×

NMB BANK
NIC ASIA

स्थानीय तहको ‘बोल्ड’ निर्णय : तिलोत्तमा प्रदेशमै पहिलो प्लाष्टिक निषेधित नगर

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले बुधबार नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरे । उनले सहभागीहरुलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गराए ।

Muktinath Bank

नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको हो । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेकाले न्यूनीकरणको अभियान स्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री—वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ । घोषणापूर्व सरोकारवालाहरुसँग पटक—पटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको विक्री—वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ । नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । नगरपालिकाको आग्रहमा विभिन्न संघ—संस्था, सहकारी, टोल विकास संस्थाले नगरबासीलाई कपडाको झोला वितरण गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपालनैं कुनै एउटा समयमा प्लाष्टिक झोलामुक्त हुने विश्वास व्यक्त गरे । प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भैसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट सुरु हुनु सुखद् भएको चर्चा गर्दै उनले यसको अनुसरण अरुपालिकाहरुले पनि गर्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

यस्तै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए । यस्तै प्रदेश सांसद दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न संभव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए  । नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदुषण हुनेभएकाले यस्को नियन्त्रण अपरिहार्य भएको बताए  ।

अभियान सुरु भएको पन्ध्र महिनामा भए—गरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको उल्लेख गरे  ।

बीस वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लाष्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षहरुमा प्लाष्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लाष्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानि पुर्याउने जस्ता समस्या भित्रिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x