×

NMB BANK
NIC ASIA

अस्पतालको इमर्जेन्सी भरीभराउ, शव राख्ने ‘ब्ल्याक जोन’ बन्यो बिरामीको शय्या

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुर अञ्चल अस्पतालको आकस्मिक उपचार (इमर्जेन्सी) कक्षा भरीभराउ भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उपचारका लागि राखिएका शय्या भरीभराउ हुँदा बिरामीलाई शव राख्ने ‘ब्ल्याक जोन’ क्षेत्रमा राखेर उपचार भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षका इन्चार्ज मोहम्मद अनवर अलिका अनुसार उपचारका क्रममा मृत्यु भएको अवस्थामा बिरामीको शवलाई भुइँमा राख्न छुट्याइएको स्थानलाई ‘ब्ल्याक जोन’ भनेर किटान गरिएको हो तर इमर्जेन्सीमा ठाउँ नभएपछि अहिले त्यही शव राख्ने ठाउँमा बिरामीलाई राखिएको छ । बिरामीका आफन्तले घरबाटै ल्याएको ओछ्यानमा राखेर बिरामीको उपचार भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

महोत्तरीको पिपरा गाउँपालिकाको रतौलीको रहिमनपुर टोलकी सविया खातुनलाई झाडापखाला लागेको भएपनि उनी भूइँमै उपचार गराउन बाध्य भएकी छन् । ‘ब्ल्याक जोन’को अगाडि भूइँमा आफ्नो ओछ्यानमा पल्टेर उपचार गराइरहेकी छन् । उनलाई झाडापखाला लागेका कारण ‘स्लाइन’ चढाएको छ । उनले १ वर्षे बालकलाई आफूसँगै सुताएकी छन् ।

Vianet communication
Laxmi Bank

‘अस्पतालमा रहेको आकस्मिक कक्षमा रहेको बेड खाली नभएका कारण भूइँमै बस्न भनियो,’ बिरामी सबियाका पति नरोद्दीन अन्सारीले भने, ‘त्यसमा पनि हिजैदेखि पानी परिरहेको कारण झन् सास्ती भोग्नुपरेको छ ।’

उनी नजिकै धनुषाको कजरा रमौलका ५५ वर्षीय रामउदित यादव पनि भूइँमै पल्टेर उपचार गराउन बाध्य छन् । पेट दुखेपछि बिहीवार नै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका यादवलाई शुक्रवारदेखि भूइँमै बस्न भनिएको छ । ‘ब्ल्याक जोन भएको ठाउँमा भूइँमै बस्नुस् भनेर अस्पतालका स्वास्थ्यकर्मीले भनेकाले शुक्रवार बिहानदेखि भूइँमा बसिरहेका छौं,’ बिरामी यादवका ज्वाइँ महादेव यादवले भने ।

भूइँमै राखेर उपचार गराउँदा रोगको थप संक्रमण हुने जोखिम भएपनि अस्पतालले ध्यान दिएको छैन । अस्पतालको आकस्मिक कक्षका इन्चार्ज अलिले बिरामीलाई रोगको थप संक्रमण हुन सक्ने कुरा स्वीकार गरे ।

‘तर के गर्ने ? अस्पतालको आकस्मिक कक्षमा रोगीको चाप बढी छ, बेडको अभाव भएपछि अस्पतालबाट अन्यत्र बाहिर जानुस् भनेर पनि त भन्न सकिँदैन,’ अलिले भने,’ आकस्मिक कक्षमा ८ वटा अवलोकन बेड छ, त्यसलाई थपेर १० वटा बेड बनाइएको छ ।’ बाँकी ७ वटा स्ट्रेचर बेड पनि भरिएकाले समस्या भएको उनले बताए । बिरामीलाई यताउता लैजाने ह्वील चेयर सहितको स्ट्रेचर बेडमा पनि बिरामीलाई राख्नुपरेको छ । 

सर्जिकल वार्डदेखि अन्य वार्ड समेतमा बेड खाली नभएकाले भूइँमा राखेर उपचार गर्नुपरेको उनले बताए । अस्पताल परिसर अविरल वर्षाले जलमग्न छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x