×

NMB BANK
NIC ASIA

हुन त आजको बहुलवादी समाजमा कुनै व्यक्ति विशेषको मत कुनै खास विषयमा बेग्लाबेग्लै हुनु अस्वाभाविक होइन । मानिसको मन र मतलाई कुनै एउटा यन्त्रको बटन दबाएर नियन्त्रण  र कैद गर्न पनि कहीँ कतै सकिँदैन नै । त्यसैकारणले  साँचो लोकतन्त्रमा न एकपटक प्रतिनिधि चुनेपछि पाँच वर्षसम्म चुन्नेहरू बन्धक बन्ने कुरा नै आउँछ, न जनता र देश विपरीतका अनेक नाटकीय र अवाञ्छित घटना घट्दा चुपचाप बस्ने कुरा नै आउँछ । त्यसमा पनि चुनावका बेलामा दिइएको मत कुनै पनि प्रतिनिधिलाई मनोमानी गर्नका लागि दिइएको मत बिल्कुलै हुँदै  होइन र हुनुहुँदैन । त्यसको ठिक विपरीत त्यो मतादेश त जनताप्रति उत्तरदायी हुँदै र पटकपटक उनीहरूको जनादेश लिँदै चल्न समर्पित हुने र हुनुपर्ने महत्त्वपूर्ण मत हो  । वास्तवमा जनताको मतादेश जनताका लागि अनि जनता र राष्ट्रको हितमा काम गर्ने अनुमति हो । त्यसबाहेक अरु केही होइन, किमार्थ हुनुहुँदैन । 

Sagarmatha Cement
Muktinath Bank

यसर्थ कुनै पनि तन्त्रलाई त्यतिबेला मात्र उपयुक्त र सही मान्न सकिन्छ र मानिन्छ जतिबेला त्यस तन्त्रले जनताको यो उद्देश्य अनुरूप काम गर्छ वा त्यस दिशामा काम गर्न उद्यत र प्रयत्नशील बनिरहेको हुन्छ । अरू कुनै फाल्तु कामधन्धामा उसले समय बिताइरहेको र राष्ट्रको श्रम, सीप र समयको दुरुपयोग गरिरहेको हुँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर हामीकहाँ तीनतीनपटक ठूल्ठूला राजनीतिक परिवर्तन भएर पनि जनताका लागि जनप्रतिनिधिहरूले गर्नुपर्ने काम ठीक किसिमले जनताको मनोबल उठाउने, आत्मबिश्वास जगाउने र  उनीहरूको हित साधन हुने गरी पटक्कै गरेको पाइन्न । कुनै कुनै अपवाद बाहेक आज लोकतन्त्र बजेट मारा, देशमारा र लुटतन्त्रको पर्याय बन्न पुगिरहेको या त्यो दिशातर्फ धकेलिदै गएको प्रष्टै देखिन्छ । त्यसकारण आजको कथित लोकतन्त्रमा ‘लोक’ अर्थात् जनताको लागि कुनै स्थान छैन । त्यसको विपरीत यो धनशक्ति र हिंसा शक्तिमा आधारित बन्न पुगेको छ । देशमा उत्पन्न, अराजकता, अन्यौल र अबाञ्छित स्थितिले यही दर्शाउदछ । मुलुक र मलुकबासी रुग्ण र दयनीय अवस्था बाट गुज्रिनुको कारण पनि यही नै हो । यसले के प्रष्ट पार्दछ भने जुन उदेश्यले लोकतन्त्र स्थापना गरिएको हो भनिएको थियो त्यसबाट जनताका लागि कुनै प्राप्ति नहुने रहेछ भन्ने निष्कर्श निस्कन्छ । वास्तवमा यस्तो तन्त्रलाई लोकतन्त्र भन्नु र मान्नु नै गलत रहेछ भन्ने कुरा आज दिन प्रति दिन साबित हुँदै गएको प्रतीत हुन्छ । 


Advertisment
Nabil box
Kumari

निश्चय पनि सामन्ती  राजतन्त्रभन्दा लोकतन्त्र प्रगतिशील व्यवस्था हो । जसमा जनतालाई आफ्नो निम्ति काम गर्ने वारेस या प्रतिनिध  चुन्ने अधिकार हुन्छ । यदि ती प्रतिनिधले ठिक किसिमले काम गर्दैनन् भने जनताले तिनलाई तत्कालै या समय क्रममा बदल्न सक्छन् । तर के हुँदै आएको छ भने  जनताले आफ्नो मतद्वारा प्रतिनिधि  या प्रधामन्त्री या राष्ट्रपति चुनेपछि यो लोकतन्त्र पनि प्रधानमन्त्री या राष्ट्रपतिको मर्जीले नै चल्ने गर्दछ । नीति निर्धारणमा नागरिकहरूको कुनै भूमिका रहँदैन । बंशवादबाट प्राप्त एउटा राजाको ठाउँमा मतदाताहरूबाट चुनिएको प्रधानमन्त्री या राष्ट्रपति(नयाँ राजाहरू) दिने बाहेक राजतन्त्रभन्दा भिन्न लोकतन्त्रको हाम्रो यात्राले पनि अरु भिन्न केही दिन सकेको छैन र सक्ने छाँट पनि देखिएको छैन । जस्तो प्रधानमन्त्री या राष्ट्रपति हुन्छ जनताले त्यस्तै स्थिति भोग्नु परेको छ अहिलेसम्म ! 

Vianet communication
Laxmi Bank

अवश्य पनि राजतन्त्र एउटा बंशवाद थियो र त्यहाँ अत्यन्तै अल्पमतले बहुमतमाथि शासन गर्दथ्यो । लोकतन्त्रमा के मानिएको छ भने लोकतन्त्र बहुमतको आधारमा चल्छ । उदाहरणका लागि बहुमतको सिद्धान्त अनुसार  ५ प्रतिशत बाल बच्चाले सही लेखेको जवाफका लागि गलत जवाफ दिने ९५ प्रतिशत बालबालिकाले भन्न सक्छन् कि गलत जवाफ दिने  बालबालिकाहरूको संख्या बढी छ । त्यसकारण ५  प्रतिशत सही जवाफ दिने बालबालिकाको जवाफ सही हुन सक्तैन । यत्तिका ठूलो संख्यामा बालबालिका गलत हुन सक्तैनन् ।

यद्यपि जीवनको कुनै पनि परीक्षामा सही या गलतको निर्णय बहुमतको आधारमा गर्नै गर्न सकिँदैन र गरिँदैन । तर  लोकतन्त्रमा बहुमतको आधारमा धेरै  बालबालिकाको निर्णयलाई नै सही मानिने गर्दछ । चाहे त्यो लोक प्रतिनिधिको निर्वाचन होस् या अरू कुनै कानूनका लागि विधेयक पारित गर्ने कामका लागिको चुनाव होस् त्यसको यस्तै बहुमतका आधारमा निर्णय लिने गरिन्छ । हामीकहाँ त अझ ‘हुन्छ भन्नेको भन्दा हुन्न भन्नेको र ‘हुन्न भन्नेकोभन्दा हुन्छ’ भन्नेको स्वर ठूलो सुनिएको भनेर विधेयक पारित गर्ने या अस्वीकार गर्ने प्रचलनै बसालिएको छ । 

आजको लोकतन्त्रमा सत्य यस कारणले सत्य हुने गर्दैन कि त्यो सत्य भए पनि बहुमतको आधारमा तय हुने भएकोले धेरै जना मानिसले त्यसलाई सत्य मानिदिएनन् भने त सत्य पनि सत्य नमानिने भयो । यस प्रकार कुरा के स्पष्ट छ भने सत्य कुनै अल्पमत या बहुमतको आधारमा तय हुने र गरिने कुरा नै होइन । भलै लोकतन्त्रले बहुमतको आधारमा चल्ने दाबी गरोस् सत्य के हो भने प्रत्यक्षतः लोकतन्त्रमा पनि बहुमतको नाममा अल्पमतकै शासन चल्ने चलाउने गरिदै आएको छ । यहाँ पनि तानाशाही नै चल्ने गर्दछ । बहुमतको सिद्धान्तका आधारमा जुन पार्टीलाई कूल मतदातामध्येमा ५१ प्रतिशत मत प्राप्त हुन्छ त्यसैलाई सत्ता प्राप्त हुने गर्दछ । तर चुनावमा कूल मतदाताहरूबाट २० या २५ प्रतिशत मत प्राप्त गर्नेलाई पनि सत्ता प्राप्त हुने गर्दछ । जब प्रधानमन्त्री या सानो समूहले आफ्नो मनमौजी तालले निर्णय गरेर या पार्टीले ह्वीप जारी गरेर लोक प्रतिनिधिहरूले स्वयंले निर्णय लिने अधिकार खोसिन्छ तब अल्पमतको स्थान तानाशाहीले लिन्छ र लोकतन्त्र तानाशाहको राज बन्न जान्छ ।  

केही महिनाअघि मात्र सम्पन्न भएको भारतको २०१९ को संसदीय निर्बाचनको उदाहरणबाट सजिलैसँग यो कुरा स्पष्ट देख्न सकिन्छ । भारतका कूल ९० करोड मतदाता मध्ये ६७ प्रतिशत मतदाताहरूले अर्थात ६०.३६ करोड मतदाताले मतदान गरे । अनि मतदान गर्नेहरूले जुन पार्टीलाई ३७.४ प्रतिशत मत दिए अर्थात् २२.६ करोड मतदाताहरूको मत प्राप्त भयो त्यसैको विजय भयो । यसको प्रष्ट अर्थ यही हो कि कूल ९० करोड मतदाताहरूमा केवल २५ प्रतिशत मत प्राप्त गर्ने दल सत्तामा पुगेको छ । यसरी सत्ताको फैसला बहुमतको आधारमा होइन कि वस्तुतः अल्पमतको आधारमा नै भएको छ । यसलाई भारतको १२१ करोड जनताको आशिर्वाद मान्न कीमार्थ सकिँदैन भन्ने विश्लेषण यतिबेला भारतमा पनि गरिँदैछ । 

अर्को कुरा के भने कुनै पनि व्यक्तिको मत विभिन्न विषयमा भिन्न-भिन्न हुन्छ । उसले एउटा बटम थिचेको या एउटा मत पत्र खसालेको आधारमा सदाका लागि त्यो मतलाई कैद गर्न सकिदैन न एक पटक प्रतिनिधि चुनेको भरमा पाँच बर्षसम्मका लागि उसले निर्बाचित प्रतिनिधिकोमा त्यो मत बन्धक राखेको नै मान्न सकिन्छ । त्यसमा पनि अझ चुनावका बेला मतदाताहरूले दिएको मत लोक सेवकहरूलाई मनोमानी तरीकाले काम गर्ने अनुमति बिल्कुलै होइन, स्पष्ट कुरा के भने लोकमतको आदर गरेर जन सहमतिबाट राजकाज चलाउन दिइएको अनुमति मात्र त्यसलाई मान्न सकिन्छ ।

यद्यपि मतदाताहरूले पनि यस्ता कुनै पनि निर्बाचनमा पाँच बर्षमा एक पटक पाइने अवसरमा सत्य असत्यको आधारमा बिबेकको प्रयोग गरेर मतदान गर्नु अपेक्षित छ नै । तर मतदाताहरू अधिकांशले सञ्चार माध्यम र अन्य अर्थ–सामाजिक दबाबका आधारमा नै आफ्नो मत जाहेर गर्ने गरेको पाइन्छ । जब कसैले कुनै ब्यक्तिसँग प्रश्न गर्‍यो भने उसले त्यही तर्क पेश गर्ने गर्दछ जुन सञ्चार माध्यमहरूले प्रस्तुत गरेर उनीहरूका मन मस्तिष्कमा हालिदिएका या भरिदिएका  हुन्छन् । कर्पोरेट घरानाद्वारा नियन्त्रित त्यस्ता सञ्चार माध्यमहरूले मतदातामाथि यस्ता प्रकारका बिचारहरू थोपर्ने गर्दछन् जसले गर्दा मतदाताहरूले आफ्ना जीवनसँग   अभिन्नरुपमा जोडिएका बास्तविक र आधारभूत मुद्दामा बिवेकको प्रयोग गरेर मत दिने अवसर नै दिदैनन् । यसकारण मतदाताको मत पनि मतदाता स्वयंको मत हुँदैन बरु त्यो कर्पोरेट सञ्चार माध्यम र अर्थ–सामाजिक दबाबद्वारा योजनाबद्धरुपमा बनाइएको अभ्यस्त तुल्याइने गरेको मत हुने गर्दछ । 

हुन त लोकतन्त्रमा निर्बाचित कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति को जबाफदेही जनताप्रति हुनु पर्ने हो तर यथार्थतः त्यस्तो हुँदैन । किन पनि भने चुनावमा पार्टीहरूको सहभागिताको कारण प्रधानमन्त्री को हुने हो त्यो पार्टीले तय गर्ने कुरा हुन्छ । त्यसले गर्दा प्रधानमन्त्री वा राष्ट्रपति जनताप्रति उत्तरदायी नभए पार्टीप्रति उत्तरदायी हुने गर्दछ । अनि सत्तामा खाइखेली गरेर आएका पार्टीहरूलाई चुनावमा धनशक्ति र हिंसाको शक्तिका आधारमा नै बिजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा सबैभन्दा राम्ररी थाहा छ । त्यसैले चुनाव जित्नका लागि पार्टीहरू जनताको साथमा होइन त्यस बिपरीत कर्पोरेट घराना र समाजका प्रभूत्वशाली बर्गको धनको आबश्यकता हुन्छ । कर्पोरेट घरानाद्वारा त्यस किसिमका अभिजात बर्गलाई लाभ पुर्‍याएर नै उनीहरूद्वारा सञ्चालित सञ्चार माध्यमहरूको माध्यमबाट जनमतलाई सजिलै आफ्नो पार्टीको पक्षमा बनाउन सकिन्छ । यसकारण राजनैतिक दलहरूको जबाफदेही धन प्रदान गर्ने धनपतिहरूप्रति नै रहेको हुन्छ । उनीहरू धनपतिका प्रतिनिधि हुन्छन् जनका होइन । यसरी पूँजीवादमा पूँजीको सर्बोच्चता हुन्छ भन्ने कुरा प्रष्ट छ ।

यस्तो अवस्थामा आजको निर्बाचन ब्यबस्थमा आफ्ना मूल्य, मान्यता र बिचारमा कुनै सम्झौता नगर्ने समाजका बिचारबान र श्रेष्ठ मानिसहरूले चुनाव जित्ने सम्भावना नै अत्यन्तै कम छ । किनकि एक त तिनले आत्मस्तुति, परनिन्दा र मिथ्या भाषण गर्न नै सक्तैनन् र गर्न नै मान्दैनन्  भने अर्कोतर्फ चर्को चुनाव खर्चका लागि सामन्ती, नबसामन्ति र दलाल पूँजीपति बर्गहरूसँग सम्झौता पनि गर्न सक्तैनन् । झूटो र खराबकुरासँग सम्झौता गर्न नसक्ने कारणले चुनावमा आफ्नो समयका श्रेष्ठ नैतिकबान र पुरुषार्थी मानिसहरूले चुनाव जित्न पनि सक्तैनन् । त्यसै कारणले आजको ब्यवस्थामा पथभ्रष्ट, पाखण्डी र अपराधी मानिसहरू नै लोकप्रतिनिधि बनेर आउँदछन् या ल्याइन्छन् । यो छल्नै नसकिने सर्बाधिक जाहेर सत्य हो ।
त्यसमा पनि जुन देशको जनसंख्याको आधाभन्दा ठूलो हिस्सा गरीबी, अभाव र अशिक्षाको अध्यारोभित्र रुमल्लिरहेको स्थिति छ उसले आजको जस्तो अत्यन्तै महँगको चुनाव लड्ने कुरा त के लड्ने कल्पना पनि गर्न सक्तैन । किनकि उसबाट यस्तो महँगो खर्च जुट्नै सक्तैन । उसको खर्च जुटाउने क्षमता नै हुँदैन । बस्तुतः आजको चुनाबी ब्यबस्थामा आर्थिक दृष्टिले कमजोर बहुसंख्यक नागरिकहरू चुनाव लड्न पाउने उनीहरूको मौलिक अधिकारबाट नै बञ्चित हुन या बिमुख तुल्याइन पुग्दछन् । यसरी घुमाउरो पाराले उनको यो अधिकार खोसिन्छ  र खोसिएको हुन्छ । 

निर्बाचन आयोगले निर्बाचन खर्चको अधिकतम् सीमा तोक्ने गरे पनि एक त त्यो खर्च नै हाम्रो देशको आर्थिक दुराबास्ता नेपाली जनताको क्षमता आदिको हिसाबले बढी नै छ, त्यसमा पनि तोएिकोभन्दा धेरै बढी खर्च हुने गरेका अनेक तथ्यहरू देखिएका छन्। त्यत्ति ठूलो धनराशीको श्रोत के हो प्रष्टै छ – त्यो अबैध र श्रोत नखुलेको सम्पत्ति कालो र भ्रष्ट धन बाहेक अरु केही होइन र हुनै सक्तैन । बिश्वको ठूलो प्रजातान्त्रिक देश मानिने भारतको पछिल्लो आम निर्बाचनमा मात्रै पनि कम्तिमा ६० हजार करोड भारतीय रुपैया खर्च भएको एउटा प्रतिबेदनले जनाएको छ । त्यत्रो ठूलो रकम राशी कुनै प्रत्याशी या पार्टीले कहाँबाट पाए या ल्याए ? प्रष्ट छ त्यो भ्रष्टाचारबाट आर्जित पैसा हो या दलाल पूँजीपतिहरूबाट यस शर्तमा लिइएको रकम राशी हो कि चुनाव पछि त्यो उनीहरूको लगानी चुक्ता गरिने  मात्रै होइन, त्यसको कयौ गुणा बढी ती दलाल पूँजीपतिलाई लाभ प्रदान गरिने नीति बनाएर जनता र राष्ट्रबाट अशुल उपर गरिने छ । यस्तो धनराशी देश र समाजका हितहरूलाई कर्पोरेट घराना र अभिजात बर्गसँग बन्धक राखेर मात्रै प्राप्त गर्न सकिन्छ । सरकारले कर्पोरेट घराना र त्यस्ता अभिजात बर्गलाई लाभ पुर्‍याउनका लागि बनेका जन बिरोधी नीतिहरूबाट यो कुरा सहजै र प्रष्टसँग बुझ्न सकिन्छ । 

जनताका लागि जबाफदेहीको नाटक गरे पनि पहिल्यै राजनैतिक दलहरू कर्पोरेट घराना र अभिजातबर्गहरूसँग समझौता गर्दै आफुलाई त्यस्ता घरानाका हातमा बेचिदिने गर्दछन् । त्यसै आधारमा को सत्तामा आउँछ र को प्रधानमन्त्री या राष्ट्रपति बन्छ भन्ने कुरा नै कर्पोरेट घराना र अकूत श्रोत साधन सम्पन्न बर्गले तय गर्ने र त्यसै पार्टीलाई बढी चन्दा दिने गरेका हुन्छन् । अनि त्यसै आधारमा कर्पोरेट घराना र अभिजात बर्गले आफ्ना निम्ति नीतिहरू बनाउने र सरकारद्वारा लागु गराउने गर्दछन् र चुनाबमा दिएको खर्चभन्दा धेरै गुणा बढी मूल्य असुल्ने गर्दछन् । यसरी आज हिजोको फ्रान्सेली क्रान्तिले स्थापना गरेको लोकतन्त्रलाई कर्पोरेट तन्त्रमा परिणत गरिसकिएको छ । त्यसैले आजको लोकतन्त्र ‘कर्पोरेट अभिजात बर्गद्वारा, कर्पोरेट अभिजात बर्गका लागि, कर्पोरेट अभिजात बर्गलाई लाभ पुर्‍याउनेहरूद्वारा चलाइएको एउटा तन्त्र बन्न पुगेको छ । 

प्रष्ट छ, ती कर्पोरेट मठाधीशहरू र आम जनताको हित एक अर्काका बिरुद्ध हुनका कारणले जनता आफ्नो हितको रक्षाका लागि संघर्षमा उत्रिन बाध्य हुन्छन् नै । अनि तत  तत देशका सरकारहरूले कसको पक्ष लिन्छन् त्यो पनि प्रष्ट नै छ । कतिपयले कतै सुझबुझ पुर्‍याएर जनताको पक्षमा खडा हुन पुगिहाले भने पनि कर्पोरेट पूँजी र अभिजात बर्गले सत्तामा टिक्न र त्यसलाई सुचारुरुपले चलाउन नदिने स्थिति बन्दछ । किनकि यो कर्पोरेट तन्त्रका लागि लोकतन्त्रलाई एउटा नाटककोरुपमा मात्र प्रयोग गरिएको हुन्छ । देखाइन्छ के भने जनताले सरकार चुन्दछन् । तर चुनावको बेला देशलाई जाति, सम्प्रदाय, भाषा, क्षेत्र, लिङ्ग, धर्म आदिका नाममा बिभाजन गरेर चुनाबमा प्रत्याशी तय गर्ने गरिन्छ । अनि चुनाब जित्नका लागि जनताका बीचमा परस्पर बिद्वेष र घृणा फैलाउने काम गर्दै समाजलाई नराम्रोसँग खल्बल्याइन्छ । यसका साथै संकीर्ण राष्ट्रबादको हौवा पिटिन्छ र छिमेकी देशहरूप्रति पनि एक किसिमको बैमनस्यता र घृणा पैदा गर्ने गरिन्छ । यी सबै कुरा गर्ने गराउने गरेर कर्पोरेट घराना, अर्थ–सामाजिक प्रभूत्व जमाइरहेको अभिजात बर्ग  र तिनका आसेपासेहरूले देश र जनतालाई अनेक किसिमले आरामसँग लुटने गर्दछन् । लोकतन्त्र बैध अबैध लूटतन्त्रमा परिणत हुन्छ ।

त्यसैले यो अभिजात बर्गीय  कर्पोरेट शोषणबाट मुक्तिको लागि जनताको लोकतन्त्र आजको आबश्यकता हो । जुन लोकतन्त्र मानबताबादी मूल्यमा आधारित समानता, न्याय, स्वाधीनता, शान्ति र समृद्धिका निमित्त जनतामा समर्पित र जनताप्रति बस्तुतः उत्तरदायी हुन्छ र यो धरतीलाई सबैको साझा घरकोरुपमा बिकसित गर्न चाहन्छ । अब शोषणमा आधारित लोकतन्त्र निरर्थक भइसक्यो भनेमा कुनै अत्युक्ति हुनेछैन । आर्थिक शोषण र सामाजिक उत्पीडनबिहीन लोकतन्त्रको मात्र भबिष्य छ र हुन्छ । किनकि यो आजसम्मको अनुभबको आधारमा जनताको हृदयदेखिको चाहना र जनताको सामुहीक इच्छाको अभिब्यक्ति हो । अनि भ्रम, भय र भ्रष्टाचारबाट मुक्त हुने बाटोतिरको ठोस अभिमुखीकरण पनि ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x