फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
‘मेरी धारणा है कि मानवका चिन्तन सबसे मूल्यवान है । उसकी कीमत नहीं आँकी जा सकती । मुझे विश्वास है कि भविष्य मे किताबें जिन मे मानवका सम्पूर्ण चिन्तन संग्रहीत है मुफ्त होंगी ! (कोन्सतान्तिन त्सित्योल्कोब्सकी ‘लेनिन हमारे जीवनमे पृष्ठ १४१) !’
यस्ता दिनहरू एकादेशका कथा भए । किताब महंगा छन् । पढ्ने मान्छे छैनन् । प्रायः किताब लाइब्रेरीमा धूलोले ढाकिएर बस्छन् । औंलाले किच्च मोबाइलको स्क्रीनमा थिच्दा संसार देखिने यस युगमा किताब बिराना हुन थालेका छन् तर किताबको साइनो सिधै मान्छेको मन र मस्तिष्कसित हुने भएकाले किताबको महत्त्व घट्दैन ।
महत्त्व नघट्ने भएपनि घटाउन दुस्साहस गर्न खोजिँदैछ । भर्खरैको हाम्रो बजेटको प्रस्तुतिपछि एउटा राष्ट्रिय दैनिकले लेख्यो, ‘किताबमा कर कसिकसाउले किताबको नियन्त्रण होइन, अन्ततः ज्ञान शिक्षाको नियन्त्रण गर्छ ।’ किताबमाथिको करको दुष्परिणाम एसईईको नतिजाले पनि देखाइरहेकै छ । यसले गरीबहरूको बुद्धि कमै हुन्छ भन्न खोज्यो । यो भयंकर खतराको संकेत हो । ज्ञानकै अभावले बुद्धको देशमा बुद्धुहरू भरिभराउ भइँदैछ । जिउँदा शहीद नारकीय जीवन बाँचिरहेका छन् ।
मिडियामा निर्मला लगातार समाचारका शीर्षक बनेकी छिन् । तिनी बिम्ब हुन् । हजारौं जिउँदा शहीदहरु बिचल्लीमा छन् ।
किताबमाथिको करसँगै लालबन्दी (सर्लाही) का कुमार पौडेलको सहादतको समाचार डँडेलोजस्तो फैलियो, फैलिँदैछ । संसदमा सत्तासीन पार्टीकै सांसद जनार्दन शर्माले चर्को स्वर उराले । उनले भने, ‘सर्लाही घटनाले पञ्चायतको झझल्को दियो ।’ पञ्चायत ढलेकै ३० वर्ष हुन थाल्यो । पञ्चका काला कर्तूतहरू समयको गर्तमा पुरिइसके । पञ्चायत झेल्ने बा–आमाहरू नाकाबन्दीका बेला पञ्चहरूले नून–मट्टितेल व्यवस्थित ढंगले नै बाँडेको बताउँछन् । कीर्तिनिधि बिष्ट र मरिचमानसिंह श्रेष्ठ लगायत पञ्चहरू सम्मानित देखिन्छन् । यिनीहरूले भारतको हस्तक्षेपलाई अस्वीकार गर्दै पदबाट बाहिरिन मञ्जुर गरेका थिए । पञ्चायत कालमा पनि राजनीतिक पार्टीहरूले नामको अगाडि ‘प्रतिबन्धित’ शब्द जडेर गतिविधि सञ्चालन गरेकै थिए । २०४५ सालको भूकम्पको बेला १ जना पञ्चलाई राहत वितरणमा काखापाखा गरेको आरोपमा वीभत्स हत्या गरिएको थियो । दिनदहाडै जुलुसमा छाता र लट्ठीले घोचीघोची कर्ण हेंजु मारिएका थिए ।
नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्छे कमरेड रोहितले त्यसको नेतृत्व गरेका थिए । कठै, उनी पनि आज कांग्रेसभन्दा आफूलाई बलियो प्रतिपक्षी ठान्ने आत्मरतिमा रमाइरहेका छन् । २०७२ सालको नाकाबन्दी र भूकम्पका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादको नारा घन्काएर राजनीतिक यश आर्जन गरेपनि देशभित्र दैनिक उपभोग्य बस्तु र पेट्रोलको चरम हाहाकार मच्चाइएको थियो । यसैले अहिले राजावादीको बिल्ला भिरेरै ‘नेपालका लागि नेपाली’ भन्नेहरूले आफ्नो माल बेच्ने मौका पाएका छन् । प्रतिपक्षी कांग्रेस च्याँखे थाप्दैछ । सत्तापक्षीय कार्यकर्ता निधारमा हातको छेल पारेर ट्वाल्ल माइतीघर मण्डलातिर हेरिरहेका छन् । जननिर्वाचित सांसद रेशम चौधरी गह्रंगो फलामे सिक्रीले बाँधिएर जेलमा छन् । उनी ‘जेलमा २० वर्ष’का लेखक खड्गबहादुर सिंहलाई सम्झाउँछन् । राणाजीहरूले उनलाई विक्रा संवत् १९९७ देखि २००७ सम्म फलामको साँङ्लाले बाँधेर जेलमा राखेका थिए । दिलनिशानी मगरका अनुसार राज्यले रेशम चौधरीलाई ‘नेल्सन मण्डेला’ बनाउन खोजेको छ । उनको यस्तो उद्घोषपछि मात्रै प्रधानमन्त्रीको कानमा कुरो पुग्यो ।
राजनीतिजस्तै साहित्य झनै दूरावस्थामा छ । एउटा साहित्यिक सभामा पोखराका एक जना प्रगतिवादी लेखकले भने, ‘यहाँ घिसिपिटी लेखनीलाई प्रगतिशील साहित्य भनिँदैछ । सुँगुरका खोरकाहरू द्रौपदीको साडी रावणले तानेका थिए भनेर आपसमा लडाभाँती गरिरहेका छन् ।’ सरिता तिवारीले आप्mनै साथीहरूलाई कठोर बात लगाउँदै लेखेकी थिइन्, ‘प्रलेसको मूल नेतृत्व सत्ता संरचनाको कृतदास भयो । लेखकहरूले आप्mनै गालामा झापट हानेर आफूलाई झक्झकाएर बाटो छुट्टिएको बेला हो यो !’ बाटो छुट्टिएर स्वमार्गमा हिँड्नेहरूलाई उल्टै संकीर्णको बात लगाइन्छ । सत्तारुपी महका माखाद्वारा साहित्य, संस्कृति र नेपालीपनको जरोटुप्पो मेटाइँदैछ । शम्भू राईजस्ता सम्मानित मान्छेले पनि ‘प्रकाशको दाई हुँ’ भन्ने भद्रताको भाव सम्प्रेषण गर्न सकेनन् । कैयौं नेपाली गीत चोरिएर हिन्दीमा गाइएका छन् । विलियम वर्डसवर्थका ‘लुसी’ र ‘सोलिटेरी रिपर’जस्ता कविता हाम्रै महाकविका ‘चारु’ र ‘गाइन् तिनले घँसिया गीत’सँग हुबहु मिल्छ । संस्कृतिको जंगलमा अग्रजकै औंला समातेरै अनुजहरू हिँड्छन् । ससाना कुरामा ठूल्ठूला आवाज घन्काइँदा अजंगका भ्रष्टाचार मूसोझैं दुलाभित्र हराउँछन् । शम्भू राई र प्रकाश सपूतको मिलापत्र सकारात्मकै मान्नुपर्छ ।
शहीद खेतीका लागि हामीकहाँ गणतन्त्र, राजतन्त्र, धर्मनिरपेक्षता, संघीयता, सीमा समस्या, भ्रष्टाचार र राष्ट्रियता आदि मुद्दा छन् । धर्मनिरपेक्षता र भ्रष्टाचारको विरोध अहिले सतहमा टड्कारो गरी उठेका छन् । ज्ञानेन्द्र शाहीलाई वाहियात चुटेर सत्ताले हिरो बनाएको छ । राज्य आतंककै ध्येय देखाएर पुलिसले नेकपा (विप्लव) का कार्यकर्ताको हत्या गर्यो । धर्मनिरपेक्षताको विरुद्ध भारत (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथले मुख खोले, ‘नेपालीहरू नेपाललाई हिन्दूराष्ट्र बनाउन तयार छन् ।’ विप्लवको बन्द असार १० गते पनि शानदार ढंगले सफल भयो । यो सफलता शहीद खेती सप्रिने संकेत हो । दिलबहादुर रम्तेलद्वारा शहीद कोटाको खाता खोलेपछि नै माओवादी जनयुद्धमा शहीद हुनेहरू लर्को लागेका थिए । अघिल्लो भेडोले नदीमा हाम फालेपछि पछिल्ला भ्mयाप–भ्mयाप जान्छन् । अहिले यत्ति बेथिति बढिसकेको छ कि मान्छेहरू मर्न र मार्न उद्यत हुँदैछन् । किताब पढिँदैन, मोबाइल निर्मित मनमस्तिष्कमा जीवनप्रतिको मोह घटेको छ । असार ९ गते राति ९ बजे ११ वर्षीय समीर लुवाङले घरैमा आत्महत्या गरे । यस्ता घटना दिनदिनै उठ्छन् र पानीका फोकाझैं फुट्छन् । समीरले लेखेको सुसाइड नोट गम्भीर छ । ‘मलाई कसैले माया गर्दैनन्, स्कूलमा केटाहरूलाई पिट्छन्/केटीहरूलाई पिट्दैनन् !’
हाम्रा आमादिदीले ठूल्ठूला हिंसा व्यहोर्नुपरेको साँचो हो तर अहिले ठ्याक्कै उल्टो नदी बग्दैछ । मायाभावको अभावले डिभोर्स, हत्या र आत्महत्याका शृंखला बढेका छन् । पारिवारिक विघठनसँगै समाज रुग्ण बन्दैछ । समीरले घरमा र स्कूलमा पनि माया पाएन । समीर सबै मान्छेका प्रतिनिधि पात्र हुन् । हामी माया खोज्नेलाई घृणा दिन्छौं, क्रान्ति खोज्नेलाई गोली । सरकार ! म कुमार पौडेलको हत्या प्रकरण सुनेर भावुक बन्छु । आद्र स्वरले भन्छु, दोरम्बाका शहीदहरू जति महान छन्, जनताका लागि कमरेड कुमार पौडेल उत्तिकै महान छन् । बलशाली कम्युनिस्टको सरकारलाई यस्तो ‘हत्या’ पटक्कै शोभनीय हुँदैन । क्रान्तिकारी र लुटेराको छ्यानब्यान हुनुपर्छ ।
‘कति सुन्दर हेर किताब चरो
दुई पंख फिजाउँछ यो विचरो !’
कविको उद्गारको किताबचरोमाथि बसेर हामी कथाको विष्णुलेझैं संसार विचरण गर्न सक्छौं । अफसोच, यो क्रम घट्दो छ । शहीद–खेतीको रहर बढ्दो छ । १० वर्षे जनयुद्धको प्राप्तिलाई ततेर्न नसक्दा ‘भिल्लको देशमा मणि’ मिल्किइरहेको छ । यद्यपि इतिहासको रथ पछाडि फर्किंदैन ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...