×

NMB BANK
NIC ASIA

मध्यपहाडी लोकमार्गदेखि विपी राजमार्गसम्मका सडक अवरुद्ध, खुलाउने प्रयास जारी

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बिहीवारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरका अधिकांश सडक अवरुद्ध भएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीपहिरोका कारण अधिकांश सडक अवरुद्ध भएका हुन् ।

Muktinath Bank

सडक विभागका अनुसार राष्ट्रिय सडकहरूमा त्रिभुवन राजपथ देखि विपि राजमार्गसम्मका ८ वटा सडक अवरुद्ध भएका छन् । काठमाडौं–वीरगन्ज जोड्ने ‘त्रिभुवन राजपथ’को बागझोरा र सिमभन्ज्याङमा बाढीले सडक कटान गरेपछि सडक अवरुद्ध बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै काभ्रेदेखि महोहत्तरी बर्दिवास जाने विपी राजमार्गको नेपालटार र खुर्कोटमा सडक अवरुद्ध भएको र आइतवारदेखि नै सञ्चालनमा आइसकेको सडक विभागका प्रवक्ता अर्जुन सुवालले जानकारी दिए । ‘कटान भएर अवरुद्ध बनेको थियो,’ उनले भने, 'त्यो हिजैदेखि खुलिसक्यो ।' उक्त सडक सडक माथिबाट पहिरो गएका कारण अवरुद्ध बनेको थियो ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार मध्यपहाडी लोकमार्गको खुर्कोट र धुर्मीमा, काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडकको देउराली र कुलेखानीमा अवरुद्ध भएको छ ।

Vianet communication
Laxmi Bank

त्यसैगरी बेनी–जोमसोम सडकको घोप्टेभीरमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको सडक विभागले जानकारी दिएको छ । विभागका अनुसार ओखलढुङ्गा–हर्कपुर सडकखण्ड अन्तर्गत भडारे खोलामा गएको पहिरोका कारण अवरुद्ध भएको छ ।

त्यस्तै काठमाडौंदेखि हेटौंडा जाने वैकल्पिक सडकका रूपमा हेरिएको कान्तिराजपथ र लमजुङको बेशीसहरदेखि मनाङ जाने चामे सडक पनि अवरुद्ध भएकोले खुलाउने प्रयास भइरहेको सडक विभागले जानकारी दिएको छ ।

त्यस्तै महोत्तरीको बर्दिवासमा मब्सी नदीमा भएको पुल समेत बाढीले बगाएको र त्यहाँ बेली ब्रिज जडान भइसकेको सडक विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ता अर्जुन सुवालले अन्य कतिपय पुलहरूमा समेत क्षति पुगेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए ।

उता नेपाल प्रहरीले साना ठूला गरी विभिन्न १५ स्थानमा सडक अवरुद्ध भएको र त्यसमध्ये तीन स्थानमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x