×

NMB BANK
NIC ASIA

आरक्षण बचाउ अभियान : सुदूरपश्चिममा संघर्ष समिति गठन, भिख होइन अधिकार मागेका हौँ !

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- लोकसेवा आयोगको विज्ञापन विरुद्ध मुलुकको विभिन्न स्थानमा आन्दोलन चर्किएको बेला सुदूरपश्चिममा पनि आन्दोलन चर्काउने चेतावनी दिइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संविधानको मर्म विपरित समावेशी सिद्धान्तलाई वेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले विज्ञापन खोलेको भन्दै विरोध स्वरुप आन्दोलन चर्काउने चेतावनी दिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समिति (नेफिन)द्वारा मंगलबार धनगढीमा आयोजित भेलाले नेफिनकै प्रदेश अध्यक्ष दलबहादुर घर्तिमगरको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

भेलामा सहभागी आदिवासी जनजाति अगुवा, दलित अगुवा तथा जातिय संघ संगठनका प्रतिनिधिहरूले वर्तमान सरकारले संविधानको मर्मलाई नै लत्याएको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशका सांसद कृष्ण बहादुर चौधरीले राज्य सदियौंदेखि जनजाति,दलित, मधेशी, मुस्लिमलगायत सिमान्तकृत समुदायप्रति उदासिन रहेको बताए ।

Vianet communication
Laxmi Bank

सरकार नै संविधानको संरक्षक रहेपनि आफै संविधानको मर्मलाई कुल्चेको आरोप लगाए । जसका लागि सबै उत्पीडित वर्ग एक भएर सरकारको असमावेशी चरित्र विरुद्ध आन्दोलन गर्नुपर्ने उनको भनाई छ । अर्की प्रदेश सांसद मालामति रानाले संविधानको मर्म र भावना विपरित कार्य गर्ने सरकार र लोकसेवा आयोग विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिइन् ।

दलित अधिकार मञ्च नेपाल कैलालीकी निर्देशक सावित्रा घिमिरेले आफूहरू राज्यसँग भिख नमागेको बताइन् । संविधान प्रदत्त अधिकार मागेको बताउँदै उनले माग नपाए खोसेर भएपनि अधिकार लिएरै छाड्ने बताइन् ।

अझैपनि दलित, जनजाति, मुस्लिमलगायत सीमान्तकृत, अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आउन नसकेको बताउँदै गैरसरकारी संस्था महासंघ कैलाली अध्यक्ष हेमकर्ण बिकले राज्यले पूर्ण समानुपातिक समावेशितालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यसैबीच आदिवासी जनजाति समुदायले मंगलबार काठमाडौंमा लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघसहितका विभिन्न जातीय संगठनहरू आन्दोलित भएका छन् । आयोगले खुलाएको विज्ञापन संविधान विपरीत रहेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ । संसदको राज्य व्यवस्था समितिले असमावेशी भएको भन्दै समावेशी सिद्धान्तका आधारमा विज्ञापन निर्देशन दिएको थियो । तर, सरकारले त्यसलाई अस्वीकार गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x