×

NMB BANK
NIC ASIA

पूर्व मन्त्रीसहित घाइते तथा शहीद परिवारलाई सरकारबाट १२२ भैंसी उपहार !

असार १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई राहतस्वरुप उपहारमा भैंसी वितरण गरेको छ ।

Muktinath Bank

प्रतिभैंसी १ लाख १३ हजार १ सय ७७ रुपैयाँमा प्रदेश सरकारले १ सय २२ परिवारलाई भैंसी वितरण गरिरहेको छ । मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई प्रदेश सरकारले भैंसी वितरण गरिरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६२ /०६३ सालमा भएको मधेश आन्दोलन तथा विभिन्न चरणमा भएका मधेश आन्दोलनका क्रममा भएका शहीद परिवार तथा घाइते परिवारलाई प्रदेश सरकारले राहतस्वरुप दुहुनो भैंसी वितरण गरेको छ तर प्राथमिकतामा भने धेरै शहीद परिवार नै छुटेका छन् ।


Advertisment
Nabil box
Kumari

पहुँचको आधारमा शहीद परिवार तथा घाइतेलाई भैंसी वितरण गरिएको शहीद परिवारले नै आरोप लगाएका छन् । धनुषामा प्रदेश सरकारले २०७२/०७३ को आन्दोलनमा शहीद भएका ३ जना परिवारलाई मात्रै भैंसी वितरण गरिएको पाइएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ का शहीद दिलिपकुमार यादवका बुवा रामनरेश यादव, गोपालपुर–२ का शहीद नितु यादवका बुवा सिरी नारायण यादव र जनकपुरधाम–५ का शहीद सञ्जय चौधरीकी आमा गीतादेवी कलवारनीलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले भैंसी उपलब्ध गराएको छ ।

Vianet communication
Laxmi Bank

प्रथम मधेश आन्दोलनका क्रममा धनुषामा २०६३ माघ १६ गते शहीद भएका राजेशकुमार ठाकुर, २०६३ माघ १९ गते शहीद भएका शिव शंकर यादव भनिने बाबुराम यादव, २०६३ माघ १७ गते शहीद भएका कारी ठाकुर, २०६४ वैशाख १२ गते शहीद भएका ब्रह्मदेव ठाकुरको परिवारलाई भने भैंसी वितरण गरिएको छैन । मधेश आन्दोलनकै क्रममा शहीद भएका जनकपुरका राजाराम झाका परिवारलाई समेत प्रदेश सरकारले बेवास्ता गरेका छन् । 

आवेदन फारम भरेको भएपनि भैंसी नपाएपछि शहीद राजेश ठाकुरकी आमा कुशुम ठाकुर १६ असारमा भूमि व्यवस्था तथा कृषि मन्त्रालयमै पुगेर गुनासो व्यक्त गरेकी थिइन् । ‘मैले जनकपुरको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरको कार्यालयमा ६ दिन धाएर निवेदन समेत दिएको थिएँ,’ शहीद राजेश ठाकुरकी आमा कुशुम ठाकुरले लोकान्तरसँग मन्त्रालयमै भनिन्, ‘तर मलाई प्रदेश सरकारले भैंसी भने दिएको छैन ।’

मन्त्रालयको पशुपन्छी विकास महाशाखा प्रमुख इन्द्रदेव साहले भने पशु विज्ञ केन्द्रबाट उनको नामको सिफारिस नै नआएकाले वितरण नगरिएको बताए । पशु विज्ञ केन्द्रबाट सिफारिस भई आएका शहीद परिवार तथा घाइते परिवारलाई मात्र भैंसी वितरण गरिएको छ ।

कुशुम ठाकुरजस्तै धनुषाका अन्य शहीद परिवारले पनि अनुदानको भैंसी पाउनबाट वन्चित भएका छन् । घाइते परिवारलाई पनि शक्ति र पहुँचकै भरमा मन्त्रालयका मन्त्रीले भैंसी वितरण गरेको घाइतेको आरोप छ । धनुषामा ५ जना घाइतेलाई भैंसी वितरण गरिएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ का रोशनकुमार यादव, जनकपुर उपमहानगर–१ का अरमान दर्जी, सिनुर्जोडा–६ का गणेशकुमार यादव, बसबिट्टी–३ का नागेन्द्र मण्डल र जनकपुर–१५ का सुनिलकुमार दासलाई भैंसी वितरण गरिएको छ । 

२०६२/०६३ सालको मधेश आन्दोलन हुँदा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका धनुषा जिल्ला अध्यक्ष दीपककुमार झा भन्छन्, ‘प्रथम मधेश आन्दोलनमा ३ सय जनाजति घाइते भएका थिए, जसमध्ये १ सय ७५ जना घाइतेको सूची त आफूसँग रहेको अवस्थामा कुन आधारमा भैंसी वितरण गरियो ?’ त्यसबेलाका शहीद परिवारलाई पनि समावेश नगरिएको भन्दै शहीद परिवार तथा घाइतेसँग भेदभाव भएको प्रष्ट देखिएको उनले बताए ।

यति मात्र होइन, सिरहामा पनि वास्तविक शहीद परिवारलाई भैंसी वितरण नगरेर पहुँचको आधारमा भैंसी वितरण गरिएको आरोप छ । नेपाल सरकारका पूर्व मन्त्री तथा हाल वडा सदस्य रहेका इनर्वा–६ निवासी राजलाल यादव र उनका छोरीज्वाईं लहान–३ का रमेशकुमार यादवलाई भैंसी वितरण गरिएको छ । भैंसी वितरण गर्ने बेला पूर्व मन्त्री यादवले आफूले भैंसी छानेरै अडान कसेपछि चिट्ठा लगाएर भैंसी वितरण गर्नुपरेको मन्त्रालयका कर्मचारी इन्द्रदेव साहले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विजय चन्द्र झाका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधिको परीधिमा रहेर नै प्रदेशका ८ वटै जिल्लामा ५८ जना शहीद परिवार तथा ६४ जना घाइते परिवारलाई छनौट गरिएको छ ।

सिरहामा ४ जना, सप्तरीमा १८ जना, धनुषामा ३ जना, महोत्तरीमा ९ जना, सर्लाहीमा ७ जना, रौतहटमा ५ जना, बारामा ५ जना, र पर्सामा ५८ जना शहीद परिवारलाई छनौट गरिएको छ । सिरहामा १४ जना, सप्तरीमा १६ जना, धनुषामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ९ जना, रौतहटमा ४ जना, बारामा ४ जना र पर्सामा १० जना गरी ६४ जना घाइते परिवारलाई छनोट गरिएको छ ।

निवेदन १ सय २८ वटा परेको भएपनि भैंसी वितरण गर्ने संख्या १ सय २२ मात्र रहेकाले आवेदन भरेकामध्ये ६ जनालाई भने भैंसी वितरण गरिएको छैन । गोठ व्यस्थापन, पशु आहारा, उपचार, पशु प्रजनन्, फार्म उपकरण खरिदका लागि पहिलो पटक प्रतिकृषक एकमुष्ठ अनुदान स्वरूप ३० हजार रुपैयाँ बैंक खातामार्फत मन्त्रालयले कृषकलाई उपलब्ध गराउने प्रावधान छ । सचिव झाका अनुसार हालसम्म सबै कुराको भरपाई नआएकाले गोठ व्यस्थापन वापतको ३० हजार रुपैयाँ वितरण गरिएको छैन ।

प्रदेशका ८ वटै जिल्लाका शहीद परिवार तथा घाइते परिवारको आयआर्जन प्रत्यक्ष रुपमा प्रभावित भई ती परिवारको जीविकोपार्जनमा समेत समस्या देखिएकाले खाद्य तथा पोषण सुरक्षाका साथै आयआर्जनमा समेत सुधार ल्याउनका लागि पशुपालन गर्ने उद्देश्यले भैंसी वितरण गरिएको मन्त्रालयका सचिव झाले बताए । 

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत कार्यविधि अनुसार मधेश आन्दोलनका शहीद परिवारलाई लक्षित गरी उन्नत नश्लका दुधालु गाई वा भैंसी उपलब्ध गराई आयआर्जन तथा जीविकोपार्जनमा मद्दत पुर्‍याउने उद्देश्यले भैंसी वितरण गरिएको छ । ‘कार्यक्रम गत आर्थिक वर्षमा नै गर्नुपर्ने थियो तर समय अभावका कारण भैंसी वितरण गर्न सकिएन,’ सचिव झाले भने, ‘यस वर्ष मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम मधेश आन्दोलनका शहीद परिवार तथा घाइते परिवारलाई पशुपन्छीपालन विशेष कार्यक्रम अनुसार नै दुधालु भैंसी वितरण गरिएको हो ।’

लाभग्राही कृषक छनोट गर्नका लागि प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयबाट शहीद तथा घाइते परिवारको विवरण संकलन गरिएको थियो । कार्यविधिमा रहेको प्रावधान अनुसार प्राप्त विवरणको आधारमा पशुपालन गर्न इच्छुक व्यक्ति वा परिवारको लगत संकलन तथा भौतिक पूर्वाधार (गोठ खोर) को स्थलगत अवलोकन गरी इच्छुक व्यक्तिको संख्या यकिन गरी निवेदन लिई प्रतिवद्धतापत्र समेत बुझेर वितरण गरिने उल्लेख छ । स्थलगत अवलोकनपश्चात् संख्या यकिन गरी प्राथमिकताक्रम अनुसार कृषक छनोट गरिने प्रावधान बनाइएको छ । यसरी छनौट भएको परिवारलाई प्रतिपरिवार १ दुधालु गाई वा भैंसी उपलब्ध गराउने प्रावधान कार्यविधिमा छ ।

यसरी गरियो भैंसी खरिद 

भूमि व्यवस्था तथा कृषि मन्त्रालयले भैंसी खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयका लेखा अधिकृत कृष्णदेव साहका अनुसार १ करोड ३८ लाख ७ हजार ५ सय ९४ रुपैयाँमा १ सय २२ थान दुधालु भैंसी खरिद गर्नका लागि संकट मोचन कार्की सप्लायर्स सानेपा–२, ललितपुरका मुकेशकुमार कार्कीसँग मन्त्रालयले सम्झौता गरेको छ । बोलपत्र आह्वान गर्दा उनीसँगै २ वटा फर्मले आवेदन भरेका थिए । 

एमएस सप्लायर्स रौतहटले प्रतिभैंसी १ लाख ४७ हजारको दरले बोलपत्र भरेका थिए तर १ लाख १३ हजार १ सय ७७ रुपैयाँमा संकट मोचन सप्लायर्सले कबुल गरेकाले सप्लायर्ससँग सम्झौता गरी कार्यादेश दिएको साहले बताए । खरिद गरेर वितरण गरिएको भैंसीको स्वास्थ्य परीक्षण प्रतिवेदन, १ वर्षको लागि एकमुष्ठ बिमाको प्रतिवेदन लगायतको कागजात पेश गरेपछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गरिने साहले बताए ।

अनुदान स्वरूप प्राप्त गरेका भैंसीलाई कृषकले कम्तिमा ३ वर्षसम्म बेचबिखन गर्न नपाइने, अरुलाई उपहार वा पेवा स्वरूप दिन नपाइने, पशुपालनको लागि अपनाइने असल अभ्यास पद्धतिलाई अबलम्बन गरी पशुपालन व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ ।

कसले पाए भैंसी ?

धनुषामा शहीद परिवार तथा घाइते परिवारको नाम यसअघि नै लेखिसकिएको छ । शहीद परिवार अन्तर्गत महोत्तरीमा शहीद विरेन्द्रकुमार बिच्छाकी पत्नी सिपी कुमारी साह, गणेशप्रसाद चौधरीका छोरा विनयप्रसाद चौधरी, रोहणप्रसाद चौधरीकी आमा बबिता चौधरी, शिलादेवी मण्डलका पति शम्भु मण्डलले भैंसी पाएका छन् । शहीद मुस्वा भन्ने अमित कापरका बुवा रामवृक्ष कापर, राम विवेक यादवका बुवा इन्दु यादव, कायम दफालिका पत्नी जुमैदा खातुन, उमेश कापरका सालो राजकुमार कापर, जयकिशोर साहकी पत्नी सरिता देवीलाई भैंसी वितरण गरिएको छ ।

सिरहामा शहीद प्रमोद सदायका बुवा बात्नेश्वर सदाय, रमेशकुमार महतोको बुवा रविया महतो, बेचन यादवका आफन्त राम परी देबी र देवनारायण यादवको आफन्त बिना कुमारी यादवलाई भैंसी वितरण गरिएको छ ।

सप्तरीमा शहीद राजेन्द्र राउतकी पत्नी लिलमदेवी राउत, विरेन्द्रकुमार महतोकी पत्नी रन्जना कुमारी महतो, सञ्जनकुमार महतोका बुवा लक्ष्मण महतो, पिताम्बर मण्डलका आमा सोमनी देवी मण्डललाई भैंसी वितरण गरिएको छ । बिरेन्द्रकुमार यादवका भाइ धिरेन्द्रकुमार यादव, रामकिशुन राउतकी पत्नी सुदामिया राउत, रघु साफीकी पत्नी लछनकुमारी साफी, गुणानन्द चौधरीकी पत्नी मञ्जुकुमारी चौधरीलाई भैंसी वितरण गरिएको छ ।

सप्तरीकै कमलेश यादवकी पत्नी चन्द्रिकादेवी यादव, जुक्ति यादवका आफन्त पशुपति यादव, फुलानन्द मिनवारकी पत्नी भार्लर वती देबीलाई, रामकुमार मुखियाकी पत्नी अमलाकुमारी देवीलाई वितरण गरिएको छ । दामोदरप्रसाद साहकी पत्नी सुनितादेवी साह, दशरथ ठाकुरकी पत्नी कविताकुमारी ठाकुर, दिलिपकुमार साहकी पत्नी पुनमकुमारी साह, दर्शनलाल यादवको जेठो छोरा सरोजकुमार यादवलाई, बिरेन्द्रकुमार रामको पिता सकलदेव रामलाई र गुल्टेन दासकी पत्नी विमलादेवी दासलाई भैंसी वितरण गरिएको छ ।

सर्लाहीमा शहीद आशिक अलि मिकरानीका पिता अब्दुल बहाव मिकरानी, दिनेशराय यादवका आफन्त रामनरेश राय, नागेन्द्र ठाकुरकी पत्नी सुमित्रा देवी, नागेन्द्र ठाकुरकी पत्नी शकुन्तला कुमारी ठाकुर, सञ्जय रायका आमा समिन्जा देवी, रामनारायण साहका बुवा बिन्देश्वर साह र राधिकादेवी दासका आफन्त शिव कुमारीलाई भैंसी वितरण गरिएको छ ।

रौतहटमा शहीद भगवान राउतकी पत्नी दुर्गा देबीलाई, विद्यानन्द राय यादवकी पत्नी राजकली देवीलाई, राजकिशोर ठाकुरकी पत्नी अंशु देवी, रामअशिष ठाकुरका भाई रामप्रसाद ठाकुर र मोहम्मद सम्स तबरेजका भाई फिरोज अख्तरलाई भैंसी वितरण गरिएको छ ।

बारामा शहीद शेख अब्दुल असरफकी पत्नी शोभा राजवंशी, जयप्रकाश साहकी आमा कुन्ती देवी, दिनानाथ साहका बुवा श्रीपुजन साह, मजिद महमद मन्सुरकी आमा नर्बु नेशा खातुन र शत्रुघन राउत कुर्मीकी आमा कुसुमी देवीलाई भैंसी वितरण गरिएको छ ।

पर्सामा शहीद दिलिप चौरसियाका छोरा पृथ्वी नारायण चौरसिया, धर्मराज सिंह राजपुत चन्दन पटेलका छोरा अवधेश पटेल, बिरवल मुखिया बिनकी पत्नी शारदा देवीलाई, सोहन साह गुप्ताकी पत्नी विनितादेवी गुप्ता, दिपेन्द्रप्रसाद साहकी पत्नी सिता देवी र महावीर साहका छोरा महेश साहलाई भैंसी वितरण गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x