हात्तीले बालिकालाई सुँडले बेरेर लग्यो अनि कुल्चिएर मारिदियो (भिडियो)

असार २६, २०७६

काठमाडौं – भारतको चम्पुआ जंगलनेर एक हात्तीले सात वर्षीया बालिकालाई कुल्चेर मारेको छ । ती बालिका खाटमा सुतिरहेको बेलामा हात्तीले उनलाई सुँडले बेरेर लगेको अनि कुल्चेर मारिदिएको हो । 

मुन्डासाहीकी सिनी मुन्डा आफ्ना दाइ गणेश र दिदी रानीसँग राति खाटमा सुतिरहेकी थिइन् । हात्तीले उनीहरूको घरको एउटा भित्तो फुटायो । त्यसपछि उसले सुँड भित्र पुर्‍यायो अनि सिनीलाई बेरेर बाहिर ल्यायो र कुल्चिदियो । 


ADVERTISEMENT

गणेश र रानी चाहिँ गम्भीर अवस्थामा छन् । भित्तो लडेपछि उनीहरू थिचिएका थिए । 

उनीहरूलाई चम्पुआ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गरिँदैछ । 

चम्पुआ वनक्षेत्र उडिसाको केओनझार जिल्लामा पर्छ । 

उक्त क्षेत्रमा हात्ती आतंक व्यापक छ ।

एजेन्सी
 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार