माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
बुटवल- सामाजिक सुरक्षा कोष उद्योगमैत्री नभएको भन्दै यसलाई परिमार्जन गर्न रुपन्देहीका उद्योगी तथा व्यवसायीहरूले सुझाव दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही जिल्ला शाखाले मंगलवार रुपन्देहीमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी व्यावसायिक संघसंस्थाहरूबीच भएको छलफलमा उद्योगीहरूले यस्तो सुझाव दिएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कशौधनले सामाजिक सुरक्षा ऐनमा सरकारकै योगदान नदेखिएको गुनासो गरे । ‘केवल उद्योगी व्यवसायीहरूलाई मर्कामा पर्ने ऐन ल्याइएको छ,’ उनले भने । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले ऐनले मजदुरलाई फाइदा मिल्ने भएपनि उद्योगमा मजदुरको स्थायित्व हुने ग्यारेन्टी नदेखिएको बताए । उद्योगीहरूमा देखापर्ने समस्यालाई मध्यनजर गरी सञ्जालको नेतृत्व दिने र एजेण्डाअनुसार समस्या उठान गर्ने उनको भनाइ छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव)ले कामदारको हितको नाममा उद्योग नै धरासायी हुने गरी सामाजिक सुरक्षा कोष ल्याइएको बताए । यसको परिमार्जनको विकल्प नभएको भन्दै उनले केही उद्योगी व्यवसायीहरू चुक्दा अहिले समस्या आइपरेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद उपाध्यक्षले देशको औद्योगिक अवस्था मूल्यांकन नगरी सरकारबाट लाद्ने गरी नयाँ- नयाँ नीतिहरू ल्याइएको गुनासो गरे ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले राजनीतिक परिवर्तनको हरेक मुद्दामा उद्योगी व्यवसायीहरूले योगदान दिएपनि आफूमाथि हरेक पटक समस्या आइपरेको बताए । सरकारले उद्योगी व्यवसायीको हितमा केन्द्रित नभएका नीति ल्याउँदा समस्या आइपरेको बताए ।
रुपन्देही फर्निचर उद्योग संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले भारतीय मजदुरबाट काम लिनुपरेको अवस्थामा ऐन लागू हुन धेरै समस्या रहेको बताए । भारतीय मुलका मजदुर भएका उद्योगमा ऐन लागू गर्न समस्या रहेको भन्दै १० हजार मजदुरको माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका उनले बताए ।
तिलोत्तमा च्याम्बर अफ कर्मश अध्यक्ष जेपी कंडेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, मुद्रण उद्योग संघ खेम प्रसाद लुइँटेलले सरकारबाट आएका नीति सबै वर्गलाई सम्बोधन गर्न सक्ने नभएकाको भन्दै कोष पुनरावलोकन गर्न जरुरी रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका उपाध्यक्ष ध्रुवकुमार धितालले आफूहरू संस्थागत रुपमा शुरूआतबाट सुझाव दिएको बताए । महासंघका सदस्य विष्णु कुमार श्रेष्ठले पहिलो चरणमा सञ्जालमा रहेका ४० वटा संघसंस्थाहरूबाट एकताबद्धता जनाएर प्रेस विज्ञप्ति निकाल्ने काम गरिने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...