महिला सशक्तिकरणको इतिहास चलचित्र ‘बधाई हो बेटी हुइ है’

असार ३०, २०७६

काठमाडौँ - समाजमा छोरा जन्मदा बधाई दिने तर छोरी जन्मदा बधाई नदिने परम्परा अझै पनि कायम छ । मानिसको यस्तै सोच बदल्नको लागि ‘बधाई हो बेटी हुइ है’ चलचित्र निर्माण गर्न लागिएको छ । भारतको राँचीस्थित सरला विरला स्कूलमा चलचित्रको शुभ मुहुर्त गरिएको छ ।

पर्यटन तथा कला संस्कृति मन्त्री अमर बावरीले चलचित्रको शुभ मुहुर्त गरेका हुन् । चलचित्रको शुभ मुहर्त कार्यक्रममा बोल्दै डा. कुमारण स्वामीले आम मानिसले पुरानो रुढिवादी परम्परा र धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

स्वामीले आम मानिसले पुरानो रुढिवादी परम्परा र धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए । आजको दुनियाँमा छोरी पनि कोही भन्दा कम नभएको बताउँदै छोरीलाई पनि छोरा सरह हक अधिकार र व्यवहार गर्नुपर्ने उनले बताए ।

चलचित्रमा यामिनी सृष्टि मुख्य भूमिकामा छिन् भने बुबाको भूमिकामा गजेन्द्र ठाकुर छन् । चलचित्रले छोरीहरुले समाजमा स्थापित हुन गरेको संघर्ष र महिला समानता तथा महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउने खालको रहेको छ ।

चलचित्रमा बुबाको भूमिका निभाएका अभिनेता गजेन्द्र ठाकुरले छोरीले पनि देशको नाम  राखिरहेको बताए । खेल क्षेत्रमा होस्, गाडी चलाउने होस् या प्लेन चलाउने सबै छोरीले पनि गरिरहेको हुनाले छोरीले सबै गर्न सक्ने उनको भनाइ छ ।

चलचित्रकी अभिनेत्री यामिनी सृष्टिले छोरीलाई छोराभन्दा कम नसम्झी उचित शिक्षाको अवसर दिनुपर्ने बताइन् । साढे ६ करोड लगानीमा बनिरहेको चलचित्र ‘बधाई हो बेटी हुइ है’को सुटिङ झारखण्डमा हुनेछ ।

असार ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस