×

NMB BANK
NIC ASIA

दशगजामा भारतले बनाएको तटबन्धको दुई ढोका खोलेपछि गौरमा पानीको सतह घट्यो

रौतहटमा अझै सयौं नागरिक उद्धारको पर्खाइमा

असार २९, २०७६

NTC
Sarbottam
रौतहटको गढीमाई–३ स्थित लक्ष्मीपुरमा बाँध भत्काएपछि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्ग । तस्वीर : रासस
Premier Steels
Marvel

जनकपुरधाम – भारतीय पक्षले दशगजाको सिमानमा बनाएको तटबन्धको २ वटा ढोका खोलेपछि रौतहट सदरमुकाम गौरमा पानीको सतह घटेको छ ।

Muktinath Bank

‘भारतीय पक्षले आफ्नो क्षेत्रमा बनाएको तटबन्धको २ वटा ढोका खोलेको जानकारी हामीले पाएका छौं,’ रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘त्यहाँ हाम्रो मान्छे हुने कुरा पनि भएन तर २ वटा ढोका खोलेका कारण पानीको निकास भएपछि अहिले स्थिति सामान्य बन्दै गएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले दशगजा क्षेत्रको आफ्नो भू–भागमा लक्ष्मीनियाँदेखि बैगिर्नियासम्म ठूलो उचाइको तटबन्ध बनाएका कारण गौरसहित विभिन्न भू–भाग डुबानमा परेको थियो ।


Advertisment
Nabil box
Kumari

अहिले आइतवार बिहानको समयमा गौरको पानीको निकास भएका कारण घुँडा मुनि पानी आएको तथा मानिसहरू सडकमा आवागमन गर्न सक्ने स्थिति देखिएको प्रजिअ थापाले बताए ।

Vianet communication
Laxmi Bank

स्थिति सामान्य हुँदै गएको भएपनि सडकमा सवारी साधन आवागमन हुन सक्ने स्थिति नभएको उनले बताए । फसेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर वा सवारी साधन गुडाउने अवस्था नभएकाले समस्या भइरहेको उनले बताए । 

भएका केही डुंगाहरूको मद्दतले बाढीमा फसेका केही मानिसका स्थानीय सुरक्षाकर्मीको टोलीले उद्धार गर्न सफल भए पनि सयौं मानिसहरूलाई उद्धारको खाँचो रहेको बताउँदै प्रजिअ थापाले भने, ‘स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य तथा समन्वय गरेर सुरक्षाकर्मीको उद्धार टोलीले उद्धारको कामलाई तीव्रता दिएको छ ।’

स्रोत साधनको अभावमा उद्धार कार्यमा कठिनाई भइरहेको उनले बताए ।

यता रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ६ को धर्मपुर टोलका २ सय ५० घर परिवार अझैसम्म बाढीमा फसेको त्यस क्षेत्रका प्रदेश सभा सदस्य योगेन्द्र नारायण यादवले बताए । 

प्रदेश नम्बर २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका यादवका अनुसार रौतहट जिल्लाकै २ वटा ठूलो नदीहरू बाग्मती र लाल बकैया नदीको टापु बनेको धर्मपुरमा फसेका मानिसहरूको उद्धार कार्य हालसम्म भएको छैन । 

त्यहाँ आकाश मार्ग भएर हेलिकप्टरमार्फत् मात्रै उद्धारको कार्य हुने भएकाले हेलिकप्टरको व्यवस्थापन आवश्यक रहेको राज्यमन्त्री यादवले बताए ।

प्रदेशका ८ वटै जिल्लामा बाढी आएको भए पनि सबैभन्दा बढी क्षति रौतहट जिल्लामा भएको तथा आइतवार बिहानसम्म पनि हजारौं मानिसहरू फसेकाले उद्धारसँगै राहत सामग्री वितरण गर्न आवश्यक रहेको औल्याउँदै राज्यमन्त्री यादवले भने, ‘जुन–जुन ठाउँसम्म हेलिकप्टरमार्फत् पनि कम्तिमा खानेकुरा खसाउन आवश्यक छ, नत्र खानपिन विना पनि मान्छे मर्ने स्थिति आउन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x