चेतावनी छोरीले आमाबुवालाई दिने गरेका हुन्छन्,’ सई कार्कीले भनिन्, ‘पछि सम्झाइबुझाई गरेर किशोरीलाई आमाबुवाको जिम्मा लगाउने गरिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x