×

NMB BANK
NIC ASIA

स्वास्थ्यका अधिकांशले पाएनन् समायोजनको पत्र, साढे ८ हजारको माग सुन्दा पनि रोकिएन गुनासो

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको कामलाई बिट मारिसकेपनि स्वास्थ्य सेवातर्फका अधिकांश कर्मचारीले अझै समायोजन तथा पदस्थापनाको पत्र पाएका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारी चिकित्सकको आन्दोलन, ठूलो संख्यामा पद तथा प्राविधिक जटिलताका कारण स्वास्थ्यतर्फको समायोजन शुरूबाटै निकै चूनौतीपूर्ण बन्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य प्रशासन मन्त्रालयले गत चैत १४ गते समायोजन सकिएको घोषणा गरेकै दिन बिहान मात्र स्वास्थ्यतर्फका कर्मचारीको समायोजन विवरण सार्वजनिक भएको थियो ।


Advertisment
Nabil box
Kumari

समायोजनमा चित्त नबुझेकाहरूको गुनासो सुन्न मन्त्रालयले गुनासो व्यवस्थापन समिति समेत गठन गर्‍यो । 

Vianet communication
Laxmi Bank

समितिमा स्वास्थ्यतर्फका १२ हजार ३ सय ६ वटा गुनासा आए । यो स्वास्थ्यतर्फ समायोजित कूल संख्याको करीब ४० प्रतिशत हो । त्यसमध्ये ८ हजार ७ सय ५४ गुनासो सम्बोधन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला मन्त्रालयमा गुनासो गर्ने बाटो बन्द भइसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयमा भने गुनासो रोकिएको छैन ।

स्वास्थ्य मन्त्रालयमा गुनासो सुन्न भ्याइ–नभ्याइ ! 

बिहीवार दिउँसो २ बजेतिर स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठको कार्यकक्षमा पुग्दा ५/७ जना भित्रै बसिरहेका थिए । 

श्रेष्ठले पालैपालो गुनासो सुने । एक जनाले भने, ‘मेरो घर सुनसरी । समायोजन गौरीशंकर गाउँपालिका (दोलखा) मा भयो । मलाई प्रदेश १ मा पारिदिनुस् ।’

श्रेष्ठले जवाफ फर्काए, ‘एउटा निवेदन दिएर जानुस्, दरबन्दी रिक्त रहेछ भने हामी हेर्छौं ।’

केहीबेरमा सांसदको ‘रिफरेन्स’ लिएर अर्का एक व्यक्ति भित्र छिरे । उनको माग पोखरा वा भरतपुर महानगरपालिकामा पारिदिनुस् भन्ने थियो । उनले स्वास्थ्य मन्त्रालयमा निवेदन समेत दर्ता गराइसकेका रहेछन् ।

उनको योग्यता अनुसारको पदमा भरतपुरमा दरबन्दी रिक्त नरहेको भन्दै श्रेष्ठले सोधे, ‘पोखरामा रिक्त छ ?’ ती व्यक्तिले छ त भने तर यकिन गर्न सकेनन् । 

त्यसपछि श्रेष्ठले जवाफ दिए, ‘हामी सकेसम्म गर्छौं । संघीय मामिला मन्त्रालयले गरेकोमा हामीलाई धेरै अधिकार त छैन तर दरबन्दी रिक्त रहेछ भने मिलाइदिन्छौं । मान्यज्यूले पनि फोन गर्नुभएको थियो ।’

औपचारिक रूपमा गुनासो आह्वान नगरिए पनि आएका गुनासोलाई सम्भव भएसम्म सम्बोधन गर्ने प्रयास गरिरहेको श्रेष्ठले लोकान्तरलाई बताए ।

प्रशासनतर्फका सहसचिव जनार्दन गुरागाईंले उमेर हदका कारण असार तेस्रो साताबाट अवकाश पाएकाले समायोजनसम्बन्धी पत्रमा हस्ताक्षर गर्ने जिम्मा श्रेष्ठले नै पाएका छन् ।

बिहीवार आफूलाई भेट्न आएका कर्मचारी तथा सेवाग्राहीसँग कुरा गरिरहँदा पनि श्रेष्ठ भने सातौं तहका कर्मचारीको समायोजन तथा पदस्थापनासम्बन्धी पत्रमा हस्ताक्षर गरिरहेका थिए । करीब २० मिनेट बस्दा उनको हात खाली देखिएन ।

११ औं तहको अन्तिम सूची सार्वजनिक, अधिकांश संघमा !

स्वास्थ्य मन्त्रालयले ११ औं तहका १ सय ५४ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये अधिकांश संघ र केही प्रदेशमा समायोजन भएका छन् ।

आठौं, नवौं र दशौं तहका कर्मचारीको समायोजन समेत करीब टुंगिएको छ । यद्यपि उनीहरूले समायोजनको पत्र पाएका छैनन् । उक्त सूची छिट्टै वेबसाइटमा पनि सार्वजनिक हुने प्रवक्ता श्रेष्ठले बताए । त्यसभन्दा तल्ला तहको भने प्रक्रियामा छ ।

केही साना समूहको समायोजन भने सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए ।

औषधि व्यवस्थापक, ईसीजी टेक्निसियन, एनेस्थेटिक सहायक, डाइटिसियन सुपरभाइजर, बायो मेडिकल टेक्निसियन, हाउस किपिङ सुपरभाइजर, जुनियर मेडिकल रेकर्डर्स असिस्टेन्ट, मलेरिया इन्सपेक्टर, फार्मेसी सुपरभाइजर र डाइटिसियन सुपरभाइजरको समायोजन सूची पनि मन्त्रालयको वेबसाइटमा अपलोड भइसकेको छ ।

पद धेरै हुँदा समस्या !

समायोजनमा भएको त्रुटि र जटिलताबारे प्रस्ट्याउँदै प्रवक्ता श्रेष्ठले भने, ‘हामीकहाँ पद नै ४ सय १९ वटा छन् । ३० समूह र ५९ उपसमूह छन् । एकै दरबन्दीमा ५ जनासम्मको समायोजन भएको छ ।’

भएका त्रुटि र सम्भव भएसम्मका गुनासो सम्बोधन गर्ने र समायोजनसम्बन्धी पत्रमा हस्ताक्षर गरेर रमाना दिनेबाहेक अन्य अधिकार आफूहरूलाई नभएको उनले प्रस्ट्याए ।

स्वास्थ्यतर्फ २७ हजार ५०० दरबन्दी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको सूची सार्वजनिक गर्दा स्वास्थ्यतर्फ २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको उल्लेख थियो । 

समायोजनको सूचीअनुसार संघमा २ हजार ७५, प्रदेशमा २ हजार ३ सय ९४, स्थानीय तहमा २२ हजार १ सय ७६ र फाजिलमा ६ सय ५७ जना थिए ।

सामान्य प्रशासन मन्त्रालयले नै पछि ८ हजार ७ सय ५४ जना कर्मचारीको गुनासो सम्बोधन गर्दा माथिको तथ्यांकमा केही हेरफेर भएको छ ।

स्वास्थ्य मन्त्रालयमा आएका गुनासो समेत सम्बोधन गर्दा स्थानीय तहमा समायोजन हुने कर्मचारीको संख्या करीब २२ हजार, प्रदेशमा करीब ३ हजार र स्थानीय तहमा करीब २५ सय हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए।

११ औं तहका ७ सहित करीब सय जना संघको फाजिलमा

प्रवक्ता श्रेष्ठका अनुसार करीब १०० जना फाजिलमा छन् । स्वास्थ्य मन्त्रालयले ११ औं तहका १५४ जनाको समायोजनलाई अन्तिम रूप दिँदा उक्त तहमा मात्र ७ जना फाजिलमा परेका छन् ।

फाजिलमा रहेकाहरूलाई संघ मातहत नै राखिएको छ । फाजिलमा रहेकाहरूको संख्या करीब सय जति बाँकी छ । ‘एमडी, पीएचडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई स्थानीय तहमा पठाउन मिलेन, उहाँहरू संघमै फाजिलमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘संघको फाजिलमा रहेकाहरूको संख्या करीब सय जति होला ।’

समायोजनसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्न करीब १ महिना जति लाग्ने प्रवक्ता श्रेष्ठले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x