×

NMB BANK
NIC ASIA

जनकपुरधाम – प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका ३ सय ४७ वटा किसान तथा कृषि फार्मलाई अनुदानमा ‘च्याफकटर’ (घाँस–पराललाई टुक्राटुक्रा पार्ने मेसिन) वितरण गरेको छ ।

Muktinath Bank

प्रतिमेसिन ३९ हजार १ सय ८० रुपैयाँ अनुदानमा मेसिन वितरण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाका ४४ जना, महोत्तरीका ४४ जना, सर्लाहीका ४४ जना, सिरहाका ४४ जना, बाराका ३९ जना, पर्साका ३८ जना र  रौतहटका ४४ जना गरी ३ सय ४७ जना कृषकलाई व्यावसायिक पशुपालन प्रोत्साहन गर्न प्रदेश सरकारले अनुदानमा उपकरण वितरण गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘प्रदेशमा गाईभैंसीपालन गरी दूध उत्पादन गर्ने व्यवसायमा आहारा व्यवस्थापन र फार्ममा काम गर्ने जनशक्ति व्यवस्थापन गर्न फार्म यान्त्रिकीकरण गर्नुपर्ने बुझेर प्रदेश सरकारले मेसिन वितरण गरेको हो,’ मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले भने, ‘व्यावसायिक कृषकहरूलाई प्रोत्साहित तथा फार्म यान्त्रिकीकरणको थालनी गर्न च्याफकटर मेसिन वितरण गरिएको हो ।’

Vianet communication
Laxmi Bank

कृषकलाई यान्त्रिकीकरणको माध्यमबाट कम लागतमा दूध उत्पादन गर्न, गाईभैंसीपालन व्यवसायलाई आकर्षक र नाफामूलक बनाउन प्रदेश सरकारबाट प्रोत्साहन गर्ने उद्देश्यले च्याफकटर मेसिन वितरण गरिएको झाले बताए ।

व्यावसायिक पशुपालनमा ‘असल आहारा व्यवस्थापन अभ्यास’लाई प्रोत्साहित गर्दै घाँस र पराल कम खेर जाने पद्धतिको विकास गर्ने अर्को उद्देश्य रहेको उनले बताए ।

कम्तिमा ५ वटा गाई वा ३ वटा भैंसी भएका व्यावसायिक कृषक वा फार्मलाई छनौट गरेर मेसिन वितरण गरिएको छ । त्यसका लागि प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट र पर्सास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट सिफारिस गरी छनोट भएर आएका कृषक वा फार्मलाई मेसिन वितरण गरिएको उनले बताए ।

च्याफकटर मेसिन खरिदका लागि मन्त्रालयले विद्युतीय टेन्डरमार्फत आह्वान गरेको बोलपत्रबाट श्रेष्ठ एग्री इन्पुट्स काठमाडौंका सन्दिप श्रेष्ठले मेसिन आपूर्ति गरेको मन्त्रालयका लेखा अधिकृत कृष्णदेव साहले बताए । ‘१ करोड ३५ लाख ९५ हजार ४ सय ६० रुपैयाँमा ३ सय ४७ थान च्याफकटर मेसिन आपूर्ति गर्ने सम्झौता अनुसार आपूर्तिकर्ताबाट मेसिन खरिद गरिएको हो,’ लेखा अधिकृत साहले भने । कृषक छनोटको काम भने मन्त्रालयले गरेको छैन ।

मन्त्रालयले मेसिन खरिद गरेर प्रदेशका जिल्लामा रहेको विज्ञ केन्द्रलाई पठाएको छ । कृषक छनोटदेखि वितरण गर्ने काम विज्ञ केन्द्रले नै गरेको उनले बताए । 

घाँस र परालमा भएको पौष्टिकताको सही सदुपयोग गरी दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले मेसिन वितरण गरिएको छ । ‘सम्झौता बमोजिम कार्यक्रम सञ्चालन नगरी दुरुपयोग गरेको पाइएमा प्रदेश सरकारको प्रचलित ऐन, नियम र कानून बमोजिम कारबाही गरी प्रदान गरिएको अनुदान रकम बाँकीसरह असुलउपर गरिने छ,’ उनले भने ।

मेसिन प्रयोगबारे अनुगमनका लागि एउटा अनुगमन समिति नै बनेको छ । मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुखको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति बनेको छ । अनुगमन समितिले बेलाबेलामा अनुगमन गर्ने कार्यविधिमा प्रावधान राखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x